मुक्तिनाथ शर्मामिश्र मामा र ढाल
हाँसो सकिए पछि आपसमा कुरा भएछ युवतीको तत् सम्बन्धी अङ्गको पनि थाहा पाइने कुनै विषय छ कि ? साहुजीले भनेछन् युवतीको ओठ तन्काइमा त्यो अन्दाज लगाउन सकिन्छ ।

मुक्तिनाथ शर्मा :
मिश्रमामालाई एउटा मोबाइल खरिद गरीदिने मेरी बुडीको चाहना जागेर आए छ । एक मन त त्यो चाहनालाई पाप दृष्टिबाट हेरौं हेरौ पनि नभएको होइन भऐकै हो । तर तुरुन्तै पाप मनलाई सहयोगी तथा सद्भावमा परिणत गरेँ तुरुन्त । बुढीसँग प्रस्न भने गरिहाले किन हो त्यस्तो ?
अचेल मिश्रमामासँग हाम्रो सम्वन्ध गहिरिँदै छ । खास कारण के हो भने हाँस्न हामीलाई मन लाग्छ । त्यसै एक्लै हाँस्न हुँदैन । तसर्थ मिश्रमामालाई यता आइरहने बनाउन मन लागेको रहेछ बुढीलाई त्यो बुझेर उनले कुरा निकालेकि रहिछन् । मैले बुझेँ । बिना कुरो हाँस्ने प्रयास पनि हामीले नगरेका होइनौँ । एक दिन उनले मलाई हेरेर मुसुक्क हाँस्ने, उनको हाँसो हेरेर म हाँस्ने कोशिश गरेकै हौँ । तर त्यो त्यति रुचिकर भएन । म उपाय खोज्दै थिएँ बुढीले मिश्रमामा वाला प्रस्ताव ल्याउदा मैले पनि सहि थाप्न थाप्न लागेका बेलामा मिश्रमामा हाम्रा अगाडि उभिन आइपुगेका रहेछन् । हेरा हेर भइहाल्यो ।
आज मिश्रमामा अन्तै हाँसेर थाकेका रहेछन् । हाम्रो कुरो सुनेपछि त झन् हाँस्न थाले । कुरो परेको रहेछ ढालको ।
मिश्रमामा पनि बैसाँ कम्तिका रहेनछन् । भेडो भेडैसँग र बाख्रो बाख्रीसँग वा वा भने झै गरेकै हुन् रे गाउँले युवतीसँग । अन्न पानीको देही नभै नहुने त्यही भन्थे रे मामा । सबैसँग साक्षात्कार थिए रे मिश्रमामा । उनै भन्थे “अँधेरा र पधेराको” गन्ति हुने कुरा भएन । “मेला पातको झनै कमी भएन” ।
यस्ता मिश्रमामा आज ठुलै अध्यायमा फसेछन् । कुरा भन्दा हाँसो बढी गर्दै मामा भन्दै गए – मिश्र मामा आज यता आउँदै गर्दा एउटा औषधि पसलमा एउटी मस्त युवती पसलेसँग गजवसँग ठट्टा मुस्करी गर्दै रहिछन् । मिश्रमामा पनि पसे, बसेछन् त्यही । यत्तिकैमा एउटा जमामर्द हतार हतार आएछ र भने छ साहुजी ! मलाई मेरो साइजको ढाल एक बट्टा दिनोस । साहुजी जुरुक्क उठे ढालको बट्टा दिए पैसा लिए । यता युवती कुरा बुझ्न नसकेर हैरान भैचन् । उनले साहुसँग सोधिन्, उसको साइज कसरि थाहा पाइयो । साहुले भनेछ उसको नाक हेरेर । तीन जना मरी मरी हाँसेछन् ।
हाँसो सकिए पछि आपसमा कुरा भएछ युवतीको तत् सम्बन्धी अङ्गको पनि थाहा पाइने कुनै विषय छ कि ? साहुजीले भनेछन् युवतीको ओठ तन्काइमा त्यो अन्दाज लगाउन सकिन्छ । अनि त युवती हातले मुख छोपेर मस्त हाँसिछन् । यति गर्दा पनि भेद खुल्ला भन्ने डर पसेछ । कुलेलम ठोकिछन् ।
यो कुरा सम्झँदै मिश्रमामा फेरि हाँसे । हामी पनि सम्झँदै हाँस्दै गर्योँ । यो हाँसो धेरै दिन चल्ला जस्तो छ ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































