साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असली आर्थिक गणना दुई हजार तिरासी

अन्तर्वार्ताकाे स्वाद लिएर मैले पनि मुख मिठ्याउदै लाइनमा बसेकी अर्की बुहारी पीडित बुढीकाे पाेते उन्न थाले । पहिला मेरो उन्नुस भन्दै थियो बुढी पीडित चाहिँ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

आर्थिक गणना भन्नाले मुलुककाे सम्पूर्ण आर्थिक अवस्थाकाे नालिवेली भन्ने बुझ्नुपर्छ । यसभित्र ब्यवसायीक इकाइ उधाेग , कलकारखाना, सहकारी , सेवा , व्यापार , ब्यवसाय आदिकाे समग्र काराेबारकाे चित्र वा विचित्र जाे छ साे प्रस्तुत गर्ने हाे । यसले देशको नीति निर्माणका लागि आधार र सहजता प्रतान गर्छ । त्यसैले सरकारले देशैभरी ढाेल पिटेर राष्ट्रिय आर्थिक गणना २०८२ तन मनकासाथ गरिरहेको छ । यसलाई सफल पार्नु हामी सबैकाे कर्तव्य पनि हाे । यसैसँग सम्बन्धित मेरो छाेटाे मिठाे निबन्ध यहाँ समक्ष पेश गर्न अनुमति चहान्छु ।

सँधैझैं आँखा नदेख्ने र जाँगरले साथ नदिने मात्रै हाेइन सासू बुहारीकाे ठाकठुक पाकपुकले नभएकाे काम मैले गर्दै थिएँ । काम उहीँ हाे पैंतीस बर्षे पुरानो पाेते उन्ने लुते धन्दा । पुरानो पाेते फाल्याे नयाँ पाेते हाल्याे । जे भएपनि यही धन्दाले मेरो उदर उपरउपर गैरहेकाे छ यसैमा खुसी लाग्छ । फाेक्साेकाे खलाती चल्न अलि गाह्रो हुन्छ र स्याँस्याँ गर्दै एकजना बृद्धअबश्थामा पाइला टेकेकी महिलाकाे गलाकाे नापजाच गर्दै थिए । मेरो ध्यान माेड्दै एकजना परिचयपत्र धारी सरकारी कर्मचारी फाइलकाे भारी बाेकेर नमस्कार भन्दै पाेते घारीमा छिरे ।

मेरो हात बुढ्यामैकाे काधमा थियोे मुखले मात्रै नमस्कार फर्काएँ । सरकारी कर्मचारी मानमनिताे नपुगेर रिसायाे हाेला भन्ठानेकाे त झन नजिकै आएर पल्याँटी कस्याे र भन्याे म आर्थिक गणना गर्न आएको त्यसैले तपाईंसँग केही केर्नु छ जवाफ दिन सक्नुहुन्छ ? मैले भने नेपालीमा साेध्नु प्रयास गर्छु नभए श्रीमतीलाई बाेलाएर भएपनि तपाईंको प्रश्नको उत्तर दिएरै छाेड्छु । किनकि सरकारी आदेश परमादेशकाे कदर सदर गर्नैपर्छ ।

अनि मेरो मनमा कुरा खेल्न थाल्यो कर्मचारीले अब भएभरका सबै कुरा साेध्छ । नाम जेहाे त्यही भन्नू पर्याे । श्रीमती कतिवटा भन्यो भने ढाँटेर एउटा मात्रै भन्नू पर्याे। भात तरकारी कस्ताे खानुहुन्छ भन्याे भने गुन्द्रुक र माेटा चामल भन्नू पर्ला अनि धेरै जसाे जुत्ता लगाउनु हुन्छ कि चप्पल भन्याे भने चप्पल भन्नू पर्ला र जुत्ता कहिले लगाउनु हुन्छ त भनेछ भने बिबाह भाेज भतेरमा भतेर खान जादा चम्ड्राकाे जुत्ता लगाउछु भन्नू पर्याे । अनि जुत्तामा पालिस आफैले लगाउनु हुन्छ कि बजारमा गएर पैसा तिरेर लगाउनु हुन्छ भन्याे भने आफैले लगाउछु भनेर दयालाग्ने गरिबजस्तो बन्नु पर्याे ।
बैंकमा धनरासी कति छ भनेछ भने एउटा सहकारीको नाम लिएर दाम चाहिँ अर्कैले हाम गरेकाे वृतान्त सुनाउनु पर्ला ।

त्यसपछि जग्गा जमिन कता कता कसरी कसरी भनेछ भने ३ आना जग्गा किनेर सुकुम्बासीबाट नाम हटाएकाे भन्नू पर्ला । पशु चाैपाय कति छन् भनेछ भने बाटो पाेहाेरकाे जस्तै फाेहाेर तुल्याउनलाई यत्नपुर्वक एकएक थान कुकुर बिरालाे पालेको छु भन्नू पर्ला । अनि छाेरा छाेरी कतिजना कताकता केके गर्दै छन् भनेछ भने चार जना चारै दिशा चहार्दै छन् सरकारी जागिरका लागि । ठूला बडा आफ्ना मान्छे नहुनाले बेस्सरी पढे पनि जागिरमा कतै पनि झुण्डिन सकेका छैनन । सरकारी स्कुल पढेका हुन त्यसैले अङ्ग्रेजी नजान्नाले विश्व बजारमा नविकेर घरमै डम्पिङ भएका छन् भन्ने बिचार गरें ।

