साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको रङ

महँगी बनेर सिटामोलमा मिसिन्छ बेलाबेला कैंची बनेर बिजुलीका तारहरू काट्छ गरिबी बनेर घरहरूमा पस्छ हड्ताल बनेर विद्यालयहरूमा पस्छ अनि, पुजारी बनेर मन्दिरहरूमा पस्छ ।

Nepal Telecom ad

युवराज भण्डारी :

मैले पढेका किताबहरूमा
सफेद अनि कञ्चन
स्वरूपमा मात्र पढेको थिएँ उसलाई
आमा भन्थिन् –
यस्तै थिए रे शहीदका सपना
यस्तै रङका सपना
सुनाउँथिन् उनी मलाई ।

अतः मैले देखेका सपनामा उसलाई
यही स्वभावमा मात्र चित्रित गरेको थिएँ
बाल्यकालदेखि उसलाई त्यही आकृतिमा खोजिरहेको थिएँ
आजसम्म त्यस्तै आदतमा खोजिरहेको छु ।

जस्तो-
फूलको बोटमा फूल
जराजस्तो रङ लिएर फुल्दैन
स्वतन्त्र रूपले आफ्नै रङमा फुल्छ फूल
जराले कुनै हस्तक्षेप गर्दैन
अरु जुनसुकै रुखमा
पात काण्डजस्तो खैरो भएर फैलिँदैन
स्वच्छन्द रूपले हरियो रङमा सप्रिन्छ पात
काण्डले कुनै दक्खल दिँदैन ।

यी मान्यताभन्दा ऊ अलग भयो
यी सब सिद्धान्तभन्दा ऊ पृथक् भयो
ऊ, रङहरूमा मिसिएर रङ बिगार्न सक्छ
सबै अङ्गप्रत्यङ्गमा पसेर नियन्त्रण गर्न सक्छ
फोहोर बनेर पानीमा मिसिन्छ
पानी बनेर दूधमा मिसिन्छ
महँगी बनेर सिटामोलमा मिसिन्छ
बेलाबेला
कैंची बनेर बिजुलीका तारहरू काट्छ
गरिबी बनेर घरहरूमा पस्छ
हड्ताल बनेर विद्यालयहरूमा पस्छ
अनि, पुजारी बनेर मन्दिरहरूमा पस्छ ।

ऊ यसरी कसरी रङ्ग बदलिरहन्छ ?
ऊ यसरी कसरी ढङ्ग बदलिरहन्छ ?
ऊ त छेपारोजस्तो पो भयो आमा !
ऊ त भाइरसजस्तो पो भयो गुरुजी !
लाग्छ-
कोरोना उसैको सन्तान हो
उसैको एउटा अदृश्य स्वरूप हो !

आमा !
मैले तिमीसँग मिथ्या सिकें त ?
गुरुजी !
मेरो सिकाइमा त्रुटि भयो र ?

०००
अर्काे कर्णाली (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
घामको प्रेरणा

घामको प्रेरणा

युवराज भण्डारी
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x