साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय कुर्सी देवा !

हे संसद् भवनका देवता, हामीलाई शक्ति देऊ, पाँच वर्षसम्म कुर्सीमा टाँसिने भक्ति देऊ । नाराज नहुनू जनता, यो त एउटा नाटक हो, हाम्रो लागि सपथ त, सत्ता छिर्ने फाटक हो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​हे कुर्सी महाराज, तिम्रै शरणमा आयौँ हामी,
पाँच वर्षको लाइसेन्स लिन, लामबद्ध भयौँ हामी ।
हातमा रातो किताब छ, मनमा अर्कै धुन,
शपथ त एउटा बहाना हो, भित्र अर्कै खुन !
जय कुर्सी देवा, जय सत्ता देवा !

​इस्तरी गरेका दौरा-सुरुवाल, टलक्क टल्किएका कोट,
हिजोसम्म गल्ली चहार्ने, आज गन्छन् भोट ।
ईश्वरको नाम लिँदाखेरि जिब्रो अलि लरबरिन्छ,
जनताको कसम खाँदा किन मन अलि डगमगिन्छ ?
धारा र उपधारा पढ्दा, घाँटी सुकेर आउँछ,
भित्र-भित्रै कसले कुन मन्त्रालय पाउँछ ?

​”म निष्ठापूर्वक काम गर्नेछु,” भन्दै हात उठाए,
मनले भन्छ- “खल्ती भर्न त यत्रो दु:ख पाएँ !”
शपथको त्यो हलभित्र क्यामराको लर्को छ,
बाहिर भने बेरोजगार युवाको ठूलै तर्को छ ।
शपथ खाएर निस्कँदा, खुट्टा भुइँमा हुँदैन,
जितेपछि यी नेतालाई, गरिबको आँसुले छुँदैन ।

​आज यता भोलि उता, विचित्रको छ खेल,
नमिल्नेका बीचमा पनि जबरजस्ती हुन्छ मेल ।
सपथ खाएको भोलिपल्टै, कुर्सीको छ हानथाप,
जनता भन्छन्- “हामीले फेरि कस्तो पायौँ पाप ?”
जय कुर्सी महाराज, तिम्रो महिमा अपरम्पार,
जसले तिमीलाई ढोग्छ, उसैको छ बेडापार !

​हे संसद् भवनका देवता, हामीलाई शक्ति देऊ,
पाँच वर्षसम्म कुर्सीमा टाँसिने भक्ति देऊ ।
नाराज नहुनू जनता, यो त एउटा नाटक हो,
हाम्रो लागि सपथ त, सत्ता छिर्ने फाटक हो ।
​जय कुर्सी ! जय भत्ता ! जय सत्ता !

०००
२०८२ चैत ५ गते 
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x