डा. सुकराज राईहास्यव्यङ्ग्यको सैद्धान्तिक स्वरूप- (१)
समग्रमा हास्य शब्दले आनन्द, हयं, आमोद, प्रमोद, प्रसन्नता, खुसी आदिको भाव वहन गरेको पाइन्छ र रस विशेष हास्यले आनन्दको भाव बुझाउँछ ।

डा. सुकराज राई :
१.१ विषय परिचय
हास्यव्यङ्ग्य मन पर्ने सिर्जना हो । यसैले हास्यव्यङ्ग्यलाई लोकप्रिय साहित्यिक सरचना मान्नु पर्छ । यति हुँदा हुँदै पनि हास्यव्यङ्ग्य एक्लैले शाश्वत रूपमा आफ्नो कार्य सम्पन्न गर्न सक्दैन । हास्यव्यङ्ग्य अन्य साहित्यिक विधाको आश्रय लिएर आउने गर्छ । साहित्यका कविता, नाटक, आख्यान र निबन्ध विधासंग एकाकार भई यसले आफ्नो पहिचान स्पष्ट पार्छ। यसले पाठकलाई आकर्षण गरी समाजका विक्ति विसङ्गति, अन्याय अत्याचार, शोषण दमन, सुख दुःख, आंसु हांसो, अनेक रीति नीतिलाई उजागर गर्ने गर्छ । हास्यव्यङ्ग्यले मानवलाई एकतिर हास्यको प्रभाव उत्पन्न गरी मनोरञ्जनको विशाल साम्राज्यमा पुऱ्याउँछ भने अकांतिर व्यङ्ग्यको प्रभाव उत्पन्न गरी कटाक्ष छेडपेचको दुनियाँमा सामाजिक विसङ्गतिलाई उदाङ्गो बनाउने कार्य गर्छ । हास्यव्यङ्ग्यले साहित्यका प्रायः सबै विधासंग सम्बन्ध राख्ने र एकाकार हुने वा ओत लाग्ने काम गरे पनि यसको निकटतम सम्वन्ध निबन्धसँग रहेको छ। त्यसैले हास्यव्यङ्ग्य कविता, हास्यव्यङ्ग्य नाटक, हास्यव्यङ्ग्य आख्यानसंग भन्दा हास्यव्यङ्ग्य निबन्ध चर्चाको विषय विधा बनेको छ ।
आधुनिक नेपाली निबन्धको उठान कसैले बालकृष्ण समको ‘बदहामा शिकार’ निवन्धबाट भएको हो भन्ने विचार व्यक्त गरेका छन् भने कसैले लक्ष्मी प्रसाद देवकोटाका ‘आषाढको पन्ध’ र ‘पहाडी जीवन’ निबन्धबाट भएको भन्ने विचार व्यक्त गरेका छन् । यसरी आधुनिक नेपाली निबन्धको उठान विन्दु नै किटान हुन सकेको छैन भने आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धको त उठान र विकासक्रमकै बारेमा प्रायः अन्योलको अवस्था छ । वास्तवमा समको ‘बदंहामा शिकार’ सामान्य शिकार विषयक लेखमात्र हो। बरू यस लेखले विधागत साहित्यिक मूल्यभन्दा आख्यानात्मक मूल्यलाई समाएकाले कथा भनिन सक्ने सामाध्यं ग्रहण गरेको देखिन्छ । आधुनिक नेपाली निबन्धको सूत्रपात लक्ष्मी प्रसाद देवकोटाको वि.स १९९३ मां शारदा पत्रिकामा प्रकाशित ‘आपाठकों पन्ध निबन्धबाट भएको हो भने आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धको थालनी पनि देवकोटाबाटै वि. स. १९९५मा शारदा पत्रिकामा प्रकाशित भलादमी’ बाट भएको हो ।
साहित्यमा एउटा महत्त्वपूर्ण सिद्धान्त वा मान्यताका रूपमा स्थापित हास्यव्यङ्ग्य र आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धका बारेमा नेपाली साहित्य समालोचनाका क्षेत्रमा रहेका कतिपय भ्रम, अन्योल, अभाव हटाउन प्रस्तुत आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य शीर्षकका पुस्तकले सहयोग पुयाउने छ । आधुनिक नेपाली निवत्धमा विशिष्ट प्रवृत्तिगत पहिचान राख्ने र नेपाली निबन्धलाई शक्ति समेत प्रदान गर्ने हास्यव्यङ्ग्यात्मक निवन्धहरूको सिर्जना स्थिति र तिनका प्रक्र्तिगत एवम् सरचनात्मक स्थितिको मूल्याङ्कन गर्ने कार्य यसमा गरिएको छ ।
