साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँडपसलको वास्तुशास्त्र

एक पेग खाँदैमा कहाँ चढ्छ मात । जाँडको रूपमा खान्छ जँड्याहाले परिवारको सुख-चैन र तिनको भागको दालभात । स्वयंबाट स्वयं माथि बज्रपात ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जाँडपसल जँड्याहाको देवालय ।
त्यसैको सामुन्नेको नाला,
जँड्याहाको रात्रिकालीन
सर्व सुविधायुक्त सचिवालय ।
सचिव पनि त्यहीं सुतेको,
कुकुरले न्यानो पार्न त्यहीं मुतेको ।

संसारका सबै वास्तुशास्त्र पनि
जाँडपसल अगाडी हुन्छ फेल ।
दक्षिण मुख होस् वा उत्तर,
पूर्व वा होस् पश्चिम,
गाईमुखी होस् वा बाघमुखी
सूर्य सुत्न जाने बेलामा
जँड्याहाहरूको बग्छ भेल ।

जाँडपसलका सामु,
नीतिशास्त्र निधार बजार्छ ।
ज्योतिषलाई पनि पछार्छ ।
धर्मशास्त्रले के नै बिगार्छ ।
ठालुप्रसाद होस् वा लालुप्रसाद
जाँडले सबैलाई थर्काउँछ ।
क्या मजाको हो यो ठाउँ,
मुसो बिरालाको कान समाउँछ ।

न वर्ण, न धर्म, न कुनै जात- पात,
पैसा भए पुग्छ पिउने औकात ।
एक पेग खाँदैमा कहाँ चढ्छ मात ।
जाँडको रूपमा खान्छ जँड्याहाले
परिवारको सुख-चैन र
तिनको भागको दालभात ।
स्वयंबाट स्वयं माथि बज्रपात ।
बुझ्नेलाई बुझाउन चाहिन्छ कति नै?
जाँडपसलको जहिले पनि
मिलेकै हुन्छ वास्तुशास्त्र
आजलाई कविता यति नै ।

०००
विराटनगर, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x