साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

निबन्धमा मानवीय समानताभित्रका असमानता, विभेदता र वैषम्यतालाई प्रस्ट पार्न खोजेका छन् । उनी सबै मान्छेसँग भुँडी भएको चर्चा गर्दै ती भुँडी भर्ने प्रवृत्तिका बारेमा भिन्नता रहेको उल्लेख गर्छन् ।

Nepal Telecom ad

डा. सुकराज राई :

अच्छा राई ‘रसिक’ (१९८५-२००९) भारतीय नेपाली साहित्यकार छन् । उनले दार्जिलिङमा बसेर नेपाली साहित्यको उत्थानमा विशेष योगदान दिएका छन् । उनका लगन (२००५) र दोभान (२००५) दुई वटा उपन्यास पुस्तकाकार कृतिका रूपमा प्रकाशित छन् भने उनका निबन्ध, कथा, कविता र समालोचना स्फुट रूपमा रहेका छन् । उनका स्फुट रचनाहरूलाई रामलाल अधिकारीले रसिक रचनावली (इ १९८२) मा सङ्गृहीत गरेका छन् । उनको सशक्त उवंर साहित्यिक विपन्यास र त्यसपछि निवन्ध हो । प्रस्तुत शोधको शोध्य विषय हास्यव्यङ्ग्य यस सन्दर्भमा यहां रसिकका हास्यव्यङ्ग्य निबन्धलाई हास्यव्यङ्ग्य प्रयोगका विषयगत विविधता र उपकरणको कुशल प्रयोगका दृष्टिले प्रतिनिध रूपमा छनोट गरी विश्लेषण गरिएको छ ।

अच्छा राई ‘रसिक’ का हास्यव्यङ्ग्य निबन्ध सिर्जना
अच्छा राई ‘रसिक’ प्रगतिवादी आत्मपरक हास्यव्यङ्ग्य निबन्धकार हुन्। उनवा निबन्ध सिर्जना छुट्टै सङ्ग्रहका रूपमा प्रकाशित छैन । सङ्ग्रहका रूपमा उनका निबन्ध प्रकाशित अवस्थामा नरहनु उनको अल्पायु नै सावित हुन पुगेको देखिना उनी दार्जिलिङबाट हास्यव्यङ्ग्य रचना लेख्ने परिपाटीको श्रीगणेश गर्ने र आत्मपरक निबन्ध रचना गर्ने प्रथम सफल साहित्यिक सर्जक हुन् (अधिकारी, इ. १९८२ १३) । रसिकका स्फुट रूपमा रहेका निबन्धहरूलाई रामलाल अधिकारीले रसिक रचनावलीमा सङ्गृहीत गरेका छन् । रसिक रचनावलीमा उनका निबन्धहरू त्यो फेरि ब्यूझेला ?’, ‘वसुधैव कुटुम्बकम’, ‘छैटौं अधिवेशन’, ‘बहिनीको पत्रां आलोचना’, ‘स्वर्गमा’, ‘कुन पहिला अण्डा कि कुखुरा ?’, ‘पतलुङ’, ‘जबाव, गोवां लीगको लघुतम इतिहास’, ‘अनुहार’, ‘चिहान भित्र’, ‘समालोचना’, ‘नारी समस्याओं हल’, ञ व व…, ‘हिन्दी सिनिमा’, ‘हामी’ र ‘मपाई’ गरी सत्र वटा सङ्गृहीत छन्। रसिकका निवन्धहरू विविध पत्रिकाहरूमा स्फुट रूपमा रहेकाले उनका यति सर वटा मात्रै निबन्धहरू नभएर अरू पनि हुन सक्ने सम्भावना रहका छन् । उनी ती सत्र वटा निबन्धहरू मध्येबाट ‘भुँडी’, ‘पतलुङ’, ‘समालोचना’, ‘मपाई’ र ‘चिहान भित्र’ गरी पाँच वटा हास्यव्यङ्ग्य निबन्धहरूलाई प्रवृत्ति तथा धारा आलम्बनगत विविधता र हास्यव्यङ्ग्य शिल्पको कौशल एवम् स्तरीयताका आधारमा प्रतिनिधिका रूपमा छनोट गरी विश्लेषण गरिएको छ ।

रसिककाे ‘भुँडी’ निबन्धको विश्लेषण
“भुँडी’ रसिक रचनावलीमा सङ्गृहीत प्रतीकात्मक निबन्ध हो। यो मझौला प्रकारको लामा छोटा गरी नौ वटा अनुच्छेदमा सरचित निबन्ध हो । यस निवन्धमा दार्जिलिङे नेपाली भाषाका शब्दको प्रभाव देखिन्छ । यसको भाषा सरत एवम् सहज रहेको देखिन्छ । यी व्यङ्ग्य प्रधान सफल हास्यव्यङ्ग्य निबन्ध हो। यहां बन निबन्धको आलम्बन र उपकरणका आधारमा विश्लेषण गरिएको छ ।

