साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्छौ घमण्डी किन ?

बन्नेथ्यो बलियो भए नि कलिलो, पाको मिसाको भय। बस्ने थे सबले नया भवनमा, हुन्थ्यो सबैको जय।। जानेनौ कलिला युवा र युवती, छोड्यौ पुराना पर। मर्नेछौ सबका सबै मनुजले, गर्ल्याम्म ढल्दा घर।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

काँचो रैछ इटा सिमेन्ट नकली, कर्मी बिनाकामको।
पैरो जान्छ यहाँ शधा सरवदा, बेकारको ठाम यो।
टेकाको भरमा ठडिन्छ कसरी, तिम्रो नयाँ यो घर।
ढल्नेभो छिनमै तयार नहुदै,कच्चा बनायौ जग।।

पाको छैन कुनै नयाँ र कलिला, मिस्त्री रहेछन् सबै।
सानो बालक गर्छ के र बिचरा, पाको पुरानो नभै।।
आफ्ना पुर्बजको भुलेर कसको, राम्रो भएको छ र ।
ढल्ने भो दरवार काम नसकी, कच्चा बनायौ जग।।

बन्नेथ्यो बलियो भए नि कलिलो, पाको मिसाको भय।
बस्ने थे सबले नया भवनमा, हुन्थ्यो सबैको जय।।
जानेनौ कलिला युवा र युवती, छोड्यौ पुराना पर।
मर्नेछौ सबका सबै मनुजले, गर्ल्याम्म ढल्दा घर।।

काँचो काठ कुहेर लाग्छ धमिरो,टिक्दैन धेरै सुन।
बृद्धा को पनि मान राख तिमिले, पर्दैन बूडो हुन।।
जान्दैनन् यिनले नभन्नु कहिलै, बृद्धा हरूको अब।
जस्ले आदर गर्छ बृद्ध जनको, होला सफल ऊ तब।।

जानेकोछु भनी नयाँ प्रविधिको, बन्छौ घमण्डी किन।
जानेका सबथे थिएन कमिकै, निस्चिन्त काटे दिन।
मैमत्ता हुभनी हुकार तिमिले, गर्छौ यसोरी किन।
निस्सै आउँछ आजका युवक हो तिम्रो पनी त्यो दिन।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x