साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञानका पाँच रहस्यमय चट्याङ

त्यतिकैमा गड्याङगुडुङ गरेर पानी पर्न थाल्यो । समिर रमाउँदै हात फैलायो, "आमा, म पनि एकदिन पानीजस्तै घुम्न चाहन्छु !" आमाले टाउको सुम्सुम्याइन्, "तर, बाबु, पानी बन्न त ऊर्जाको साहस चाहिन्छ !"

Nepal Telecom ad

सङ्कलक- नन्दलाल आचार्य :

१. 🔴 चमत्कारी बिऊ
        – गरिमा आचार्य

“बाबा, यदि म चन्द्रमामा बारी जोत्न सक्थें भने, त्यहाँको ढुङ्गा माटो बन्थ्यो होला ?” अमिशले बाबालाई सोध्यो ।

बाबा मुस्कुराए, “गतिलो बिऊ भए, सर्वत्रको माटो उब्जाउ बन्न कर लाग्छ, छोरा ।”

अमिशले आफ्नो सानो बगैंचामा रोपेको रोबोट बिरुवा हेर्यो । उसको विज्ञान शिक्षकले दिएको त्यो बिऊ पानी हाल्दा चम्किन्थ्यो, घाम लाग्दा हरियो हुन्थ्यो, अनि माटो नै सुधारेर बोट झैँ हुर्किन्थ्यो ।

केही हप्तामै उसको बगैंचामा हावा शुद्ध बनाउने सानो यन्त्र पलायो । छिमेकी बालकहरूले चकित भएर हेरे ।

एकदिन, उसको सानो रोबोट बिरुवाले सूक्ष्म सन्देश झरायो, “अब म तिमीलाई अक्सिजन दिन सक्छु ।”

अमिश दङ्ग पर्‍यो । उसले बुबालाई हेर्योर। आफूले पहिले नै भनेको भन्दै बाबाले हाँस्दै भने, “बिऊ राम्रो भए, माटो कहीं पनि उब्जाउ हुन्छ ।”

०००
गाईघाट, उदयपुर ।

२. 🔴 पानीको जन्म
        – रोजिना धमला

“आमा, बादल किन रुन थाल्छ ?” समिरले आकाशतिर हेर्दै सोध्यो ।

“रुन होइन, बाबु ! जब बादल धेरै भारी हुन्छ, ऊ बर्सिन्छ ।” आमाले मुस्कुराउँदै भनिन् ।

“तर पानी आउँछ कहाँबाट ?” समिरको आँखामा कौतूहल चम्कियो ।

“एउटा रहस्य सुन ! साना बुँदाहरू नदी, पोखरी र हाम्रा परेला हुँदै आकाश चढ्छन् । बादल बनेर खेल्छन् । अनि, फेरि माटोको मायाले तान्दा वर्षा भएर झर्छन् ।”

“अनि सागर ? त्यो किन यति ठूलो छ ?”

“किनभने ऊ नजिकै फर्किएकाहरूको कथा संकलन गर्छ, कहिलेकाहीँ आकाश फर्किएर जानेहरूको पनि ।”

त्यतिकैमा गड्याङगुडुङ गरेर पानी पर्न थाल्यो । समिर रमाउँदै हात फैलायो, “आमा, म पनि एकदिन पानीजस्तै घुम्न चाहन्छु !”

आमाले टाउको सुम्सुम्याइन्, “तर, बाबु, पानी बन्न त ऊर्जाको साहस चाहिन्छ !”

०००
लिटिल हेभेन मावि, चौकीडाँडा, उदयपुर ।

३. 🔴 अल्छीको जालो
       – हरि आचार्य

“सुरज, तँ किन सधैं यत्तिकै बस्छस् ?” अर्नबले सुरजलाई उकास्दै थप्यो, “घामले पर्खिरहेको छ, खेल्न जाऔं !”