आलम्बनका आधारमा ‘भुँडी’ निबन्धको विश्लेषण
‘भुँडी’ वस्तुपरक हास्यव्यङ्ग्य निबन्ध हो र यसको प्रमुख कथ्य ने ‘भुँडी हो। प्रतीकका रूपमा प्रयुक्त ‘भुँडी’ ले मानवीय समानताभित्र असमानता बझाएको छ । सबै मान्छेसँग भुँडी छ तर त्यस भुँडीको आवश्यकता र आपर्ति गर्ने प्रवृतिहरू पृथक् पृथक् छन् भन्ने कुरा रसिकने व्यक्त गरेका छन् । यस निबन्धमा भंडी सुन्दर र सार्थक प्रतीकका रूपमा प्रयुक्त भएको छ । त्यस्ता भुँडीका माध्यमबाट यस निबन्धमा वर्ग विभक्त समाजको यथार्थ चित्रण गरिएको छ। रसिकले यस निबन्धमा मानवीय समानताभित्रका असमानता, विभेदता र वैषम्यतालाई प्रस्ट पार्न खोजेका छन् । उनी सबै मान्छेसँग भुँडी भएको चर्चा गर्दै ती भुँडी भर्ने प्रवृत्तिका बारेमा भिन्नता रहेको उल्लेख गर्छन् ।

रसिकले सेठजीको भुँडीमा घिउ र गुलियो, बङ्गालीको भुडीमा माछा, अङ्ग्रेजको भुँडीमा उसिनेको सागसब्जी, गोरखालीको भुँडीमा रातो बगडा, गोर्खालीभित्रकै नेवारका भुँडीमा चिउरा हुने बताउँदै वर्ग विभक्त समाजका मानिस आफ्नो आर्थिक पहुँचका आधारमा खाद्य वस्तुको प्रयोग गर्ने बताएका छन् । रसिक यस निबन्धमा ‘मानिस खाएर बाँच तर खानका लागि नवांच’ भन्ने धारणाका पक्षपाती देखिन्छन् । उनले खानका लागि वांच्नेहरूका निरर्थक जिन्दगीप्रति व्यङ्ग्य गरेका छन् भने खाएर बाँच्ने र केही गर्नेहरूप्रति दया र सहानुभूति समेत प्रकट गरेका छन् ।

रसिकले यस निबन्धमा सबै मानिससँग भुँडी हुने कुरा बताउँदै घिउ र गुलियो खाने भुँडी, सागसब्जी खाने भुँडी, रातो वगडा खाने भुँडी, गोर्खाली भुँडी, नेवारी भुँडी, महिला भुँडी र पुरुष भुँडी भनी भुँडीको विभाजन गरी सामाजिक विभेद र वैषम्यको वास्तविकता प्रस्ट्याएका छन् । बाहिरी रूपमा भुँडी भएर सबै मानिस समान छन् तर आन्तरिक रूपमा भुँडी भर्ने प्रक्रिया भिन्न भिन्न भएकाले सबै मानिस समान छैनन् भन्ने ठहर गर्दै रसिक यस खालको विषमताको चर्को विरोधका साथ मिठोमसिनो खाद्य वस्तुले भुँडी भर्नेहरूप्रति व्यङ्ग्य गर्छन् । यसरी भुँडीकै विषयमा चर्चा गर्दै मानवीय समानताभित्र मानवीय असमानता प्रस्तुत गरी रसिकले यस निबन्धमा भुडीलाई प्रमुख आलम्बन बनाउन पुगेको देखिन्छ ।

रसिकले यस निबन्धमा प्रयुक्त भुँडी र त्यसलाई भर्ने प्रकारलाई हास्यस्पद ढङ्गले पनि व्यक्त गरेका छन् । उनले यसमा विभिन्न भुँडीहरूको सन्दर्भबाट मनोरञ्जन दिएर हास्यको सृष्टि गरेका छन् भने उनले मानिस मानिसबिच विभेदका रेखा कोरेर व्यङ्ग्यको तीव्र वाण पनि चलाएका छन् । निबन्धकार यस निबन्धमा भुँडीको चर्चा गर्ने सन्दर्भमा मानवीय समानताको अपेक्षा पनि गर्दछन् । ठुलो भुँडी हुने व्यक्तिको व्यक्तित्व ठुलै हुन नसक्ने निबन्धकारको ठहर छ। साना भुँडी वा ठुला भुँडी, एक प्रदेशका भुँडी वा अर्को प्रदेशका भुँडी, महिला भुँडी वा पुरुष भुँडी र अन्य विविध भुँडीहरूविच यू एन ओ झै सङ्गठित हनु पर्ने ठहर पनि निबन्धकारमा रहेको देखिन्छ ।

