साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेहालको जात्रैमात्र

नेता हिँड्छन हजुर करोडको गाडीमा युवा सबै हजुर गैसके खाडीमा घरमा भने सबैका वृद्ध मात्रै छन् के गरून् वृद्धलाई बेहालको जात्रैमात्र छन् ।

Nepal Telecom ad

अशोककुमार शिवा :

झट्ट हेर्दा हजुर हाम्रो देश दामी छ
सबै ठिक छ हजुर मनमा चैन कमि छ
देश चलेर के गर्नु ऋणै ऋणमा छ
जनताको थाप्लोमा अनेकौं पीडा पीडै छ ।

पूर्व पश्चिम हजुर उत्तर दक्षिण चारै दिशा हजुर
नियालौँ एकैछिन पिच गरेर के गर्नु खन्याखन्यै छ
चौतर्फी विकास भाको छ भन्याभन्यै छ ।

महँगीले हजुर आकाश छोएको छ
किनीखाने हजुर जन सबै रोएको छ
जग्गाजमिन के गर्नु र हेर सबै बाँझाे छ
युवालाई वैदेशिक निर्यातको चाँजोपाँजो छ ।

तीस वर्षमा हजुर आएको मेलम्ची पानी दिन हजुर
गर्दैछन खेलाँची घारा भएर के गर्नु भ्याउताे कराउँछ
पानी थाप्न राखेको भाँडो दिउसै हराउँछ ।

नेता हिँड्छन हजुर करोडको गाडीमा
युवा सबै हजुर गैसके खाडीमा
घरमा भने सबैका वृद्ध मात्रै छन्
के गरून् वृद्धलाई बेहालको जात्रैमात्र छन् ।

फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ पीरे पीरमा छ ।

०००
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
कमाउने धन्दा

कमाउने धन्दा

अशोककुमार शिवा
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x