देवीप्रसाद चापागाईंमामा ! अब हाम्रो पालो
बोल्ने माथि पनि शङ्का नबोल्दा पनि शङ्कैशङ्का तातो हावा जताततै छैन पङ्खा धनी धनी भन्दा भन्दै के भयो लङ्का लट्टाइ आफ्नो हातमा आकाशमा चङ्गा आलोचना बाहेक सुनिन्न आलोपालो मामा ! अब हाम्रो पालो ।

देवीप्रसाद चापागाइँ :
एक्काइस दिन लाग्थ्यो अरे भोट पुग्न 
बर्षेनी तिम्रो त्यो नियति नून बोक्न
साथी फर्की आउँदा बल्ल तिमी भोटमा
घरी उकाली ओराली परिवार शोकमा
यस्तै व्यथा सुनाउँथे उडाउँथे हस्सीमजाकको
जता जाँदा पनि सुनाउँथे तपाईँको सालो
मामा ! अब हाम्रो पालो ।
पीच भत्किन्छ एकै बर्षमा प्लेन खस्छ सधँै
छोराछारी मरुभूमिमा, डोको बोक्छिन आमा रुँदै
मलामी भेटिन छाडेँ गाउँमा त भयो रित्तोरित्तो
जता जाऊँ मन थामिन्न देखिने घरको भित्तो
नेताको अनुहारमा सँधै कमिसनको जालो
मामा ! अब हाम्रो पालो ।
जताततै शङ्कैशङ्का देश नै जोगिन कि ?
अंकुश कतै छैन इतिहास पो रुन्छ कि ?
पेटको गर्त बाहेक जानेन भर्न मान्छेले
मीठोमीठो आफ्नालाई गराउँदै छ भान्छेले
अधिकार पाउनेको मन सँधै कालो
मामा ! अब हाम्रो पालो ।
बोल्ने माथि पनि शङ्का
नबोल्दा पनि शङ्कैशङ्का
तातो हावा जताततै छैन पङ्खा
धनी धनी भन्दा भन्दै के भयो लङ्का
लट्टाइ आफ्नो हातमा आकाशमा चङ्गा
आलोचना बाहेक सुनिन्न आलोपालो
मामा ! अब हाम्रो पालो ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































