मुक्तिनाथ शर्मामिश्रमामाकाे चिन्ता
जसलाई लखेटिएको थियो त्यसलाई बाख्राको मुकुण्डो लगाइएको थियो । कालो मोसोले पनि सिङ्गारिएको थियो । उसको छातिमा ठुला अक्षरले लेखिएको थियो “यो नेता हो भ्रष्टाचारी हो र ठग हो”

मुक्तिनाथ शर्मा :
धेरै भएको थियो मिश्रमामा यता नआएको । मलाई हाँस्न नपाएर कता जाउँ कता जाउँ भैरहेको थियो । कतै कुनै साथीकहाँ जाउँ भन्थ्यो एक मन र अर्को मन भन्थ्यो अहिले जहाँ गए पनि उस्तै हो । हाँस्ने हसाउने वातावरण छैन । अहिले कतै हराएको छ डाइनासोर हराए झैं । समाज सुख्खा छ । राजनीति लाजनीति भएर घिस्रिरहेको छ । नेता जननेता हुन सकेका छैनन् । जताततै कुशासनका कुरा पोखिन्छन् । उराठ उराठ छ देशमा । म यिनैकुरा मनमा खेलाएर झोक्राउदै थिएँ मिश्रमामा टुप्लुक्क टुपुल्किनुभो ।
अब भने हाँस्न पाइने भो । अरु कुरा नपाइए पनि मामाका बेसार व्यापारका कुरा चलाएर पनि हाँस्न पाइने भयो म सोच्दै थिएँ मामा झन तनावमा पुगेको अवस्था रहेछ ।
आउनासाथ मामाले एउटा दिक्कलाग्दो खबर ओकल्नुभो । अहिले समाजमा जताततै नराम्रो वातावरण छ । एकले अर्कालाई बदनाम गर्ने काम हुन थालेको छ । राजनेताको समेत छाला काड्न खोज्न बेर छैन । नेता नेतामै पनि मेलमिलाप छैन । सम्झाउने बुझाउने समाजसुधारक व्यक्तित्वको खडेरी परेको अवस्था छ । आज मात्र त्यस्तै एउटा घटना घट्यो म आउदा आउँदै । म मेरो बाटो सरासर आउदै थिएँ । मेरो पछि पछि बदमास केटाहरूले एउटा मान्छेलाई लखट्दै लिएर आए । जसलाई लखेटिएको थियो त्यसलाई बाख्राको मुकुण्डो लगाइएको थियो । कालो मोसोले पनि सिङ्गारिएको थियो । उसको छातिमा ठुला अक्षरले लेखिएको थियो “यो नेता हो भ्रष्टाचारी हो र ठग हो”
यसरी राजनेताको उपहास गर्न हुन्छ ?
मामाको प्रश्न जटील थियो ।
त्यसपछि के भो त मामा ! मैले सो्ध्दा मामाले भन्नु भो “सरकारले सुशासन कायम राख्न सकेन ।”
मैले भने “यस्तो अवस्था धेरै रहँदैन । बिस्तारै सुध्रिन्छ मामा ।”
मामाले चित्त बुझाउन नसकेको कुरा मैले बुझेँ । मामा रुन रुन खोजे झैं गरेर टाप कस्नु भो ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































