साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को भैरव ?

कुस्ती खेलिरहेका दुई व्यक्तिलाई च्याप्प समातेर एउटालाई चार कान्लामाथि र अर्कोलाई पाँच कान्लमुनि पुर्‍याएर नाम कमाएका व्यक्ति पो हुन् नि ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

धेरैचोटिको आग्रह । बारम्बार भेटमा बोलिने त्यही बाणी । धेरै समय बितेर पनि फेरि त्यही आग्रह । भैरव पुस्ताकालयबाट प्रकाशित हुने स्मारिकाको लागि तपाईंको एउटा लेख पाए हुने । दुई वृद्ध दुवै सिद्ध । हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य र भैरव पुस्तकालयका हर्ताकर्ता बद्रीप्रसाद अर्याल । दुवैको मिठो लोली र बोलीले प्रभावित नपारिरहन सकेन। तपाईँको पनि एउटा छोटो मीठो केही पाए हुन्थ्यो ।

म अक्क न बक्क भएँ । । बुजक्कड हुँ भन्दै फुर्ति पस्कने म जिरेलाई को भैरव भन्ने वा सोध्ने आँट पनि सवार भएन । दोहोर्‍याएर कुरा गर्ने हिम्मत पनि जुटेन । दिमागमा थुप्रै भैरव नाचे । हाम्रै १३ दिने दाजु भाइभित्रका एक भैरव नामधारी पात्र थिए : भैरव बहादुर चापागाईं। अनि पारि गाउँका भैरवबहादुर थापा, छिमेकी गाउँपालिकाका भैरवकृष्ण सुवेदी ,तराई झर्दा भेटिएका भैरवनाथ खनाल ,चर्चित पत्रकार भैरव रिसाल, सेना वा प्रहरीका एक प्रमुख थिए-भैरवबहादुर थापा। थुप्रै भैरव नाचे मथिङ्गलमा । को भैरव ? कुनचाहिँ भैरवका बारेमा लेख चाहियो भनेका हुन् ? फेरि कृष्णजन्माष्टमी भन्दा उता नजाओस् अरे। । दिमाग तिल्मिलायो । मथिङ्गल एकैछिनमा थकित बन्यो । दिमाग सर्ट ह्यामरेज हुने हो कि भनेर । समय उसकै सुरमा पावन्दीमा कुदेको कुदेकै छ । पाइला पो मनलाग्दी चल्छ, कहिले खरायो त कहिले कछुवा गतिमा ।

एक पात्र भैरवबहादुर चापागाईं ,चापागाईं बंशीय हुन् मेरा गाउँका नाताले ठूलाबा थिए। उनको अनौठो स्वभाव थियो अरे । अरे किन भन्ने ? बालापनमा उनको सक्कल देखेकै हुँ। सुरुवाल जीवनमा कहिल्यै फुकाल्दै फुकाल्दैनथे । जहिल्यै गाउँघरमा उनीप्रतिको धारणा यस्तै थियो। शवयात्रामा सहभागी शवयात्री वा मलामीहरूले स्नान गर्नैपर्ने बाध्यकारी संस्कार थिए ग्रामीण जीवनका । त्यो बुढापाकाबाट सिर्जित अंकुश थियो संस्कारको । शवयात्रामा स्नान नगर्ने व्यक्ति समाजको उदेकलाग्दो पात्र बन्थ्यो । नुहाउन नमान्ने बालबच्चा वा जुँगामुठेहरूलाई यही दृष्टान्त पस्किएर नुहाउन बाध्य बनाउने प्रचलन व्याप्त थियो हाम्रो गाउँमा । यिनै अनौठा पात्र भने असार श्रावणमा समेत रोपाईँमा पनि सुरुवाल नफुकाल्ने । यिनै भैरवको जीवन कहानी पो मागेका हुन् त बद्री र मुकुन्द सरले ? मनमा चस्का चसक्क पस्यो । ती हाम्रा भैरवबहादुर चापागाईंको बारेमा नभई राष्ट्रिय जीवनमा प्रभाव जमेको भैरव पो खोजेका हुन् कि ? हाम्रा ठुललाबा भैरवका बारेमा पक्कै होइन होला भन्ने निर्क्योलमा म पुगेँ ।

