साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक्क मान्छे ! तँ मर्छस्

आफ्‌ना खै पौरखी ती कर युगलहरू, पाखुरी बजजस्ता गोडा सग्ला छँदै छन् छपछप रिपुका प्राणका अन्त्य दस्ता । छाती चौडा कसेका अविचल नगझै, किन्तु लच्याङ्ग झर्छस् मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

आफै धर्ती हुँ भन्छस् तर सब भुसुना सान तेरो बडा छ
तेरै आँखा तिखा छन् परपर दुनियाँ तिर्सनामा खडा छ ।
चल्दै चल्दैन भन्दै पनि म त नभए अन्धताभित्र झर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥१॥

तेरो अत्यास लाग्दो बदनियत अहो ! चालका फालभित्र
गाह्रो भो बुझ्‌नलाई निमुख जनहरू आज कस्तो विचित्र ।
फन्दामा ती परेझै चहक महकिलो फुर्तिला गान भर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥२॥

मान्छे मान्छे हितैषी भुवनभर सबै मानवी गान गाई
हिँड्थे ती एक गोला सँग सँग खुसले साम-प्रातः नुहाई ।
प्यारा ती दिव्य गाना हरहर शिवको डिम्डिमेभित्र झर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥३॥

बस्थ्यो मान्छे उबेला सघन विपिनमा सभ्यताबाट दूर
हातेमालो गणैमा मन सरस हुँदा दृष्टि पुग्थ्यो सुदूर ।
सुन्दैमा लाग्छ प्यारो, तर मनुज यहाँ नीच भै कत्ति गिर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥४॥

बालेका अग्निभित्रै चरु हवन हुँदा बासमा विश्व घुल्थ्यो
आकासे मेघ बज्दा बलजल भरिलो खेतमा धान झुल्थ्यो ।
धावा बोलेर ऐले मुटु हृदय चिरी त्रास बोकी तँ पिर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥५॥

आफ्‌ना खै पौरखी ती कर युगलहरू, पाखुरी बजजस्ता
गोडा सग्ला छँदै छन् छपछप रिपुका प्राणका अन्त्य दस्ता ।
छाती चौडा कसेका अविचल नगझै, किन्तु लच्याङ्ग झर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥६॥

धोत्रे बोली छ तेरो, मुख मधुर कहाँ, छैन आशा, निराशी
तर्सी तर्सी हिंडेका विकल विहराझै त्रासले प्रेमप्यासी ।
त्यस्ता छाती तँ ताकी परपर दुनियाँ घोप्टिंदै पाउ पर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥७॥

०००
२०७६ फागुन १८
मास्कले थिचिएको जिन्दगी (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x