चन्द्रप्रसाद न्याैपानेसत्ता
साझा राज्य तथापि भेद चुलिए वर्गीयता ल्याउन बढ्छन् भ्रष्ट विचारका नजर झन् आचार सिद्याउन बाँकी राख्नु हुँदैन भ्रष्टमतिका आवाज आओस् जुन केही शाेषक थाल्छ पाेखिन झुसी आदर्श निम्ठ्याउन ।

चन्द्रप्रसाद न्याैपाने :
सत्ता शक्ति अदम्य दम्भ रहँदा देख्नेछ हात्ती कण
खाेज्दा बाेक्न उचाल्न फाल्न सहसा केही हुँदै हाेइन
उस्तै चाल चली समर्थन दिने झ्याली पिटी वाहले
बिर्से झैँ इतिहास खुम्चिन पुगी उद्दण्ड सञ्जालले ।
जुत्ता चढ्दछ ताजका मुकुटमा श्रीपेच जुत्ता छुने
फु: गर्दा रउँ हल्लिए खबरमा वृक्षादि हल्ला हुने
काट्दा कान मुसाे समाइ बलले झैँ सिंहकाे गर्जन
बाेल्दा राम त राँड सुन्छ युगले भाे मानमा मर्दन ।
साझा राज्य तथापि भेद चुलिए वर्गीयता ल्याउन
बढ्छन् भ्रष्ट विचारका नजर झन् आचार सिद्याउन
बाँकी राख्नु हुँदैन भ्रष्टमतिका आवाज आओस् जुन
केही शाेषक थाल्छ पाेखिन झुसी आदर्श निम्ठ्याउन ।
पानी कल्कल बज्छ सत्य कसरी ढुङ्गा नहाेस् घर्षण
जस्तै शान्त समुद्र द्वन्द्वविनुकाे मुर्दा त हाे जीवन
द्वन्द्वैद्वन्द्व छ सिर्जना जति यहाँ जीवन्तता लाग्दछ
जुद्धा बज्दछ कल्कली कलकला उत्साहले जाग्दछ ।
पृथ्वी घुम्नु छ नित्य घुम्दिनँ भने ठानूँ नकारात्मक
तारा पिण्ड अनित्य बन्दिनँ भने जानूँ सकारात्मक
पृथ्वी घुम्नु छ अक्ष कक्षसँगमा घुम्दै नघुम्दा पनि
आआफैसँग तर्क छन् प्रकृतिका सुन्दै नसुन्दा पनि ।
०००
सिन्धुपाल्चाेक
Subscribe
Login
0 Comments
Oldest







































