साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका व्यक्तिहरूकाे अवस्था

पाका व्यक्तिहरुको आँखामा हेर, पीडालाई बुझ र घाउमा महलम लगाउँने कोसिस गर त्यही व्यवहार, त्यही सम्मान र त्यहीँ प्रेम फर्केर आउँने गर्दछ पछि तिम्रो बुढ्यौली जीवनमा ।

Nepal Telecom ad

भावना न्याैपाने :

उठ उठ पाका व्यक्तिहरु हो अब त उठ
जाग जाग पाका व्यक्तिहरु हो अब त जाग।

के कमि छ र भन तिमीमा र तिम्रो बुद्धिमा
सधैं बस्दछौ निरासा, पीडा र बेसुद्धिमा ।

पहिला पहिला गरेको त्याग
र तपस्यालाई सम्झ
घर, समाज र राष्ट्रलाई गरेको
योगदानलाई सम्झ।

अब बुढो भयो शरीर त के भयो
अब कुँजो भयो शरीर त के भयो।

तिम्रा बिचार अझै घर, समाज
र राष्ट्रलाई चाहिन्छन्
तिमी मनले र बुद्धिले बलियो बन
तिम्रा हरेक वाणी चाहिन्छन्।

बिहानीमा उदाएको सूर्य
अस्ताउँनुपर्छ साँझमा
तर तिमी सधैं बन दियोको ज्योति बनि
हर सबैको माझमा।

तिम्रा बल घटे, तिम्रा हातगोडाहरु गले
तर तिम्रो परिवार, समाज
र राष्ट्र प्रतिको प्रेम घटेन।
आजका सन्ततिहरुलाई सिकाऊ

पाका व्यक्तिहरुलाई सम्मान गर्नुपर्दछ भनेर
के थाहा भोलि उनीहरूको पालामा
सधैं बस्नुपर्दछ कि कुना रोएर।
समय, परिस्थिति र काल

सधैं उस्तै हुँदैन यस संसारमा
हिजो बालक थियौं,आज युवा छौ
भोलि हामी पनि पाका उमेरका
हुनेनै छौ यस जगतमा।

पाका व्यक्तिहरुको आँखामा हेर,
पीडालाई बुझ र घाउमा महलम
लगाउँने कोसिस गर
त्यही व्यवहार, त्यही सम्मान
र त्यहीँ प्रेम फर्केर आउँने गर्दछ
पछि तिम्रो बुढ्यौली जीवनमा ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x