साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आहा हामी !

हाम्रो गुणगान कसैले गाउनै पर्दैन । अरुका कुरा काट्न र कुरा लाउन पाएपछि इनर वयर समेत लाउनै पर्दैन ॥ नीति र नैतिकताको विक्री बजार घर-घरमा फस्टाएको छ ।

Nepal Telecom ad

गायत्री लम्साल :

संसारकै सर्वोत्कृष्ट हामी
पैसासँग मत साटेर
दुई नम्बरी नेता छान्न सक्छौँ ।
जसले नसक्ने र नहुने काम गर्छ
उसैलाई अजम्बरी मान्न सक्छौँ ।

आफू भन्दा अरु असल भेट्दै- भेट्दैनौँ ।
अरुको प्रगतिको डाह लाग्छ,
आफ्नौ हैसियत हेर्दै- हेर्दैनौँ ॥
कृषि क्रान्तिमा छलाङ् मार्दै,
खाद्यान्न आयात गरी,
आफ्नै नागरिकलाई निर्यात गर्छाैँ ॥
काम नगर्ने रातारात अमिर अनि
दश नङ्ग्रा खियाउने भोकै मर्छाैँ ।

अरुको होइन हजुर,
हाम्रै शक्ति अपरम्पार छ ।
जसले इमान र सदाचारलाई माया गर्छ
उसलाई त आफ्नै घरमा समेत छेकबार छ ॥
अल्छिको मूल्यले सगरमाथा चढ्यो हजुर ।
श्रमको मूल्य त केवल भार छ ॥

आहा हामी,
हाम्रो गुणगान कसैले गाउनै पर्दैन ।
अरुका कुरा काट्न र कुरा लाउन पाएपछि
इनर वयर समेत लाउनै पर्दैन ॥
नीति र नैतिकताको विक्री बजार
घर-घरमा फस्टाएको छ ।
संस्कार र सभ्यता भन्ने कुरो
कसैलाई नचाहिने गरी अस्ताएको छ ॥

०००
स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Devilal gaihre
Devilal gaihre
1 year ago

Good

Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x