यस पुस्तकमा हास्यव्यङ्ग्यको सैद्धान्तिक स्वरूपको निरूपण गर्दै वि सं १९९३ देखि २०३५ सम्मका नाधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग र त्यस कालका प्रतिनिधि हास्यव्यङ्ग्यकार र तिनका हास्यव्यङ्ग्य निबन्धका बारेमा अध्ययन गरिएको छ। यस क्रममा विवेच्य अवधिका नौ जना प्रतिनिधि हास्यव्यङ्ग्य निवन्धकारका प्रकाशित पांच पांच वटा प्रतिनिधि हास्यव्यङ्ग्य निबन्धहरू छनोट गरी तिनको विश्लेषणमा सीमित गरिएको छ । हास्यव्यङ्ग्य निबन्धको विश्लेषण विभिन्न कोणबाट गर्न सकिने भए पनि प्रस्तुत पुस्तकमा मुख्यतः हास्यव्यङ्ग्यका आलम्बन र त्यसका उपकरणलाई विवेचनाको आधार बनाइएको छ।
यस पुस्तकमा आवश्यक पर्ने अध्ययन सामग्री मूलतः पुस्तकालयबाट सङ्कलन गरिएको छ। यस बाहेक इन्टरनेटबाट पनि केही सामग्री लिइएको छ । नेपाली हास्यव्यद्वाय निवन्धहरू पस पुस्तकका प्राथमिक सामग्री हुन् । हास्यव्यङ्ग्यको सिद्धान्त र हास्यव्यङ्ग्य नेपाली निबन्धका बारेमा भएका समालोचना, लेख, रचना आदि यसका द्वितीयक सामग्री हुन्। यस पुस्तकका हास्यव्यङ्ग्य र हास्यव्यङ्ग्य निबनाको सैद्धान्तिक विषयको निरूपणका लागि शब्दकोश, विश्व ज्ञानकोश, साहित्य कोश, हास्यव्यङ्ग्य तथा हास्यव्यङ्ग्य निबन्ध सम्बन्धी समालोचनाहरू र यस अघि हास्यव्यङ्ग्य र हास्यव्यङ्ग्य साहित्यसंग सम्बन्धित विषयमा भएका शोधकार्यहरूलाई अध्ययन र विश्लेषणका सामग्रीका रूपमा उपयोग गरिएको छ । आधुनिक नेपाली हास्यव्यङ्ग्य हास्यव्य निबन्ध र आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग पहिचानका लागि निर्धारित प्रतिनिधि हास्यव्यङ्ग्य निबन्धकारहरूका हास्यव्यङ्ग्य निबन्धहरूलाई नै मूल सामग्रीका रूपमा लिइएको छ ।
हास्यव्यङ्ग्य निबन्धकारहरूलाई प्रवृत्ति तथा धारा, भूगोल, विषयगत आलम्बनगत विविधता र हास्यव्यङ्ग्य कौशल तथा स्तरीयताका आधारमा छनोट गरिएको छ । तिनका प्रतिनिधि हास्यव्यङ्ग्य निबन्धहरूको छनोट पनि हास्यव्यङ्ग्य प्रयोगका विषयगत विविधता एवम् उपकरणको कशल प्रयोगका आधारमा नै गरिएको हो ।
यसरी छानिएका निबन्धहरूले विषयगत विविधता र हास्यव्यङ्ग्यका उपकरणको प्रयोगका दृष्टिले सम्बद्ध स्रष्टा र आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धको प्रतिनिधित्व गर्दछन् र त्यही प्रातिनिधिकताका आधारमा तिनलाई विवेच्य सामग्री बनाइएको छ ।
यहाँ प्रकृतिअनुरूप यसमा सङ्कलित सामग्रीको अर्थापनमा वर्णनात्मक र विश्लेषणात्मक दुई मुख्य विधिको प्रयोग गरिएको छ । यसका अतिरिक्त आधुनिक नेपाली निबन्धको र संगसंगै त्यसभित्र हास्यव्यङ्ग्य निबन्धको परम्पराको अध्ययन गर्दै ऐतिहासिक विधिकै प्रयोग पनि गरिएको छ। तर्क पद्धतिका सन्दर्भमा निबन्ध परम्पराको अध्ययन आगमनात्मक विधिका आधारमा र निबन्धको विश्लेषण निगमनात्मक विधिका आधारमा गरिएको छ। यस पुस्तकमा हास्यव्यङग्यको सैद्धान्तिक स्वरूप, आधुनिक नेपाली निवन्धमा हास्यव्यङग्य प्रयोगको परम्परा र प्रयोग एवम् सारांश र निष्कर्ष प्रस्तुत गरिएको छ ।
१.२ साहित्यमा हास्यको स्वरूप र प्रयोग
हास्य मानव जीवनको अभिन्न अङ्ग र नव रस मध्ये एक रस हो। यो साहित्यमा ओत लागेर आउने उपविधा वा शैली पनि हो। साहित्य र हास्यविच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हास्यले साहित्यका विधाहरूलाई आत्मसात् गरी आफ्नो अस्तित्व कायम गरेको देखिन्छ। यहां हास्यको सैद्धान्तिक स्वरूपका बारेमा आवश्यक अनुशीलन गरिएको छ ।
१.२.१ हास्यको व्युत्पत्ति
