साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाको टेलिफोन

मामा त यति हिँड्नुभो कि कहिले बाम पार्टीकहाँ त कहिले दाम पार्टीकहाँ पुग्नु भो । एकपटक काम पार्टीकहाँ र एकपटक खाम पार्टीकहाँवाट पनि मलाई टेलिफोन गर्नुभएको थियो मामाले ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

मिश्रमामा काठमाडौं आएदेखि मसँग पल्केका हुन् । मलाई पनि मामासँग भेट्दा रमाइलो लाग्ने गर्दछ । मामाका पुराना संस्मरण पनि मसँग ताजै छन् । अहिले यहाँ झन् के फाइदा भएको छ मलाई भने मामा भेट भएपछि यहाँको समसामयिक राजनीतिको अलिकति भेउ पाउन सकिन्छ । किनभने मामा कहिले कताका र कहिले कताका नेताकहाँ पुग्न सक्ने मान्छे । सबैले तिरस्कार नगरिने व्यक्तित्व । तसर्थ खबर साँचो सत्य होस् वा मनगढन्ते होस् मामा ल्याउने गर्नुहुन्छ । अस्ति एक दिन मसँग भन्नुभो मामाले – अव चाकडीमा लाग्नुपर्ने दिन आए बाबु ।

मैले कुरा कुरा बुझ्न नसकेर सक्केर ट्वाल्ल परेपछि मामाले यहाँको एउटा पार्टीमा पूर्वप्रधानमन्त्रीको सन्तानको विजय भएको प्रसङ्ग राजनीतिक ल्याउनुभो । अनि मामाले राणाकालमा चाकडी गर्नुपर्ने प्रथाको प्रसङ्ग ल्याउनुभो । मैले अलिअलि कुरा बुझे ।

अर्को दिन मिश्रमामाले मसँग भन्नुभयो- यहीँ महिनाको सत्र-अठार गतेतिर म विराटनगर जान्छु बाबै । मैले कुरा बुझ्न नसकेर पहिलेझैँ ट्वाल्ल परेपछि मामाले भन्नुभो – बाह/तेह्र वर्षपहिले पनि त म कहिले विराटनगर, कहिले पोखरा र कहिले सुर्खेत जाने गर्थे नि, बाबुले विर्सनु भो ?

मामाका कुराले कुराको बिट मरेकै हो तर पनि मामासँग अझै बोल्न मन लागेर मैले भनेँ- मोजा कत्तिको धुनु भा छ, फेरी त्यहाँ मोजा गन्हाएर सारा सहभागी भाग्लान् नि । अँ, बरू दुई जोर मोजा लानुपर्ला । हिँड्दा र सभा जुलुसमा जाँदा फेरि फेरि लगाउन ।

मेरो कुरा सुनेर मामा पहिले त तर मरिमरि हाँस्नुभो । अनि भन्नुभो बाबु पनि ठट्टा गर्नुहुन्छ ।

मिश्रमामाका मोजा गन्हाएर यस्तो हुने कि म जबर्जस्ती सहन्थेँ । मेरा घरका अरू सदस्यहरूलाई भने मामासँग घिन नै लाग्न थालेछ । उनीहरू भन्थे – मुलगेटमा मामा आइपुगेको घरका कोठाकोठामा गन्हाउन पुग्थ्यो रे । त्यसैले मैले मामालाई त्यो रोगबाट बचाउन बेलाबखत भन्ने गर्दा मामा मलाई फोन गर्ने हुनुभएको हो ।

मामा कुनै नेताजीकहाँ पुग्यो कि टेलिफोन गरेर भन्नुहुन्थ्यो- म अहिले फलाना ठाउँमा छु । यसरी आज मिश्रमामा कसकसकहाँ जानुभो, त्याँ जान्न सजिलो भएको थियो । मामा त यति हिँड्नुभो कि कहिले बाम पार्टीकहाँ त कहिले दाम पार्टीकहाँ पुग्नु भो । एकपटक काम पार्टीकहाँ र एकपटक खाम पार्टीकहाँवाट पनि मलाई टेलिफोन गर्नुभएको थियो मामाले । एक दिन मैले मामालाई भनिदिएको थिए- अब एक एकपटक गाम पार्टी र धाम पार्टीकहाँ पनि पुग्नै पर्ला मामा ।

हिजो मेरो टेलिफोनमा टिइँटिइँ घण्टी बज्यो । रिसिभर उठाएर कानमा पुर्‍याउँदैमा मामाको फोन भन्ने निधो भयो । अनि मैले नमस्ते मामा भनपछि मेरी श्रीमतीले पनि अड्कल काटिछन् । खुसुक्क भनिन्- मोजा गन्हाएका छन् कि छैनन् सोध्नोस् न ।

श्रीमतीजीका कुरा सुनेपछि मैले भाषा बनाइहालेँ र भनेँ- मामा, आज त मोजा कत्ति पनि गन्हाएका छैनन् नि त । मेरा कुरा सुनेपछि मामा खित्का छाडेर हाँस्न थाल्नुभो । यता हामी त्यसै गर्‍यौँ । हातको रिसिभरसमेत खत्रक्क भुईंमा खस्यो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x