साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फस्टाँ कपाल काटियो लास्टाँ कट्टु साटियो

मेरो कट्टु लैजाने को थियो भन्ने कुरा यकिन हुन सकेन। सायद रङ मिलेर लगाए होलान् साट्नेवालाले। यसरी फस्टाँ कपाल कटियो र लास्टाँ कट्टु साटियो।

Nepal Telecom ad

अमर अधिकारी :

२०८२ पुस १६ गते राती ११ बजेको आसपासमा पिताजीको दुःखद निधन भए तापनि १७ गते मात्र दाहसंस्कार गर्ने काम भयो र त्यस लगत्तै चारै दाजुमाइले कपाल काट्नु अर्थात् खौर्नु परेको थियो। कपाल काटेपछि मात्र काज किरियाका प्रक्रिया शुरु हुने भएकोले चिसोबाट बच्नका लागि पराल, काम्लो, कम्बलको व्यवस्था भयो र कोरा अर्थात् एकान्तबास तयार गरिए। भात खुवाने ठाउँ पँधेरा नजिक मुलबाटोको मास्तिर रहेको भुइँतले तर झ्यालढोका नभएको किरियापुत्री घरमा सहयोगीहरु र भात खुवाउनेहरु जम्मा भए भने त्यहिँनिर हामी एक छाक मात्र खानुपर्ने अवस्था आयो।

ढिकुरो नजिक बसेर पिण्ड अलगै चुलोमा र खाने भात अलगै चुलोमा आफै पकाएर चारै भाइले खानुपर्ने नियम रहेछ। पकाउने र भाँडा माझ्ने जिम्मा साहिँलो भाइको थियो, “म मात्र खटिने?” भन्दै बेलाबेलामा साहिलो भाइबाट गुनासो पोखिनु स्वभाविकै पनि थियो, भातमा घिउ पोखिनु त ठीकै थियो। रोल्पा जिल्लामा १२६० भन्दा बढी आगन्तुक आएको सायद हाम्रा पिताजीको निधनको दुःखमा मात्र होला जस्तो लाग्छ। “दाम नकमाए पनि मलामी कमाउनुपर्छ” भनेर ज्ञानदाताहरुले आफ्ना अनुयायी वा भक्तहरुलाई बताउने पनि गर्छन्। पिताजीको पनि त्यस्तै भयो। प्रियजनहरु धेरै कमाउनुभएको रहेछ भन्ने प्रमाणित भयो।

घरमा मान्छेहरुको आवतजावत र भित्रबाहिर भैरहने, कसैकसैलाई सुत्ने ठाउँ पनि परिवर्तन गरिरहनुपर्ने अवस्था पनि आयो। नाता सम्बन्ध हेरीहेरी कसैलाई चोखो खानुपर्ने र कसैलाई बारबन्देज लागू नहुने। कोही मदिराभोगी त कोही सूर्तिजन्य पदार्थभोगी। सुतेको समयमा कोही घुर्ने त कोहीलाई रचना फुर्ने अनेक अनेक आगन्तुकहरु। कसैले “मेरो चप्पल नै हरायो” भन्ने त कसैले “मेरो जुत्ता हरायो” भन्ने। त्यसैगरी कसैले “मेरो झोला हरायो” भन्ने। मैले भित्ताको किलामा झुण्डाएको नीलो र सादा खालको झोला नै बेपत्ता भयो, झोलामा के के थियो त भन्ने हेक्का भने छैन। सायद हवाइजहाजमा यात्रा गर्दा सुन्दरी युवती अर्थात् एअरहोस्टेसले दिएको पिनट प्याकेट र पेयपदार्थ पनि थियो।

