मुक्तिनाथ शर्मामिश्रमामाका कुरा, माकुरा
उहाँले भन्नुभो संविधानमा यस्तो एउटा धारा थप्न पर्ने भो जसमा कुनै पनि नेपाली केटाकेटीको शुभ विवाह हुँदा जग्गेमै केटा केटीले सपथ खानु पर्नेछ कि हाम्रो सम्भोगबाट जन्मने सन्तान भ्रष्ट नहोस् र भ्रष्टाचारीको विरोध गर्ने होओस् । कि त जायजन्म ने नहोस् ।

मुक्तिनाथ शर्मा :
भेडो भेडो सँग र टेढो टेढो सँग भनेको सुनेको थिएँ सत्य कुरा पो रहे छ त । भ्रष्टाचारी भ्रष्टाचारीको पक्षमा हुँदा रहेछन् भन्ने कुरा अहिले थाहा हुँदै छ । थाहा त हुँदै आएको छ तर त्यसको ओखती पाइएको छैन । अब भने यसरी सहेर बस्न नहुने भयो । केही नगरी भएन है… ।
म एउटा पत्रिका पढेर बसेको थिएँ बरण्डामा कोही मान्छे गुन गुन गर्दै रहेछ । को मान्छे आए छ त भनेर बाहिर निस्केको त मिश्रमामा पो आएका रहेछन् । मलाई त अब यिनले चाहिने नचाहिने कुरा छादेर हैरान तुल्याउने भए भनेर चुपचाप भित्र पसौँ पसौँ भएको पनि हो तर, मैले त्यसो गरिनँ । किन भने घर आँगनमा आएको कसै सँग पनि त्यस्तो व्यवहार गर्न हुन्न भन्ने माझाघरे काकाको कुरा मनमा आयो । मैले मामा सँग भेट्ने सुर नै कसेँ । मामाको खातिरदारी गर्न खोजेँ । तर मामा म सँग एकदम ठूलो स्वरमा कराउन थाले । किन के रहेछ त अवस्थामा रहेछन् भनेर बुझ्ने विचार आयो यौटा प्रस्न गरेँ “हैन ए मामाजौ ! के भयो” भन्दा मामा हँसिया ढुङ््गामा घोटेर उद्याए झै उद्याएको जिभ्रो बनाएर आएको अवस्था रहेछ । त्यस्तो जिभ्रो फट्कार्दै बोल्न थाल्नु “लौ न एउटा लेख तयार नगरी भएन ।”
के हो कसो हो पनि भन्नै पर्यो भने । मामाले भन्नुभो “भ्रष्टाचार समाप्त पार्ने उपाय ।”
नापियो कस्ता कस्ताले प्रयास गर्दा त भ्रष्टाचार रोकिएको छैन अब हामीले लेख लेखेर कुनै माखो मर्छ ? रोक्न पर्ने नै भ्रष्टाचारी छभनेर टार्न खोज्दै थिएँ मामा त सिरियस भएको देखियो बुझियो । मैले फेरि भने “लेखेर के गर्ने ?”
मामाले भन्नुभो संविधान सम्सोधन नगरी भएन । संविधानमा एउटा विषय राख्न पर्ने भयो”
अझै प्रष्ट गर्न मैले अनुरोध गरेपछि उहाँले भन्नुभो संविधानमा यस्तो एउटा धारा थप्न पर्ने भो जसमा कुनै पनि नेपाली केटाकेटीको शुभ विवाह हुँदा जग्गेमै केटा केटीले सपथ खानु पर्नेछ कि हाम्रो सम्भोगबाट जन्मने सन्तान भ्रष्ट नहोस् र भ्रष्टाचारीको विरोध गर्ने होओस् । कि त जायजन्म ने नहोस् ।
कुरा त नराम्रो होइन तर त्यसो गर्न सजिलो पनि कहा छ र… । भ्रष्टै भ्रष्ट जम्मा भएको संसद छ त्यो प्रस्ताव पास हुन्छ ? हुँदैन । फेरि अर्को कुरो त्यो अवस्थामा कसैले संविधान पढ्ला ? पढ्दै पढ्दैन । एक पढ्दैन दुई पढ्दैन, तीन पढ्दैन ।
मिश्रमामाका कुरा माकुरा भए ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































