साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

हलुवा स्वारी फलाउदै कृषि क्रान्ति गराएर, बाघ, हात्ती, गैंडा दानले घ्याम्पेभुँडी भर्ने भन्छन् ।

Nepal Telecom ad

कुमार खड्का :

(सत्ता र भत्ताको प्रसङ्गमा…)

मट्याङ्ग्रोले धपाउदैमा गिद्ध रीसले चुरमा छन्
तिजौरी कब्जा गर्न ठेलमठेल र आतुरमा छन्
खानैको निम्ति बाँचेका छन्,बाँच्न मात्रै कहाँ हो र ?
कोचिकोची हसुरेर अझै घिच्ने सुरमा छन् ।१

कोदोलाई तोरी भन्दा पत्याइदिनुपर्छ अब
कालीलाई गोरी भन्दा पत्याइदिनुपर्छ अब
हात्ती र हात्तिछाप उस्ताउस्तै हुन् नि हजुर,
सद्देलाई कोरी भन्दा पत्याइदिनुपर्छ अब ।२

मेथीको वृक्षरोपण, केरा पालन गर्ने भन्छन्
तोरी गेडा ओथारोमा आँप, लिची छर्ने भन्छन्
हलुवा स्वारी फलाउदै कृषि क्रान्ति गराएर,
बाघ, हात्ती, गैंडा दानले घ्याम्पेभुँडी भर्ने भन्छन् ।३

जति सिधा पार्नखोज्यो बाङ्गो ल्याकत बाङ्गै हुन्छ
जति ढाक्न खोजे पनि नाङ्गो औकात नाङ्गै हुन्छ
कुना पस्दै शिर झुकाइ घ्यू डकार्नु बेग्लै, तर
स्याल, ब्वाँसोको वृत्ति सदा प्रष्ट र उदाङ्गै हुन्छ ।४

०००
आलापोट, काठमाण्डौं ।
२०८१/११/२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x