सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आहा हामी !

हाम्रो गुणगान कसैले गाउनै पर्दैन । अरुका कुरा काट्न र कुरा लाउन पाएपछि इनर वयर समेत लाउनै पर्दैन ॥ नीति र नैतिकताको विक्री बजार घर-घरमा फस्टाएको छ ।

Nepal Telecom ad

गायत्री लम्साल :

संसारकै सर्वोत्कृष्ट हामी
पैसासँग मत साटेर
दुई नम्बरी नेता छान्न सक्छौँ ।
जसले नसक्ने र नहुने काम गर्छ
उसैलाई अजम्बरी मान्न सक्छौँ ।

आफू भन्दा अरु असल भेट्दै- भेट्दैनौँ ।
अरुको प्रगतिको डाह लाग्छ,
आफ्नौ हैसियत हेर्दै- हेर्दैनौँ ॥
कृषि क्रान्तिमा छलाङ् मार्दै,
खाद्यान्न आयात गरी,
आफ्नै नागरिकलाई निर्यात गर्छाैँ ॥
काम नगर्ने रातारात अमिर अनि
दश नङ्ग्रा खियाउने भोकै मर्छाैँ ।

अरुको होइन हजुर,
हाम्रै शक्ति अपरम्पार छ ।
जसले इमान र सदाचारलाई माया गर्छ
उसलाई त आफ्नै घरमा समेत छेकबार छ ॥
अल्छिको मूल्यले सगरमाथा चढ्यो हजुर ।
श्रमको मूल्य त केवल भार छ ॥

आहा हामी,
हाम्रो गुणगान कसैले गाउनै पर्दैन ।
अरुका कुरा काट्न र कुरा लाउन पाएपछि
इनर वयर समेत लाउनै पर्दैन ॥
नीति र नैतिकताको विक्री बजार
घर-घरमा फस्टाएको छ ।
संस्कार र सभ्यता भन्ने कुरो
कसैलाई नचाहिने गरी अस्ताएको छ ॥

०००
स्याङ्जा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devilal gaihre
Devilal gaihre
4 months ago

Good

Nepal Telecom ad
कुरोको जुरो !

कुरोको जुरो !

गायत्री परिरोशनी
गन्नेमान्ने !

गन्नेमान्ने !

गायत्री परिरोशनी
परजीवी !

परजीवी !

गायत्री परिरोशनी
मुखभित्रको प्वाल !

मुखभित्रको प्वाल !

गायत्री परिरोशनी
भो असल बन्दिनँ !

भो असल बन्दिनँ !

गायत्री परिरोशनी
यसरी बाँचौँ !

यसरी बाँचौँ !

गायत्री परिरोशनी
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
छाडा कविता

छाडा कविता

खगेन्द्र नेउपाने
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
0
Would love your thoughts, please comment.x
()
x