साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलपति भूपाल राईद्वारा धरानको स्रष्टा पार्क समुद्घाटन

धरान साहित्य, कला तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय महोत्सवको पहिलो दिनको यो कार्यक्रम नगर परिक्रमासहित भव्यताका साथ सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

धरान । सुनसरीस्थित धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनावरण गर्नुभयो ।

धरानमा रहेर भाषा, साहित्य र कलाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने स्रष्टाहरू छविलाल पोख्रेल, महानन्द सापकोटा, गमबहादुर लम्जेल (लम्जेल सङ्घर्षशील), रामानन्द घराल, जगदीश नेपाली, कर्ण मास्के, मानबहादुर शाक्य, बेणु आचार्य, टङ्क घिमिरे, जितमान राई, कृष्ण पाख्रिन, गोविन्द विकल र विमल गुरुङ लगायत १३ जना स्मृतिशेष स्रष्टाका प्रतिमाको अनावरण उहाँले गर्नुभयो।

यस बारेको एक जिज्ञासामा कुलपति राईले भन्नु भयो-“दीर्घसेवी स्रष्टाको प्रतिमा निर्माणले उनीहरूको योगदानलाई कालान्तरसम्म सम्झाइरहने छ। धरानले स्रष्टा पार्क र प्रतिमा निर्माण गरेर ऐतिहासिक कार्यको थालनी गरेको” बताउनुभयो ।

धरान उपमहानगरपालिकाका वर्डा न १३ का अध्यक्ष नेत्र काफ्लेले स्रष्टापार्क स्थापना र स्रष्टाको शालिक अनावरण बारे जानकारी प्रस्तुत गर्नुभएको थियो।

धरान साहित्य, कला तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय महोत्सवको पहिलो दिनको यो कार्यक्रम नगर परिक्रमासहित भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रम बारे धरानका पत्रकार तथा साहित्यकार जमुना श्रेष्ठले जानकारी दिनु भएको हो।

०००
प्राज्ञ चेतनाथ धमलाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x