त्यसपछि कतिजनाकाे परिवार भनेछ भने एघार जना भन्नू पर्ला किनकि बाबुकाे भन्दा आधा त भन्नैपर्छ नत्र हुतिहाराकाे आराेप आइलाग्ने डर हुन्छ । दलकाे आबद्धता कताछ भनेछ भने दलमा दखल गर्न सकिएन । त्यसैले राष्ट्रवादी देशभक्त भन्नुपर्ला भन्ने साेचे । अनि ऋण धन कुन बढी भनेर प्रश्नकाे घाेचाे बजारेछ भने ऋणैऋण छ सरकारले मदत गराेस भन्ने बिचार गरें । अनि स्वास्थ बिमा मार्फत जचाउनु हुन्छ कि प्राइवेट क्लिनिकमा भनेछ भने सरकारकाे बिमा स्वास्थ सेवा नभएकाे भएत धेरै जनता अपर्झट मासछर्न गइसक्थे भन्नुपर्ला भन्दै थिए प्रश्न साेधाैं भनिहाल्याे । हुन्छ हजुर साेध्नु न भने ।

पसलकाे नाम के हाे ? पाे भन्याे । मैले भने त्यहीँ लेखिराखेकाे छ हेर्नुस नभए मात्रै साेध्नु भने । कर्मचारीले आखा ठूलो ठूलो पारेर घाटी तन्काएर हेर्याे । बल्लतल्ल पसलको नाम लेख्याे । अनि फेरि प्रश्न गर्याे पान नम्बर कति हाे ? भन्याे त्यहीँ पहेलो प्लेटमा लेखेकाे छ हेर्नुस न भने । उसले फेरि त्यसै गर्याे । बल्लबल्ल पान नम्बर टिप्याे । अनि तपाईंको नाम भन्यो ? मैले लेखेको ऋषिमुनिका सन्तान सिसीमुनि भन्ने हास्यब्यङ्ग्य कृति दिए । ऊ एकछिन छक्क पर्याे र साेध्याे तपाईंले लेखेको ? अँ मैले नै हाे ।

लगानी कति गर्नु भएको छ पसलमा ? भन्याे मैले भने हाेला नि अठार बीस लाख । फेरि दाेकान खाेला जस्तै हाे कहिले सुकेर माघ फागुनकाे नदि जस्तो हुन्छ त कहिले चाहिँ बर्षे भेल झै तरिनसक्नु । माओवादीले देशमा आतंक मच्चाएको बेलामा दाेकान सुकेर क्षेयराेग लाग्ला जस्तो थियोे । काेभिड नाइन्टिनकाे बेलामा ६ महिनासम्म पसललाई छाउपडीमा राखेजस्तै भयो । कहिले राजनीतिक दलले आन्दोलन गरेर पसलकाे घुम्टो खाेल्नै दिदैनन् । कहिले सनिवार चाडपर्व बन्द हड्ताल केके हाे केके । समग्रमा ब्यापारी पनि युवा जमात जस्तै बिदेशकाे बाटो समात काे अवस्थामा छन् । के गर्नु मसान पाइन्छ कि भनेर घाट कुर्याे हिस्सबुढी हरिया दात ।

कर्मचारी कति जना छन् ? जम्मा ५ जना । तिनलाई पनि बिदेश जाउँ भन्दै फकाइ रहेका छन् अरुले , मैले बिबाह गराइदिन्छु भनेर फकाएर राखेकाे नत्र पाेते उन्ने मान्छे पनि पाइदैन । विभिन्न वाहनामा सबै बिदेश पलायन ।
पाेते आफैले उन्नु हुन्छ कि उनेर नै आउँछ ? आफैले उन्ने हाे दानालाई । बाहिरबाट दाना आउँछ त्यसलाई सियोले उन्ने हाे । यी पाेते उनीउनी मेरो आँखा नै सानाे भएको छ । प्रश्न सिद्धिएछ क्यार कर्मचारी मुस्कुराउदै बाटो लाग्याे । खासै ठूलो प्रश्नकाे पहाड ममाथि बज्रिएन । आर्थिक गणनामा त थैलीकाे सुकाे दाम सबै साे गर्नु पर्छ हाेला भन्ने ठानेकाे अर्थ भण्डारमा प्रवेशै नगरी अर्थविद्ले सुइकुच्चा ठाेक्नुभयाे । ठिकै भयो । यहाँ पाेते उन्न लाइनमा बसेका थाेते बा आमैहरु रिसले मुर्मुरि रहेका छन् ।

ढिलाे भयो भनेर बुढीले मेराे घाटी अँठ्याउन खाेज्दै थिइन खाटी कुरा यस्ताे हाे भनेर थामथाम थुमथुम पारेर बुढा बुढीकाे पनि चित्त बुझाएँ अनि कर्मचारीको आर्थिक गणनाकाे अन्तर्वार्ताकाे स्वाद लिएर मैले पनि मुख मिठ्याउदै लाइनमा बसेकी अर्की बुहारी पीडित बुढीकाे पाेते उन्न थाले । पहिला मेरो उन्नुस भन्दै थियो बुढी पीडित चाहिँ । जेहाेस अहिलेसम्म मेरा अगाडि ५ जना बुहारी पीडित वा आखा नदेखेर या हातले काम गर्न नसकेर वा ढंग नपुगेर पनि हुनसक्छ शेषराज शरणम् गच्छामि भन्दै पालाे कुरिरहेका छन् । मलाई चाहिँ कलिकाे कृष्ण भन्छन् सबैकाे चित्त बुझाउने प्रयास गर्दै छु । लु आजलाई यत्ति नै है ।

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x