पारी गाउँका भैरवबहादुर थापा सोझासिधा पो थिए रे । भोटको नुन बेसीको सख्खर बोकेर जीवन बिताएका अरे । बडाबडा जुरेगोरु पालेर गाउँभरिका पशुपालकहरूलाई हाँक् दिने ती भैरवबहादुर थापा गाउँका चानचुने थिएनन्। कुस्ती खेलिरहेका दुई व्यक्तिलाई च्याप्प समातेर एउटालाई चार कान्लामाथि र अर्कोलाई पाँच कान्लमुनि पुर्‍याएर नाम कमाएका व्यक्ति पो हुन् नि । कि उनकै पहलमानी जीवनका अनौठा अनौठा घटना पो लेखी स्मारिका निकाल्ने अठोट पो गरेकी मन त्यता पनि कुद्यो । ती भैरववहादुर थापा हाम्रा बाका दौतरी हुन्। सानो क्षेत्रमा रमाएका वरिपरिका दुई चार व्यक्तिले मात्र चिनेका भैरव बहादुर थापाको बारेमा पक्कै होइन होला कि भन्ने लाग्यो र यो मन अझै निर्क्योलमा पुग्न सकेन।

मन अझै विचलित भए मेरा । भैरव खोजिरह्यो मनले । हाम्रो मावली गाउँका भैरवकृष्ण सुवेदी पो हुन् कि एकै थलामा बसेर चार माना चामलको भात हजम गरी भुइँमा हातै नटेकी उठ्थे । ती भैरव त पाकशास्त्रका नामी थिए । भत्तेरका भान्छे ती प्राय हुन्थे । हात्ती जत्रो ज्यान जन्तीलाई हप्कीडप्की गरी काबुमा राख्न सक्ने चार गाउँ हल्लाएका सुरा थिए। फराकिलो ललाट भुक्क परेका गाला अकबरे खोर्सानीका जस्ता आँखा, थेप्चो नाक ,श्वेतवर्ण ,दर्बिलो कम्मर हात्तीका सुँढजस्ता खुट्टा भएका ती मावली भैरव एकपटक बाघका आक्रमणमा परि पछि रोगाएर मरे । मर्ने बेलामा दिशापिसाब खुस्किएको समेत याद हुन छोडेको थियो अरे ।आधुनिक चिकित्सा विज्ञानले भए अल्झाइमर्स भन्थ्यो होला । योवनमा चार गाउँ हल्लाएका ती भैरवको बारेमा पो स्मारिका निकाल्ने भए कि ? फेरि उपशंका हाजिर भयो । म जैरेको मस्तिष्कमा । हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य र बद्री अर्याल। किन यति टाढा पुग्थे र ? भन्ठान्यो आफ्नै मनले ।

मन औताईरह्यो कुन भैरव खोजे त ?पहाडबाट आफ्ना भन्ट्याङभुन्टुङलाई पिठो मात्र कति खुवाउने भन्दै भात खुवाउनका लागि तराई झरेका भैरवकृष्ण लम्सालको बारेमा पो हो कि खोजेका? तराईमा ओर्लिएर जंगल फाड्दै ५०० बिघा जग्गा ओगटेका चार पत्नी तर्फका ४६ जना छोराछोरी ७४ जना नातिनातिनाका हजुरबा भैरवनाथ उप्रेती पो हुन् कि ? कराँतिला दर्बिला भैरव । आदिवासीका लाठा खुकुरीको प्रवाह नगरी बहादुर भैरवको नाम कमाएका यी भैरवको आद्योपान पनि उहाँहरूलाई ज्ञात रहेछ कि भन्ने पनि लाग्यो । फेरि स्रष्टा भनेपछि जीवकोषको साइटोप्लाज्म न्युक्लियसका रहस्य खोतल्न असमर्थ मनुवा स्रष्टा हुन नै सक्दैन। फेरि पत्रकार पनि हुन् मुकुन्द । अध्ययनका मारथी हुन् । बसाइसराइ गरि आएका त्यत्रो औधि गर्ने भैरवप्रसाद लम्सालमा मन दगुर्यो। फेरि ती दुई समाचार सङ्कलक वा संवाददाता होइनन् । साहित्यिक व्यक्तित्व पो त । अब झन्झटले आफ्नै टाउको कन्तबिजोकको दृश्यपानमा रमायो कति हुन्छन् यस्ता भैरव । फेरि योअनुमानले पनि हावा खायो ।

