साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका सारद हुन्

माटाका कणभित्र उर्वरकला जो देख्छ नौलो छवि झुल्किन्छन् नवपालुवा रससँगै पाका बनेका कवि । राख्छन् रे अभिलेखमा अनुभवी औदार्य सच्चा गुण पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

फुल्दै केश तुषार श्वेत रङमा लेख्तै नयाँ पुस्तक
नौलो सृष्टि रचाउँदै गगनको गन्तव्यका उद्भव ।
सारङ्गीसँग स्वच्छ जीवनकला अन्तर्य सुन्ने धुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ॥१॥

आफ्नै पौरखभित्र बग्छ पसिना सौगन्धका विन्दु भै
सारा वेदपुराण झङ्कृत भए संज्ञानका सिन्धु भै ।
जे जे खोज सकिन्छ भेट्न यिनमा, सामर्थ्य तारा छुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ॥२॥

भोग्छन् दुःख अनेक कर्मपथमा खिप्तै नयाँ सिर्जना
रोप्छन् वृक्ष भविष्यका रहरमा छोडी सबै तिर्सना ।
सच्चा सन्तति बुझ्छ मर्म उनको, पर्दैन सस्तो रुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ॥ ३॥

पाकाका अनुभूतिका गह्वरमा संसारको सार छ
फ्याँक्तै दुर्बलता सुकर्मपथमा उद्देश्य साकार छ ।
आफ्नो भोलि सपार्न लौ युवक हो आधार राम्रो चुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ॥ ४ ॥

माटाका कणभित्र उर्वरकला जो देख्छ नौलो छवि
झुल्किन्छन् नवपालुवा रससँगै पाका बनेका कवि ।
राख्छन् रे अभिलेखमा अनुभवी औदार्य सच्चा गुण
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ॥ ५॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x