लुगा सुकाउनका लागि बाँधिएको डोरीले नभ्याएपछि बारीको कान्ला, बुट्यान आदिमा पनि नुहाएर फेरिएका बस्त्रहरु सुकाउनुपर्ने अवस्था आयो। शुरुको दिनमा मैले नुहाउँदा फेरेको पुरानो कट्टु सुकाएको ठाउँमा तीन दिनसम्म यथावत रहेकोले काकाको छोरा अर्थात् भाइलाई भित्र झोलामा राखिदिन भनेँ। रङ मेरै कट्टुसँग मिल्दोजुल्दो थियो। काज किरियाको तेह्रौँ दिनपछि चारै जनाले सेतो कपडा लगाउनुपर्ने भन्नेमा बहस चल्यो। म चाहिँ रमाइला र रंगीन कार्यक्रमहरुमा प्रस्तुतिहरु दिनुपर्छ र देश-विदेश घुम्नुपर्छ भन्दै म अरु रङको नै पोशाक लगाउँछु भनेँ।

तर कट्टर पण्डित वा ब्राह्मणका अगाडि केही नलाग्ला जस्तो भयो। केही कट्टर नातेदारहरुले अनुहार बिगारे मदिराले मिर्गौदा बिगारे झैँ। कसैको पनि कुरा नसुनि मैले कसैको सल्लाहमा स्वतन्त्रपूर्वक आफूखुशी पोशाक लगाएँ। काठमाडौँ आएपछि भने पुराना लुगा राखेको ठाउँमा तलासी गर्दा घ्यू कलर र क्रिम कलरका १५।१६ वर्ष अगाडिका पोशाक भेट्टाए र लगाएँ। “काज किरिया पाँच दिन वा सात दिन मात्र कायम गर्नुपर्छ” भनेर कुनै बखत आवाज उठेकै हो। समय अनुसार लिबरलाइज हुनुपर्छ भन्ने आवाज पछि तुहेर गयो।

काठमाडौँ आउनुअघि मेरो झोलामा रहेको नीलो कट्टु हेर्दा रङ मिल्ने तर कट्टुको माथिल्लो घेरामा रहेका अक्षरहरु नदेखेपछि कट्टुलाई यो मेरो होइन” भनेर निर्क्यौल गर्दै चोर औँला र बुढी औँलाको टुप्पोले मुस्किलले समाएर फोहोर फाल्ने ठाउँमा लगेर बिसर्जन गरेँ र दाइसँग भएको एक्स्ट्रा कट्टु लगाउन पाएँ। मेरो कट्टु लैजाने को थियो भन्ने कुरा यकिन हुन सकेन। सायद रङ मिलेर लगाए होलान् साट्नेवालाले। यसरी फस्टाँ कपाल कटियो र लास्टाँ कट्टु साटियो।

आफ्नो कट्टु पनि नचिन्ने कस्ता खालका मान्छे रहेछन् भन्दै ‘यस्तै रहेछ यहाँको चलन…’ बोलको देवीका प्रधानले गाएको गीत सम्झिएँ। १७ गते रोल्पा जाँदा भैरहवासम्म चीलगाडीमा र फर्कँदा गजबको नाइटबसमा काठमाडौँ आउने काम भयो। नाइट बसेको अग्रभागमा दुबै आँखा पालैपालो झिम्काउने डिजिटल प्रविधि जडान भएको रहेछ।

बसमा केही यात्रु सुत्नका लागि स्टिलको लिस्नु चढेर माथि उक्लने गरे हिन्दुस्तानमा रेलको स्लिपरमा सुते झैँ। स्लिपरमा एक सय रुपियाँ बढी भाडा लाग्ने, मलाई चाहिँ सामान्य सिट नै ठीक लाग्यो। थप्ने पैसो पनि त हुनुपर्‍यो। बसमा खचाखच यात्रुहरुले गर्दा दिक्क लाग्यो भने समग्रमा यात्रा ठीक्क लाग्यो। बसपार्कमा “पठाओ पठाओ” भन्दै ट्याक्सी आए, मैले “भाडा घटाओ” भन्ने विचार मात्र गरेँ, तर भन्ने आँट आएन अठार घन्टा बस यात्राको थकाइले लुथ्रुक्क परेका कारण।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x