भैरव खोज्ने क्रममा मेरो त अनिर्णित नै बन्यो मस्तिष्क । सेना वा प्रहरीका अफिसर भैरवबहादुर थापा पो उहाँहरूका दिमागभित्र छिर्यो कि ? फेरि सर्जक हुन् पत्रिका पनि चलाए आचार्यले त ! अन्त्यमा नेपाली हास्यव्यङ्ग साहित्यका महारथी स्वर्गीय भैरव अर्याल खोजे कि ? भैरवजयन्ती पनि नजिकै छ। थुप्रै हास्यव्यङ्ग्यकारले उनीलाई दोस्रो बनाउन यत्न गरे तर तिनका सबै अस्त्र निस्फल भए। आग्नेयास्त्र बाइब्यास्त्र तोमर भिन्दीपाल जस्तै वैदिककालीन शास्त्र अस्त्र र आधुनिक आविष्कारिक यन्त्र युद्धपोत जत्रा र जस्ता युद्ध सामग्री प्रयोग गर्नाले पनि अद्वितीय नै रहे । वेदान्ती, दर्शनशास्त्री, अध्येता, मनोवैज्ञानिक, मानवशास्त्री शरीर वैज्ञानिक, चिकित्सक, प्रकाशक, रजौटा वित्तविज्ञ, अर्थशास्त्री र शासक यावतकाे उनीलाई दोस्रो बनाउने सपना अपुरा भए ।

पाँडे, पौडेल, लुइँटेल, खनाल, भट्टराई, चापागाईं, दाहाल, शाक्य, मझगैया आदिबाट उनीलाई दोस्रोमा ओराल्ने प्रयत्न वा सपना अझै अपूर्ण नै छन् । कैयनलाई उनको अल्पायु आत्महत्या कटाक्ष बनेको र गोष्ठी सेमिनारमा कुरा जोत्ने झटनी भएका होलान् । सगरमाथा आफ्नै गतिमा छ त्यो गफले ईर्ष्याले आक्रोशले गलेकै छैन। भैरव जिउँदो हुँदा पनि यस्ता प्रयत्न भए होलान्, इष्टमित्र आफन्त दाजुभाइका घोचपेच सहे होलान्, ससुराली मावली तर्फका व्यङ्ग्यबाँण पनि पचाए होलान्, जागिर, प्रमोसन, कदरमा छिर्के लगाए पनि होलान्, पिँडाली, शर्माहरूका छेड हनाइमा पनि आहत महसुस गरे होलान्। जगदम्बाले कृति नछापिदिएर दुःख मनाउ गरे होलान्, धेरैतिरबाट भकुण्डिएका हुत्याइएका पन्छाइएका हेपिएका तर हास्यव्यङ्गमा कुनै जमलकाँठले शिर उचो पार्न नसक्ने तिनै भैरव मुकुन्द आचार्य र बद्री अर्यालले टर्च बालेका भए मेरो भन्नु केही छैन । पुस्तकालयमा भेटिने यी दुई वृद्ध सिद्ध बनुन् ।

भैरव पुस्तकालयबाट निस्किने पत्रिका पनि यो सफल रहोस्। नेपाली समाजलाई एउटा बेग्लै पहिचान चाहिएको छ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x