सुरज लत्रिएर भन्यो, “के गर्ने ? शरीर नै भारी जस्तो लाग्छ ।”

अर्नबले आफ्नो ट्याब देखाउँदै भन्यो, “थाहा छ, हाम्रो दिमाग एउटा ठूलो कम्प्युटरजस्तो हो । धेरै आराम दियो भने सुस्ताउन थाल्छ ।”

“तर म के गर्न सक्छु ?” सुरजले आँखा मिच्दै सोध्यो ।

“बिजुलीका तार जस्तै शरीरका नसामा सन्देश बोक्ने प्रवाह हुन्छ । जब हामी अल्छी गर्छौं, मस्तिष्कले सक्रियता घटाउँछ । कम्प्युटरमा लामो समय चलाइएन भने स्लो हुन्छ, जस्तै हाम्रो दिमाग पनि ।”

सुरजले केही बेर सोच्यो । अर्नबले साइकल निकाल्दै भन्यो, “हिँड, हामीले दिमागलाई रिफ्रेश गर्नुपर्छ ।”

सुरज मुस्कुरायो, साइकलमा चढ्यो र भन्यो, “साच्चै, मस्तिष्कलाई स्लो हुन दिनु हुँदैन, होइन?”

०००
बेलका-२, गल्फडिया, उदयपुर

४. 🔴  भोकको रहस्य
       – लक्ष्मी रिजाल

“आमै, किन मेरो पेट गडगड गरिरहेको छ ?” सानु भोकले छटपटाउँदै सोध्छ ।

आमाले मुस्काउँदै भनिन्, “बाबु, तिम्रो शरीर एउटा कारजस्तै हो । पेट इन्धन राख्ने ट्यांकी हो, र खाना पेट्रोल । जब पेट खाली हुन्छ, कार चल्दैन ।”

सानुले आँखा चम्काउँदै सोध्यो, “त्यसो भए, म पनि रोबोट भएँ त ?”

आमाले टाउको हल्लाउँदै भनिन्, “हो, तर प्रकृतिले बनाएको चमत्कारी रोबोट । पेटमा एउटा घडीजस्तो प्रणाली छ, जसले समय समयमा संकेत गर्छ- अब पेट्रोल हाल्नुपर्छ ।”

सानुले पेट मिच्दै भन्यो, “मलाई त अब पेट्रोल हाल्नै पर्‍यो !”

आमाले हाँस्दै भातको थाल अघि सारिन् । सानुले खुशीले खाना खायो ।

थोरै बेरमा सानु मुस्कुरायो, “अब मेरो कार दगुर्न तयार छ, आमै !”

०००
कञ्चनरूप-१२, प्रगतिटोल, उदयपुर

५. 🔴  आँसुको रहस्य
        – नन्दलाल आचार्य

“दाइ, मान्छे खुशी हुँदा पनि किन रुन्छ ?” सानूले उत्सुकतासाथ सोधी ।

दाइले मुस्कुराउँदै भन्यो, “सानू, हामी भित्र एउटा सानो बादल हुन्छ, जसले भावना अनुसार पानी झार्छ । जब हामी धेरै खुशी वा धेरै दुःखी हुन्छौं, त्यो बादलले आफ्ना थोपा छोड्छ ।”

सानू चकित परी, “तर बादल त आकाशमा हुन्छ नि !”

दाइले भर्खरैको घटनालाई सम्झायो । बिहान बाबा परदेशबाट फर्किनुभएको थियो । आमा हाँस्दै रुँदै उहाँलाई अँगालो हालिरहनुभएको थियो ।

“त्यसैलाई आँसु भन्छन्, सानू ! विज्ञान भन्छ, जब मन अघोरै भावनाले भरिन्छ, दिमागले आँसु निकाल्न आदेश दिन्छ । यो आँसु आँखाले मात्र देख्छ, मनले अनुभूत गर्छ ।”

सानूले आँखामा चमक पार्दै भनी, “अनि त आमा भित्रको बादलले पनि बाबा देख्नेबित्तिकै पानी छोडेछ !”

०००
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुक्तिको भ्रम

मुक्तिको भ्रम

नन्दलाल आचार्य
समयको पुकारा

समयको पुकारा

नन्दलाल आचार्य
शान्तिको ‘भाइरस’

शान्तिको ‘भाइरस’

नन्दलाल आचार्य
वर्तमान दर्शन (१)

वर्तमान दर्शन (१)

नन्दलाल आचार्य
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
आधा सत्य आधा भ्रम – ४४

आधा सत्य आधा भ्रम...

अर्जुन दाहाल (क)
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x