साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युद्ध आतङ्क

ॐ शान्ति जप्दै अस्त्र बेच्ने कथित नायकहरू कहिलेसम्म चल्छ— खोक्रो राष्ट्रवादको यो नाटक मञ्चन ? कसरी हुन्छ— माटो लजाएर राष्ट्रियताको संरक्षण ?

Nepal Telecom ad

युवराज भण्डारी :

मलाई लागेको थियो
यी त्रासदी पूर्ण दिन दोहोरिनेछैन
इतिहाससँग समय नै आतङ्कित हुनुपर्ने
समय फेरि आउनेछैन
हत्या, हिंसा
जगत्मा नियति बन्नेछैन ।

मैले देखेका सपनामा बारुद थिएन
अहङ्कारको लडाइँमा
जगत् मास्ने कपुत थिएन
आयातित इशारामा
आफ्नो देश जलाउने
कठपुतली राष्ट्रवाद थिएन ।

आज मेरो विश्वास आतङ्कित छ
अहङ्कार आफ्नो सीमा नाघेर
घरघरमा नियन्त्रण गर्दै छ
धरतीको सन्तान
धर्तीको छातीमा निर्मम प्रहार गर्दै छ
स्वयम् उभिएको धरातलमा
खै, किन कोही शान्तिको विनाश रोप्दै छ !

ए !
अशान्ति फलाएर
बाँड्दै हिँड्ने शान्ति बादशाहहरू !
ॐ शान्ति जप्दै अस्त्र बेच्ने कथित नायकहरू
कहिलेसम्म चल्छ—
खोक्रो राष्ट्रवादको यो नाटक मञ्चन ?
कसरी हुन्छ—
माटो लजाएर राष्ट्रियताको संरक्षण ?

०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
घामको प्रेरणा

घामको प्रेरणा

युवराज भण्डारी
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
र ऊ बन्ला कस्तो ?

र ऊ बन्ला कस्तो...

कलानिधि दाहाल
खुसी मान्छे

खुसी मान्छे

डा. छायादत्त न्यौपाने ‘बगर’
छ कहाँ भविष्य ?

छ कहाँ भविष्य ?

चन्द्रप्रसाद न्याैपाने
बेताल छ

बेताल छ

प्रकाश अर्याल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x