साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुताे

लुतो कथा हो न कथा लुतो हो कन्याउँथेँ मै कुन कुत्कुतो हो पानी र पौडीसँग बढ्दथ्यो त्यो नुहाउँदा थोर हराउँथ्यो जो ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

यता कन्यायो त ! उता चिलायो
झन् दर्फरायो छ मजा मजा पो
खुट्टा कन्यायो खुब दर्फरायो
तिघ्रा चिलायो अझ माथि आयो

कतै चिलायो न त भन्न मिल्ने
कन्याउँदामा पनि लाज लाग्ने
यता चिलायो र उता कन्यायो
उता कन्यायो त यता चिलायो

यता उता वा तलमाथि सारा
लौ चारतर्फै चिरिरी छ पारा
यी हात लाने अब चैँ कता हो ?
खाँचो भयो लौ दश हातको पो

बग्दै गरेको छ नि ! पीप रक्त
अझै उसैको म छु शुद्ध भक्त
न भोक हो त्यो न त शोक हो त्यो
उल्का अनौठो छ कथा लुतोको

अझै चिलायो नि पछाडि ढाड
भेट्दैन खोस्रूँ छ अगाडि हात
औँलाहरूका पनि काप काप
लुतो बढेको अझ खात खात

भन्दैन रोगी अझ चर्चरायो
आनन्द लाग्ने जति दर्फरायो
खोया मकैका छ मजा दराल्दा
छेस्का र छेस्की पनि छन् चिथर्दा

लुते मजाले अझ झन् करायो
कन्याउँदामै छ लिँदो मजा त्यो
छाला दराल्दा पनि मोजमस्ती
छ सम्झनाभित्र हिजो र अस्ति

आनन्द लाग्ने जति नै कन्यायो
उल्ले मलाई नजिकै बनायो
मेरोबिना ऊ किन बस्न सक्थ्यो ?
मैले कन्याएपछि दङ्ग पर्थ्यो

चुनाव आएपछि भोट माग्दा
छ टाँसिएको सरि लाग्छ नेता
भन्थे लुते ओ ! खटिरे उता जा !
सर्ला यता ए ! नमजा कुरा क्या !

लुतो कथा हो न कथा लुतो हो
कन्याउँथेँ मै कुन कुत्कुतो हो
पानी र पौडीसँग बढ्दथ्यो त्यो
नुहाउँदा थोर हराउँथ्यो जो ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x