हास्यको व्युत्पत्ति हस् + य (ण्यत्) बाट भएको हो। हास्य शब्दले हाँसी, हस्सी हाँस्न लायक एवम् हँसाउने खालको भन्ने अर्थ बुझाउँछ अधिकारी, २०६१.१०६५) । हास्यको अर्थ हांसो वा हासको भाव पनि हो। यो सामान्य अर्थका अतिरिक्त हास्य शब्दले ठट्टा ठट्यौली, ख्याल ख्याल, परिहास, व्यङ्ग्योपहास एवम् आक्षेपोपहास जस्ता अर्थ विशेषलाई पनि बुझाउँछ । (त्रिपाठी, २०५१:८६।) हास्यलाई एक जीवनी शक्ति, जीवन रसको परिपोषक, सुखदुःख सहजतासाथ भेट्न सक्ने क्षमता आदिका रूपमा पनि हेर्ने गरिन्छ । (चतुर्वेदी, इ.१९६३: १३) । परिभाषिक रूपमा हास्य शब्दले सस्कृत साहित्य शास्त्रका सन्दर्भ क्षेत्रका रस विशेषका रूपमा हास्य रसलाई पनि बुझाउँछ (त्रिपाठी, २०५१:८६।) समग्रमा हास्य शब्दले आनन्द, हयं, आमोद, प्रमोद, प्रसन्नता, खुसी आदिको भाव वहन गरेको पाइन्छ र रस विशेष हास्यले आनन्दको भाव बुझाउँछ ।
हास्य शब्दको समानान्तर अङ्ग्रेजी शब्द ह्युमर (humour) हो। अंग्रेजीको ह्युमर शब्द ल्याटिनको होमरबाट आएको हो (भट्ट, २०५४.१३९) । होमरको अर्थ आर्द्रता वा तरलता भन्ने हुन्छ । यस शब्दको प्रयोग सर्वप्रथम पुनजागरण युगमा ग्रीसका विद्वान् हिप्रोक्रेटसले गरेको देखिन्छ । हयुमर शरीरका रगत, कफ, पहेंलो पित्त र कालो पित्त जस्ता तरल पदार्थबाट निर्धारित हुन्छ। यी तरल पदार्थले व्यक्तिका शारीरिक अवस्था र चरित्रको मिश्रणलाई निधारण गर्दछन्। (अव्राम्स, इ २००५ : ४१।) ह्युमरले मानव शरीरभित्र एउटा वाफ वा आर्द्ता निकाल्छ र त्यस मस्तिष्कलाई प्रभाव पार्छ। जुन मानिसमा ह्युमरको मात्रा बढी हुन्छ उस आत्मविश्वासी आशावादी शान्त अशान्त वा रिसाहा दक्षित एवम खिल प्रगति बढी हुन्छ र मानिसहरूले साहित्य सिर्जना गरी चरित्र निर्माण ग चरित्रलाई हास्यले प्रभावित पार्छ (भट्ट, २०५४१३९।)
हास्य र यमर को व्युत्पत्तिगत तथा कोशीय अर्थलाई हेर्दा सामान्य समानता देखिन्छ। पूर्वको हास्यनाई कोशीय अर्थका आधारमा हाँसो, हंस्सी, हाँस्न लायक र हँसाउने खालको भनी अभ्याए पनि साहित्यिक सन्दर्भमा हास्यलाई एक रस विशेष मानी यसमा आनन्द, हर्ष, आमोद, प्रमोद, प्रसन्नता, खुशी आदिका भाव हुने कुरा उल्लेख गरिएको छ भने पश्चिममा ट्युमर शब्दको स्रोत ल्याटिन भाषाको होमर उल्लेख गरी होमरको कोशीय अर्थ आर्द्रता वा तरलता भनी चचां गरिएको छ। ह्युमरले मानव शरीरभित्र रहेको वाफ वा आर्द्रतालाई निकाल्छ। यसले मानिसलाई आत्मविश्वास, शान्त, अशान्त वा रिसाहा, दुःखित एवम् खिन्न पार्छ भनी चचर्चा गरिएको छ। साहित्यिक सन्दर्भमा भने ह्युमरले चरित्र निमार्णमा प्रभावित पार्ने कुरा उत्त्लेख गरिएको छ । पूर्वमा हास्य शब्दसँगै आनन्द, हर्ष आमोद, प्रमोद, प्रसन्नता, खुशी आदि जोडिएर आएका छन् भने पश्चिममा ह्युमरसँग आत्मविश्वास, शान्त, अशान्त वा रिसाहा, दुःखित, खिन्न आदि शब्दहरू आएका छन् । उपर्युक्त दुवै क्षेत्रका शब्दहरूमा समानता असमानता रहे पनि मानवीय संवेग, भावना र विचारसँग नै सम्बद्ध रहेको देखिन्छ जसले गर्दा हास्य र ह्युमरबिच समानता रहेको आधार धेरै हदमा स्पष्ट हुन्छ । पूर्वमा साहित्यिक सन्दर्भको हास्यले पश्चिममा प्रचलित रहेको ह्युमरलाई बोध गराउँछ ।
क्रमश:
०००
आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य (२०७९)
Subscribe
Login
0 Comments
Oldest








































