साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्णालीका कर्णबहादुर खत्रीलाई मकवानपुरमा सम्मान

सहसचिव अमृता लामिछानेले सञ्चालन, उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य तथा अध्यक्ष गायत्री रूपाखेतीले सभाध्यक्षता गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य मुक्तककार रमेश समर्थनले गरेका थिए ।

Nepal Telecom ad

झरना साहित्यिक परिवारले आफ्नो ३२५ औँ साहित्यिक शृङ्खलाका अवसरमा ३२औँ मुक्तक साँझ सम्पन्न गरेको छ ।

कार्यक्रममा रुकुम पश्चिमका मुक्तककार कर्णबहादुर खत्रीलाई साहित्यकार रमेशमोहन अधिकारीद्वारा आफ्ना आमाबुबाका स्मृतिमा स्थापित ‘शिव-सावित्री अधिकारी मुक्तकसम्मान-२०८२’ नगद रु. १५५५५/- सहित समर्पण गरियो ।

यसै अवसरमा मकवनपुर जिल्लाभित्रका विभिन्न विद्यालयका कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरूमध्ये उत्कृष्ट ९ जनालाई आआफ्नै मुक्तक वाचन गर्न लगाई प्रतियोगिता सञ्चालन गरिएकामा बुद्ध मावि हात्तीसुँडेकी छात्रा सुमिना दहाल सर्वोत्कृष्ट भएकीले नगद रु. ५५५५/- सहित ‘शिव-सावित्री अधिकारी स्मृति मुक्तक नवप्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो ।

हेटौडा क्याम्पसको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा मकवानपुर जिल्लामा रहेका मुक्तककारहरुमध्ये एकल मुक्तक कृति प्रकाशन गरेका १३ जना मुक्तककारहरूमध्ये देवराज खरेल, अनिश न्यौपाने ‘भावना’, डिबी बर्तौला, राम कार्की, दीपक गौतम, बिर्खे अञ्जान, राजबाबु पहाडी, दिनेशकुमार शर्मा, एस. आर. मञ्जरी ओली, सुमी थिङसहितका मुक्तककारहरूलाई कृतिगत कदरपत्रबाट सम्मान गरिएको थियो ।

साथै सबै सम्मानित मुक्तककारहरूले आआफ्ना मुक्तकहरू वाचन गरेका थिए । उक्त कार्यक्रममा अतिथिहरूको चोटिलो र जोसिलो मुक्तकले रौनक थपेको थियो ।

सहसचिव अमृता लामिछानेले सञ्चालन, उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य तथा अध्यक्ष गायत्री रूपाखेतीले सभाध्यक्षता गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य मुक्तककार रमेश समर्थनले गरेका थिए । कार्यक्रम हेटौँडा क्याम्पसको सभाकक्षमा भएको थियो ।

०००
नीलहरि ढुङ्गेल; सचिव, झसापकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
6 days ago

हार्दिक धन्यवाद फित्कौली !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x