साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा

गर्वले मनाउँछन् यहाँ वसन्तपञ्चमी । हर्षले नियाल्दछिन् सुरम्य दृश्य मेदिनी॥ लेकले, मधेसले, पहाडले, सुझाउँदा । वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥

Nepal Telecom ad

कृष्णप्रसाद पैडिल ‘जस्ताघरे’ :

गान भर्छ कोइली वसन्तयाम ल्याउन ।
लोकमा अपूर्वको नयाँ खुसी दिलाउन ॥
बागमा सशक्तका मनुष्यकर्म पोखिँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥ -१

छन् नदी र पोखरी विशुद्धका सुधासरि
पालुवा र कोपिला बुट्यान पुष्पमञ्जरी ॥
सूक्ष्म चाल रागले वसन्त यो रमाउँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।। – २

बागमा कुँडारमा किसानकर्म देखियो ।
देहमा मुहारमा वसन्तले प्रभा छऱ्यो
खेतमा बगानमा रमेर हेर्न पाउँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥ -३

छन् कुना र कन्दरा गुराँसले सुशोभित ।
गौँथली मुनालका मिलाप छन् अखण्डित॥
नाच्दछिन् वसुन्धरा विभिन्न सार झल्किँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥ -४

गर्वले मनाउँछन् यहाँ वसन्तपञ्चमी ।
हर्षले नियाल्दछिन् सुरम्य दृश्य मेदिनी॥
लेकले, मधेसले, पहाडले, सुझाउँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥ -५

०००
वि.न.पा. -४, बट्टार, नुवाकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x