साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे नबनाऊ

मन लाग्छ हाँगामा भुन्डिएको पिङ बनाऊ सक्छौं बच्चा सुताउने आमाको मुखको लोरी बनाऊ । सकिँदैन दैनिक चन्दन घोट्ने खोरी बनाऊ विन्ती छ भगवान् ! लगौटीविहीन साँढे नबनाऊ ॥

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

दैनिक घोटिने शिक्षक बनाऊ
बरु, मन्त्रदान दिने दीक्षक बनाऊ ।
गेटको अगाडिको मूर्तिवत् पाले बनाऊ
विन्ती छ भगवान् । लाज पचेको साँढे नबनाऊ ॥

हिउँसँगै जिस्किने डाँफे बनाऊ
तिम्रो चित्तले खान्छ भ्रमर बनाऊ ।
असमर्थ भए दैनिक उम्रिने दारी बनाऊ
विन्ती छ भगवान् ! धोतीविहीन साँढे नबनाऊ ॥

आफ्नै बुद्धिले चल्ने पाइलट बनाऊ
अहोरात्र सेवामा खट्ने डाक्टर बनाऊ ।
कुहिनाको छाला जाओस् स्रष्टा बनाऊ
विन्ती छ भगवान् ! छिल्लिएको साँढे नबनाऊ ||

रात दिन खटिनुपरोस् बरु गृहिणी बनाऊ
प्रसव वेदना बरु सहुँला आमा बनाऊ ।
जे होस् चर्को बुहार्तन केही समयका लागि हो बधु बनाऊ
विन्ती छ भगवान् ! उरन्ठेउलो साँढे नबनाऊ ॥

मन लाग्छ हाँगामा भुन्डिएको पिङ बनाऊ
सक्छौं बच्चा सुताउने आमाको मुखको लोरी बनाऊ ।
सकिँदैन दैनिक चन्दन घोट्ने खोरी बनाऊ
विन्ती छ भगवान् ! लगौटीविहीन साँढे नबनाऊ ॥

निरन्तर बग्नु परोस् बरु नदी बनाऊ
रातमा चम्किनु परे परोस् तारा बनाऊ ।
हिउँको ठिही पिउँला बरु हिमाल बनाऊ
बनाउनै परे नेताको अनुहार मिल्दो साँढे नबनाऊ ।।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x