साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुश्मन कि भगवान् ?

हो, मेरो मन-मस्तिष्क तिमीविना प्रायः शून्य हुन्छन् त्यसैले आउनू हरेक पल स्वागत गर्छु दुश्मनलाई म भगवान् भन्ने गर्छु तिमीविना जिउनु साँच्चै अनर्थ देख्छु ।

Nepal Telecom ad

प्रदीपरत्न शाक्य :

अचेल मलाई
तिमीले छेकेका चोक, बजार, गल्ली
तिमीले दिइरहेको बधाई लाग्छ
तिमीले रोक्न खोजेका बाटाहरू त
झन् मुटुको अँगालो लाग्छ
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।

म जब
तिम्रा छायाँहरू टेक्छु
उमङ्गका खु‌ट्किला ठान्दै चढ्‌दै जान्छु
कष्टका हरेक लहरलाई तिम्रो उपहार भन्छु
जितको आकार मान्दै साहसी हुन्छु
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।

तिम्रो चुनौतीलाई म
रमणीय डाँडा भन्दै चढ्दै जान्छु
मलाई योद्धा बनाउनैका लागि रचेका
वर्णमाला ठान्दै पढ्‌दै जान्छु
कुनाकाप्चा, खाँच चिन्दै जानका लागि
पढाइरहेको पाठ लाग्छ
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।

तिम्रो उपस्थितिलाई
मेरो उदयको घडी भन्छु
मलाई चेतना भनी जगाइरहने
हारेको निशाना नै पदक भनी चिनाइरहने
त्यसैले प्रिय शत्रु !
तिम्रो ललकारलाई शुभपल भन्दै
यात्राको परिणाम गन्दै जान्छु
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।

प्रिय, आइरहनू तिमी !
षड्यन्त्रका नौला नौला अध्याय रच्दै
तिमीमा म चम्कँदै गरेको धार देख्छु
जिन्दगी भन्ने सञ्जालका संयन्त्र देख्छु
यसैले तिमीलाई दुश्मन भन्न चाहिनँ ।

हो, मेरो मन-मस्तिष्क
तिमीविना प्रायः शून्य हुन्छन्
त्यसैले आउनू
हरेक पल स्वागत गर्छु
दुश्मनलाई म भगवान् भन्ने गर्छु
तिमीविना जिउनु साँच्चै अनर्थ देख्छु ।

०००
बाैद्ध, काठमाडाैं
भरखरै विमाेचित ‘म सडकको प्रतिविम्ब’ (२०८०) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x