साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालामाल कमाल

जे जेमा जति मिल्छ मिल्छ धन जो छोड्दै नछोडीकन के गर्दा धन मिल्छ चार-दुगुना गर्छन् दिनै चिन्तन । चढ्छन् कानुनमाथि माथि शिरमा कुस्वार्थका रासमा मालामाल कमाल देशभरिमा बन्छन् उनै खासमा ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

मान्छे प्यास लिएर तडपिरहँदा पानी हरायो कता
वर्षों वर्ष क्राउँदा मन स्के, आस्था हरायो कता ।
ठेकेदार कता हराउँछ यहाँ बाँचौँ बडा कष्टले
मालामाल कमाल बन्न सजिलो नेपालमा मस्तले ॥१॥

लौ आन्दोलन, शान्ति भङ्ग गर वा नेपाल बन्दै गर
सक्छौ डाङ्डुङ पार, हान, नसके बिस्तार कन्दै गर ।
आफ्‌नै हात पुगेर माथि शिरमा सत्यार्थका भेषमा
मालामाल कमाल हॉक सजिलै लुट्तै स्वयं देशमा ॥२॥

नातावाद समात च्याप्प बलियो, भान्जा र भान्जीहरू
सत्ता शासनका जराभरि सबै कान्छा र कान्छीहरू ।
भर्ती गर्न सकिन्छ जत्ति गर है, मौका गुमे हुन्छ के
मालामाल कमाल भो पनि भने के आँटले छुन्छ हे ॥३॥

आगाको मतियार तेल-घिउमा जे जे जलून् तैपनि
आगो हुर्हर ताप, राप तनमा रन्केर जैले पनि ।
त्यो संस्था जति डुब्छ छोड मनको चिन्ता बडा ढुक्कले
मालामाल कमालको बखत हो, कुम्ल्याउने ढुक्कले ॥४॥

देखाईकन दाँत ङिच्च दुइटा साष्टाङ्गका भावले
मोली हात, लगाउँदै तरलता चिल्लो दुवै हातले ।
पारी दङ्ग, मुकाम-हाकिमहरू सत्ता लिई खेल्दछ
मालामाल कमाल हुन्छ सजिलै, भेटै सबै पेल्दछ ॥५॥

लाऊ धाक-रवाफ, स्फूर्ति अथवा धम्की दिई आँटले
खान्छन् शक्ति हुने, कि खान्छ ठगले, खान्छन् कतै ढाँटले
पैसा, पावर वा पदोन्नति भई खुट्टो घुमाईकन
मालामाल कमाल बन्न सजिलो दन्तै घसी मञ्जन ॥६॥

चिप्ला बात गरेर मख्ख जनता पारी चुनावै जित्यौ
बुट्टा फूल भरेर सिर्जन गरी सारा ती मान्छे खिच्यौ ।
आफ्‌नैका बिच द्वेष-कल्मस घसी टुक्याउँदै एकता
मालामाल कमाल रम्छ दुनियाँ निर्धा बनून् बेपता ॥७॥

आँधीमा जनता परी मरिरहून् नेता म हाँस्तै रहूँ
व्यापारी मनभित्र कुत्सित कला-नाफा म साँच्तै रहूँ ।
मौका आउँछ आउँदैन पछि ता जे गर्नु ऐले गरूँ
मालामाल कमाल मन्त्र नछुटोस् भण्डार पैले भरूँ ॥८॥

जे जेमा जति मिल्छ मिल्छ धन जो छोड्दै नछोडीकन
के गर्दा धन मिल्छ चार-दुगुना गर्छन् दिनै चिन्तन ।
चढ्छन् कानुनमाथि माथि शिरमा कुस्वार्थका रासमा
मालामाल कमाल देशभरिमा बन्छन् उनै खासमा ॥९॥

सारा विकृतिको मुहान कसरी फाल्ने गरौं चिन्तन
हुर्काई समता मुहार हँसिलो पार्दै गरौं मन्थन ।
भत्केको घर हुन्न वास सजिलो सर्वाङगमा पूर्णता
मालामाल बनिन्छ देश अब लौ फाले सबै जीर्णता ॥१०॥

०००
०७६ चैत्र
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x