साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाईजात्रे बजेट भाषण

अश्लील गीत तथा भिडियोहरू सामाजिक सञ्जालमा छरपस्ट पार्ने र समाजमा विकृति सार्नेहरूका लागि "छाडा दक्षिणवाहु प्रथम" द्वारा विदुषित गर्नको लागि पर्याप्त बजेटको प्रबन्ध मिलाएको छु ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

सभामुर्ख महोदय !
म व्यर्थ मन्त्री यश उङेश्वर,नाङ्गेश्वर एवम् दुर्गन्धेश्वर सभामा खाईजात्रे बजेटमा गरिएको अर्गानिक बाँडफाँडको आकडा प्रस्तुत गर्न खडा भएको छु। आए,खाए, गए र अघाए करको दरमा गरिएको वैज्ञानिक व्यवस्थापन यसप्रकार रहेको छ ।

हान्ने सदस्यज्यूहरू !
१. गुन्द्रुकमा ढुसीको डर, चाउचाउमा सबैको भर भएकोले यस्ता चाउचाउजन्य उद्योगहरूलाई प्रोत्साहन गर्न करको दर घटाउदै मकै, भटमास,चना, केराउ जस्ता गेडागुडीहरूमा गर्लम्मै कर बृद्धि गरेको छु ।

२. सधैं माटो मात्र कन्याउने तर खपत नभई बचत भएका दुध, टमाटर, सुन्तलाहरू सडकमा लगेर खन्याउने दोहोरो भारबाट मारमा परेका कृषकहरूको हितलाई ध्यानमा राखी अबदेखि त्यस्ता उत्पादित सामाग्रीहरू सरकारले नै सडकमा लगेर डाउनलोड गर्नको लागि ढुवानी खर्च वापत मनक्यै बजेट छुट्याएको छु ।

३. गमलामा धानखेतीलाई उच्च प्राथमिकता दिदै माटो, धानको बीऊ, रसायन मल र गमला समेत छतमै निशुल्क उपलब्ध गराउनको लागि प्रयाप्त बजेटको जोहो गरेको छु।

हान्ने सदस्यज्यूहरू !
४. टाउकेका वरिपरि नाच्ने,कामको सिन्को नभाच्ने, क्याच्च क्याच्च सेल्फी फोटो मात्र खिच्ने लाउकेहरूलाई निजहरूको योगदानको उच्च मुल्यांकन गर्दै विशेष खालको झोला उपहार प्रदान गर्नको लागि “जनतालाई छैन खोले, मोज गर झोले” शीर्षक अन्तर्गत चाहिने जति बजेटको व्यवस्थापन गरेको छु ।

५. अश्लील गीत तथा भिडियोहरू सामाजिक सञ्जालमा छरपस्ट पार्ने र समाजमा विकृति सार्नेहरूका लागि “छाडा दक्षिणवाहु प्रथम” द्वारा विदुषित गर्नको लागि पर्याप्त बजेटको प्रबन्ध मिलाएको छु ।

सभामुर्ख महोदय !
६. मानवीय समवेदनालाई उच्च सम्मान गर्दै मलामी भत्ताको व्यवस्था मिलाएको छु। कसैले परमधामको यात्रा तय गरेको जानकारी पाउनासाथ घर,अस्पताल वा यमलोक गमन गर्ने निर्णय गरेको स्थानमै पुगेर यात्रुसँगै पछिपछि लागेर घाटैमा पुग्ने, पुरै अवधि बस्ने, बिचैमा लुसुक्क टाप नकस्नेलाई रू.१,५००।- एक हजार पाँच सयका दरले मलामी भत्ता उपलब्ध गराउनको लागि बजेट विनियोजन गरेको छु ।

७. हाम्रो संस्कृतिको जगेर्ना गर्दै बढ्दै र सबैका हृदयमा गढ्दै गएको बेबी सावर जस्ता महत्त्वपूर्ण संस्कारहरूलाई अझ व्यापक बनाउन कुस्त रकमको जोहो गरेको छु । त्यसैगरी एनिभर्सरी एवम् बड्डे जस्ता पवित्र पर्वहरूमा घरपरिवारका सबै व्यक्तिहरूले अनिवार्य रूपमा छुट्टाछुट्टै शुभकामना सन्देश फेसबुकमा अपलोड गर्नुपर्ने व्यवस्था मिलाएको छु । सोका लागि उच्च कोटीको केक र मैनबत्ती विदेशबाट आयात गर्नको लागि पर्याप्त बजेटको चाँजोपाँजो मिलाएको छु ।

हान्ने सदस्यज्यूहरू !
८. स्वास्थ्य क्षेत्रतर्फ विशेषगरी सरकारीअस्पतालमा जचाँउन आउने नागरिकहरू लामो अवधिसम्म लाइनमा बस्दा छट्पटी भएर जुरुक्क जुरुक्क उठ्ने, खुइया गर्दै लामो सास फेर्ने,कहिले पालो आउला भनेर अगाडि हेर्ने, मिलिनवाटरले घरिघरि मुख भिजाउने र चाउचाउका लुन्द्रा च्यापेर खाली आन्द्राको चित्त बुझाउने भएकोले त्यस्ता मधौरूहरूउपर मध्येनजर राख्दै लाइन बसेको स्थानमै आवश्यक रासनपानी तथा विश्राम गर्नको लागि विछ्यउनाको समेत उचित बन्दोबस्त गर्न मनक्यै बजेट छुट्टयाइएको छु ।

९. विवाह, ब्रतबन्ध, जन्मोत्सव आदि भोजमा ” नजाउँ आफन्त रिसाउने, जाउँ अगाडि बस्नेले हड्डी बाहेक मासु सबै सिध्याउने ” भएकोले मासुको भाडो अगाडि लाग्ने गरेको जाम नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गरेको छु ।

१०. बेरोजगारी समस्या निराकरणका निमित्त नि:शुल्क मोबाइल, Wifi आदि सामाजिक सञ्जालको विस्तार गर्न र उच्च शिक्षा हासिल गरेका युवाहरूजति सबै विदेश मुलुकतिर लगेर भर्न “एकगाउँ एक मेनपावर” को रूपमा मेनपावर कम्पनीहरूको व्यापकताको लागि कुस्त रकमको जोहो गरेको छु ।

११. जेष्ठ नागरिकहरू वृद्धभत्ता पाएपछि लुसुलुसु चोक वा चौतारीतिर जाने, जे पायो त्यहीँ कुचुकुचु खाने, पेटलाई लचिलो बनाउने, घरिघरि पाइखानातिर धाउने, आउने अनि दु:ख पाउने भएकोले सो कुरालाई मध्येनजर राख्दै बृद्धभत्तामा संशोधन एवम् कटौती गरेको छु ।

१२.परराष्ट सम्बन्ध सुधार गर्न जन्तीको लर्को जस्तै भएभर्को विदेश भ्रमण जानको लागि MKDC अर्थात “मिलेर खाउँ ढुकुटी सिध्याउँ” शीर्षक अन्तर्गत पर्याप्त बजेट विनियोजन गरेको छु ।

हान्ने सदस्यज्यूहरू !
१३. पोडिएम अगाडि अडिए एवम् यति पढ्न ठडिए वापत रू चार लाख हजम, खाईजात्रे बजेट भाषण खतम ।
इति

०००
हेटौंडा- ४, मकवानपुर
लेखक सिस्नुपानी मकवानपुरका निवर्तमान अध्यक्ष हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x