कृष्ण शर्मा सुमुबुढाबुढीको झगडा पेट्रोलको आगो
घर पनि त ससुराले बनाई दिएको हो, उफ्फ.... आगनसम्म नभएको म परे , चामे चुपचाप बस्यो , गौथली पनि चुप थिई फेरि मायाले बोलाई चामे चुपचाप खान खानु बस्यो। लोग्ने स्वास्नीको झगडा पेट्रोलको आगो।

कृष्ण शर्मा सुमु :
परालको आगो गुरूप्रसाद मैनालीद्वारा लेखे पनि आजको युगा समय सापेक्ष नभए पछि मैले पनि उनको भावलाई व्यङ्ग्यभित्र एउटा उराठ लाग्दो हास्य व्यङ्ग्य लेख्ने जमर्को मात्रै गरेको हुँ।
सायद कति विद्यार्थी, शिक्षाविद्, नेपाली साहित्यका डाक्टर उपाधि थाकेकाले मेरो विरोध गर्नु सक्छन्, जसको रोटी जसरी चल्छ उसले विरोध गर्नु पर्छ, नेता जस्तै ।
म परेँ बग्मफुसे लेखक न साहित्यको ज्ञान छ न कुनै डाक्टरको उपाधी,फेसबुकमा लेेखेर म कवि हुँ, भन्ने ठाउँमा म बसेको छु, जसले जे भन्दा पनि हुन्छ ,यता फेसबुकमा म सबै विधा जान्ने परे भनेर के के शीर्षक राखेर यताउताको कविता विधालाई चोरेर आफ्नो विधा बनाएर मुख्य भन्दा हुन्छ भने मैले गुरुप्रसाद मैनालीको कथा चोर्दा म चोर हुँ भनेर भन्नुहुन्छ भने आजदेखि म चोर साहित्यकार हुँ आत्मसात गर्छु, कथाको भाव यस्तो छ:-
गौँथली तिम्रो फोन त बिजी छ त ? सात पल्ट कल गरे ! चामे नम्र स्वरमा बोल्छ,
गौँथली मेरो चै साथी भाइ छैन अनि जिउँदो छु आउँछ नि कल,
हिजोदेखि बिजी छौ त यार
तिमी मात्रै कमाउने छौँ र ?
म पनि कमाउछु साथी भाइ हुन्छ।
चामे चुप !
होइन होइन नानी कता छ,
तिमीले जन्माएको हो र सोध्छौं घर आउदा त मातेर सुत्दा ठिकै।
होइन सधैं खाने होइन छुट्टी हो छुट्टीमा पनि मरौं घर जस्तो बस्नु र म ।
गौँथली- मात्नु न तिमी छिटै मर्छौं।
जागिर त तिम्रो न हुन्छ।
गुरूप्रसाद मैनालीका कथामा खेत थियो, गोरु थियो, धान थियो, मकै थियो ,
मेरो कथामा स्मार्ट फोन छ, होटल छ, दोकान छ
बिलिडिङ्ग छ, सामाजिक संजाल छ।
होइन हिजो न हालिदिएको डाटा सकियो ?
अनि म मान्छे होइन र चामे ?
हो नि !
तर कसरी सकियो न मलाई मैसेज गर्यौ न भिडियोकल नै…
तिम्रो आमालाई गर दिनभरि….
गौँथली रिसाई….
चामे बाइक स्टाट गरेर हिँड्यो…
अब मातेर आउँछ तेरो बाउ…
मत्थु……
चामे घर आयो गौँथलीले मुख सुँगी…
के साह्रो फ्रेस आएछ खुवाउने भेटेन कि ?
तेरो बाउले खुवाउछ र सधैं चामे उफ्रियो।
बुढा तिम्रो र मेरो कुरामा बाबा कताबाट आयो नि ?
अनि मलाई मत्थु लाग्छ नि तिमीलाई…..
होइन यार….
तिम्रो त्यो साथी हेर त कहाँ पुग्यो ….
अब त्यो पुग्यो भनेर म फाँसी लाग्नु र ?
भाग्य आआफ्नो हो।
पुग्यो पुग्यो !
सरकारी सेवक भएर म दलाल त भइन नि ?
तिमी दलाल हुअ कि व्यापारी मलाई के मतलब र ?
मलाई समयमा पैसा दिए पुग्छ बस ।
कपाल इस्टेट गर्नु छ।
आइ ब्रो बनाउनु छ।
चामे तिमी कति बिजी हो कलमा ?
(जुन गोरुको सिङ छैन उसको नाम तिखे)
साहित्य बारे गौँथलीलाई के थाहा चामे चुपचाप रुममा पुग्यो।
चामे तिमी त त्यो भाउजूसित खुब बोल्छौ रे
चामे कसले भनेको ?
उ तिम्रो छाउरा(छोरा)ले देखेको रे !
ला …. !
छि …. !
भाउजू त आमा जस्तै न हो ?
तिम्रो आमा होला किन बोल्यौ त्योसित !
चामे चुपचाप भयो ।
भोलि कोर्ट (कचहरी) हिँड म तलाक लिन्छु।
तलाक के हो बुढी ?
डिबोर्स (छुटानाम)
चामे रातो भयो । के भन्छ गौथली !
चामेले दाइजोमा पाएको बाइक हेर्यो,
घर पनि त ससुराले बनाई दिएको हो,
उफ्फ….
आँगनसम्म नभएको म परेँ,
चामे चुपचाप बस्यो ,
गौँथली पनि चुप थिई
फेरि मायाले बोलाई
चामे चुपचाप खान खानु बस्यो।
लोग्ने स्वास्नीको झगडा पेट्रोलको आगो।
०००
सिलगढी, भारत
Subscribe
Login
0 Comments
Oldest







































