साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहाँ छन् गिद्धका आँखा

छ ठूलो चाहना चोखो, भ्रष्टाचारी नचाउने सर्वोच्च पदमा पुग्ने अपराधी बचाउने । यै प्यारो भावना बोकी औतारी म बनीकन पार्दैछु चाहना पूर्ण गरी देश विसर्जना ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

हास्यव्यङ्ग्य गीत (प्यारोडी)

जहाँ छन् गिद्धका आँखा, चनाखा छन् मनोहर
त्यहाँ छ भ्रान्तिको खेती घूसखोरी शिरोपर ।
प्राणभन्दा उही प्यारो धनको ढुकुटी तर
टल्किन्छ समता मेरो नातावादी निरन्तर ।

माया विकारको लाग्छ, नेपाली परिहासको
माया सिकारको लाग्छ, भाषा अर्कै प्रदेशको ।
नेताको तन्त्र यो जप्छु चौकीदार बनीकनै
जननी जन्मभू मेरी हिजोभन्दा लुली झनै ।

जहाँ छन् गिद्धका आँखा…

छ ठूलो चाहना चोखो, भ्रष्टाचारी नचाउने
सर्वोच्च पदमा पुग्ने अपराधी बचाउने ।
यै प्यारो भावना बोकी औतारी म बनीकन
पार्दैछु चाहना पूर्ण गरी देश विसर्जना ।

जहाँ छन् गिद्धका आँखा…

०००
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x