
मलाई गाह्रो छ
सुरुको तीन दिन त पोथी करकर त गर्छ नै तर्सेर यस्तो करायो कि मानौ उस्लाई ठुलै दुस्मनले आक्रमण गर्न आउँदैछ । यसो गर्यो क्वा क्वा गर्छ उसो गर्यो क्वाँ क्वाँ यो पक्कै मलाई तह लगाउन ल्याएको हुनुपर्छ जस्तो लाग्यो ।

अशाेक कुमार शिवा :
मलाई गाह्रो छ । गाह्रो यस मानेमा कि खोई के मानेमा मलाई नै पो थाहा भएन । थाहा किन भएन भनेर कसैले सोधेको खण्डमा खण्ड खण्ड मा गरेर जवाफ दिन सकुला नसकुँला त्यो भन्न पनि गाह्रो छ । सुरुमा नै किन “मलाई गाह्रो छ” भनेर लेख्न सुरु गरें त्यस्को जवाफ खोज्न त यो लेख आध्योपान्त पढ्नु आवस्यक पर्छ ।
करकर सुन्दै आएको पनि दुई बीस वर्ष कटेछ । दुई त हो जाबो भन्नु होला बीसलाई नबिर्सनु होला नि । धोरै हो र ? नसकिने गाँठे, तर के गर्नु सक्नै पर्यो र सकियो पनि । अझै पनि सकिन्छ र सक्नुपर्छ त्यो वाध्यता हो । वाध्य कसले बनायो ? भनेर पनि सोध्नु होला है त्यसको पनि त जानकारी राख्नुपर्यो त । वाध्य अरु कसैले बनाएको होइन आफैले बाध्यतालाई निम्ता दिएर बोलाएको हो । बोलाउनु किनपर्यो भनेर नसोध्नु है यसको जवाफ अलि उरन्ठ्याउलो नआउला भन्न सकिन्न । होसियारी हुनु नै श्रेयस्कर होला । उरन्ठ्याउलो भए बापद नै कतिलाई आपद आईलाग्छ । त्यस्तै आपदले समातेको होइन भन्न सक्ने अवस्थामा म छैन है । कुरकुरेले करकरे तानेको सहिसत्य हो । यो कुरकुरेलाई अझ हुर्हुरे रापले तताउँदा त झन बिचल्ली हुने ।
बिहान सबेरै उठे देखी राती अबेर सुत्दा सम्म १४ किलोमिटर लामो करकर सुनेर लखतरान परेपछि राती परान गएको मुढो झै लम्पसार परिन्छ । यो करकरको कुरा गर्दा कोर्कोराउने पोथी जोड्न पर्ने हुन्छ । कुखुराको पोथी किन कोर्कोराउँछ कसैलाई थाहा छ भने यसो जानकाौरी पाउॅ है । अस्ती भरखरै श्रीमती जीले आफु घुमेर फर्किदा कुखुराको पोथी किनेर ल्याइन् । नल्याउनु ल्याइहालिन् लौन त भनेर केही भनिनँ । सुरुको तीन दिन त पोथी करकर त गर्छ नै तर्सेर यस्तो करायो कि मानौ उस्लाई ठुलै दुस्मनले आक्रमण गर्न आउँदैछ । यसो गर्यो क्वा क्वा गर्छ उसो गर्यो क्वाँ क्वाँ यो पक्कै मलाई तह लगाउन ल्याएको हुनुपर्छ जस्तो लाग्यो ।
एकदिन दुईदिन हुँदै अब चाहिँ त संगत गरेको अलिक दिन भएर होला करकर गर्दा पनि दिक्क लाग्न छाड्यो । यसो बिचार गरेर भाले पनि सँगै ल्याइदिएको भए हुनेथियो । एक्लो पोथी बिचरी करकर नगरेर के गरोस् ? छिमेकमा भाले “कुकुरी काँ” गर्छ यता पोथी घाँटी तन्काई तन्काई भालेको आवाज आएतिर हेर्छ । हेर बिजोक । अन्यत्र पठाइदिउँ कता पठाउनु र । खुट्टामा डोरीले बाँधेर राखेको छ डोरी हेर्दै करकर गर्छ । खै केको भाउतो आइलाग्या हो । दाना दिँदा पनि राम्रोसँग खाने जाँगर गर्दैन । नपालौँ कता फालौँ ? फालौँ माया लाग्ने । जाबो एकहप्ता पालेको करकरेको त माया लाग्छ भने वर्षौको करकरेको मायै नलाग्ने त कहाँ हो र । तर पनि आनन्द बसेको देख्न नसकेर झमेला थपिदिनेलाई त के गर्नु र खै ? चिसै पानीले नुहाएर घाम ताप्ने त होला ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest