साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तोष /असन्तोष

ठुला मोहमा फस्नु कोही हुँदैन नयाँ खोज त्यागेर बस्नै हुँदैन । सुताएर सन्तोषले शून्य प्राप्ति असन्तोषले त्याग्छ सारा सुषुप्ति ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

म सन्तोष मानेर निद्रा निदाऊँ
कि सन्तोष त्यागेर झन् जुर्मुराऊँ ।
महाऔषधी झैँ असन्तोष मानी
बनौँ कर्मयोगी सुनौलो बिहानी ॥ १ ॥

असन्तोष तृष्णा भए सुक्छ काया
असन्तोष लुच्चो भए झुक्छ छाया ।
असन्तोषलाई बनाएर ऊर्जा
सिँढी माथि चढ्ने बनाऊँ म पुर्जा ॥ २ ॥

यहाँ जे म भेट्छु यसैमा रमाऊँ
र सन्तोषले यी क्रियाकर्म त्यागूँ
यसैमा रमाए हुने बन्द मार्ग
रहे भोक नौलो समातूँ सुमार्ग ॥ ३ ॥

ठुला ज्ञानका जो मठाधीश हुन्थे
अघाए न कोही सधैँ ज्ञान बुन्थे ।
नयाँ खोज विज्ञानका सामु ल्याए
असन्तोषले ती न कोही अघाए ॥ ४ ॥

ठुला मोहमा फस्नु कोही हुँदैन
नयाँ खोज त्यागेर बस्नै हुँदैन ।
सुताएर सन्तोषले शून्य प्राप्ति
असन्तोषले त्याग्छ सारा सुषुप्ति ॥ ५ ॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x