साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मामा ! अब हाम्रो पालो

बोल्ने माथि पनि शङ्का नबोल्दा पनि शङ्कैशङ्का तातो हावा जताततै छैन पङ्खा धनी धनी भन्दा भन्दै के भयो लङ्का लट्टाइ आफ्नो हातमा आकाशमा चङ्गा आलोचना बाहेक सुनिन्न आलोपालो मामा ! अब हाम्रो पालो ।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

एक्काइस दिन लाग्थ्यो अरे भोट पुग्न
बर्षेनी तिम्रो त्यो नियति नून बोक्न
साथी फर्की आउँदा बल्ल तिमी भोटमा
घरी उकाली ओराली परिवार शोकमा
यस्तै व्यथा सुनाउँथे उडाउँथे हस्सीमजाकको
जता जाँदा पनि सुनाउँथे तपाईँको सालो
मामा ! अब हाम्रो पालो ।

पीच भत्किन्छ एकै बर्षमा प्लेन खस्छ सधँै
छोराछारी मरुभूमिमा, डोको बोक्छिन आमा रुँदै
मलामी भेटिन छाडेँ गाउँमा त भयो रित्तोरित्तो
जता जाऊँ मन थामिन्न देखिने घरको भित्तो
नेताको अनुहारमा सँधै कमिसनको जालो
मामा ! अब हाम्रो पालो ।

जताततै शङ्कैशङ्का देश नै जोगिन कि ?
अंकुश कतै छैन इतिहास पो रुन्छ कि ?
पेटको गर्त बाहेक जानेन भर्न मान्छेले
मीठोमीठो आफ्नालाई गराउँदै छ भान्छेले
अधिकार पाउनेको मन सँधै कालो
मामा ! अब हाम्रो पालो ।

बोल्ने माथि पनि शङ्का
नबोल्दा पनि शङ्कैशङ्का
तातो हावा जताततै छैन पङ्खा
धनी धनी भन्दा भन्दै के भयो लङ्का
लट्टाइ आफ्नो हातमा आकाशमा चङ्गा
आलोचना बाहेक सुनिन्न आलोपालो
मामा ! अब हाम्रो पालो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x