यो निबन्ध प्रगतिवादी चिन्तन धारामा समाहित भई लेखिएको छ । मानिसविचमा मानवीय सहअस्तित्व, भाइचारा र विश्ववन्धुत्वका सद्भाव हुनु पर्ने विचार यस निबन्धमा व्यक्त गरिएको छ। मानिसबिचमा भएको वर्गीय खाडललाई पुरी समानता र सहअस्तित्व मानिस मानिसबिच हुनु पर्ने धारणा यसमा रहेको देखिन्छ । वर्गीय असमानताले मानिसविच ठुलो खाडल छ जुन खाडलाई पुर्ने वस्तु मानवीय समानता, विश्व बन्धुत्व, भाइचारा, सद्भाव र मानवीय सहअस्तित्व नै हुन् भन्ने धारणा राखिएको छ । विभेद वा वर्गीय असमानताले मानिसको हित र कल्याण हुन सक्दैन, त्यसले मानिसबिच नै वैषम्य र विभाजन कायम गरी मानवीय युद्धलाई निम्त्याउँछ र मानिसबिच फाटो र झगडाको बीउ रोप्दछ भन्ने ठनाइ यस निवन्धमा रहेको देखिन्छ ।

यसै सन्दर्भमा निबन्धकार रसिक आजीविकाका लागि प्रवासी बन्न पुगेका प्रवासी दार्जिलिडे नेपालीहरूको दीनहीन दिनचयालाई पनि यस निबन्धमा प्रस्तुत गर्छन् । प्रवासी दार्जिलिङे नेपालीहरू ‘रातो बगडा खाएर जीवन निर्वाह गरि रहेका छन् भन्दै रसिक नेपालीहरूले प्रवास दार्जिलिङमा कष्टपूर्ण जिन्दगी भोगिरहेका सन्दर्भलाई प्रस्ट पार्छन् । रसिकले विशेषत श्रम नगरी अरूलाई शोषण गरेर मिठा मिठा खाद्य पदार्थले भुँडी भर्नेहरूप्रति यस निवन्धमा विरोध गर्दै व्यङ्ग्य गरेका छन् र उनले त्यस्ता भुँडी भर्नेहरूलाई व्यङ्ग्य गर्दा हास्यको पनि सिर्जना भएको देखिन्छ । सुखका साथ मिठो खाद्य वस्तुले भुँडी भर्ने व्यक्तिहरूलाई रसिकले व्यङ्ग्य गरे पनि यस निबन्धको व्यङ्ग्य कुनै पनि व्यक्ति विशेष वा संस्था विशेषप्रति लक्षित गरिएको छैन ।

विषयगत आलम्बनका दृष्टिले यसलाई सामाजिक व्यङ्ग्यका तहमा राख्न सकिन्छ । सबै मानिस समान भएकाले मानिस विच विभाजन, विखण्डन र विभेदको नीति स्वभाविक होइन र यसको अन्त्य हुनु पर्छ तर यस्ता गलत कार्य र नीति विश्वमा सशक्त रूपमा भ्यागि रहेको छ । यस निबन्धमा यस्ता कार्य र नीतिको अन्त्यको अपेक्षा गरिएको छ जसले गर्दा यो निवन्धमा मानवतावादी एवम् प्रगतिवादी रहेको देखिन्छ ।

उपकरणका आधारमा ‘भुँडी’ निबन्धको विश्लेषण
यस निबन्धमा निबन्धकार रसिकले प्रवासी नेपालीहरूले कष्टपूर्ण भारतीय नेपाली जीवन (विशेषतः दार्जिलिङे जीवनको उल्लेख गर्दै मानवीय भुँडीको चर्चा गरी मानवीय समानताभित्र मानवीय असमानता रहेको तथ्य हास्यव्यङ्ग्यात्मक ढङ्गले व्यक्त गरेका छन् । मानवीय समानताभित्र मानवीय असमानतालाई रसिकले व्यङ्ग्यात्मक ढङ्गले प्रस्ट्याएका छन् । यसलाई प्रस्ट्याउँदा यहां हास्यको पनि उपस्थिति रहेको देखिन्छ। रसिकले मानवीय समानताभित्र असमानता व्यक्त गर्ने सन्दर्भमा वावैदग्ध्य (विट) को प्रयोग गरी ‘घिउ र गुलियो खाने भुँडी’, ‘उसिनेको झारपात खाने भुँडी’, ‘माछा खाने भुँडी’, ‘रातो वगडा खाने भुँडी’, ‘चिउरा खाने भुँडी’, ‘महिला भुँडी’ र ‘पुरुष भुँडी’ भनी भुँडीको वर्गीकरण गरेका छन् । यी भुँडीहरूका वर्गीकरण र चर्चा गर्दा शब्द, भाव र विचारमा चमत्कार प्रकट भएको छ । भुँडीको वर्गीकरण गर्दा रसिकको अभिव्यक्ति बौद्धिक हुनका साथै कौशल रहेको छ ।

मानिस शारीरिक संरचना वा बनोटका आधारमा समान छन् तर मानिसका मुंडी भर्ने प्रक्रियामा भने समानता नभएको करा निबन्धकर व्यक्त गर्छन् । उनी मानवीय समानताभित्र रहेको असमानताप्रति व्यङ्ग्य गर्ने क्रममा पनः वाकवैदग्ध्य (विट) को यस्तो प्रयोग गर्छन् :

हप्ता भरी काम गरेर तिन रुपियाँ पाइन्छ, घरमा आठ जना नानीहरू छन् । नानीहरू भएको त राम्रै हो, आपत् के छ भने घरमा आठ जना नानीको छातीमुनि दुई खुट्टाको आडमा झुन्डिएको छ एक वटा भुडी । यस्तो रवाफले भुँडी बसेको छ-अहो ।अ(धिकारी, इ. १९८२ १२९)।

उपर्युक्त उद्धरणमा रसिकले दार्जिलिङका प्रवासी नेपालीहरूका कष्टपूर्ण कारुणिक दिनचर्यालाई प्रस्ट्याएका छन् । साप्ताहिक आम्दानी तिन रुपियाँ हुने तर घरमा केटाकेटा धेरै हुँदा ती केटाकेटीहरूलाई लालनपालन गर्न कठिन हुने कुरा वा‌वैदग्ध्यको प्रयोग गरिएको छ । यहाँ भनाइको विदग्धताका कारण उक्तिमा चमत्कार प्रकट भएको छ । उक्त गद्यांशमा शाब्दी तथा आर्थी दुवै उक्ति विदग्धताको सुन्दर प्रयोग भएको छ ।

रसिकले प्रवास दार्जिलिङमा बस्ने नेपालीहरूमा स्वदेशप्रति मोह रहेको कुरा बा‌वैदग्ध्य (विट) को प्रयोग गरी निम्नानुसार व्यक्त गर्छन् : जब सात तत्त्वले बनिएको यो शरीर एक, दुई गर्दै क्रमशः सातै स्तर नाघेर तल मसान घाटमा पुग्छ, त्यो वेला छायां शरीरले पनि चेतन शरीर छोडेर आन्तिम ‘जय गोर्खा’ भन्छ अनि चेतन जड भएर ‘सप्लाई अफिस’ कुछ (अधिकारी, इ.१९८२ १३०) ।

उक्त गद्यांशमा जव हाम्रो शरीर चेतनबाट अचेतन बन्न पुग्दछ अर्थात् जीवितबाट मृतावस्था पुग्दछ जीवित अवस्थामा मात्रै होइन मृत अवस्थामा पुगेपछि पनि नेपाल र नेपाली जातिको सधैं विकास र समुन्नति भइ रहोस् भन्ने भावना भारतीय नेपालीहरूमा रहेको छ भन्ने कुरा व्यक्त गर्दा रसिकले विटको प्रयोग गरेको प्रस्ट हुन्छ । यो गद्यांश निकै सूत्रात्मक छ र विदग्धताका कारण अर्थ वैदग्ध्यको प्रयोग भएको देखिन्छ ।

निबन्धकार रसिकले यस निबन्धमा उपहास र खिस्सी गिल्ली प्रविधिको पनि प्रयोग गरेका छन् । सबै मान्छेसँग भुँडी हुन्छ र भुँडी भरेर मात्रै ऊ जीवित रहन सक्छ तर मान्छेले आफ्नो मुंडी भर्ने प्रक्रियामा विविधता अपनाएको छ । त्यही विविधता वा असमानतालाई जोड दिँदै उनी भुँडीका बारेमा उपहास र तिरस्कार गर्छन् । उनी खाएर बाँच्नु स्वभाविक भए पनि शोषण गरी खानु र ठुलो भुँडी बनाउनु पित्तले भुँडी बनाउनु हो’ भन्दै उपहास (लाफ्टर) र खिस्सी, गिल्ली (रेडिक्युल) प्रविधिका माध्यमवाट व्यङ्ग्य गर्छन् । प्रस्तुत निबन्ध हास्यव्यङ्ग्य प्रविधिका दृष्टिले निकै महत्त्वपूर्ण निबन्ध हो।

०००
आधुनिक नेपाली निबन्धना हास्यव्यङ्ग्य (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x