साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र भैलिनी

उद्योगधन्दा- भैलिनीराम ए बेची बेची- भैलिनीराम ए नेताले खाऊन्- भैलिनीराम ए जनताहरू- भैलिनीराम ए हेरिरहून्- भैलिनीराम ए भएको जेथा- भैलिनीराम ए अर्काले खाऊन्- भैलिनीराम ।

Nepal Telecom ad

होम सुवेदी :

दुई महिना अघिदेखि नै तीज सुरु हुन्छ भने हप्तादिन अघिदेखि देउसे भैलो ता थाल्नु परो नि ।

गणको तन्त्र छाडेर
गणको तन्त्र थालेका छौँ
ङार्र ङुर्र गर्नलाई
ढाडे बिरालो पालेका छौँ
भन भन भाइ हो भैलिनी राम
रामरी भन भैलिनी राम ।

विकासका पाइला चालेका छौँ
दुःख र दर्द फालेका छौँ
खोलामा प्लटिङ गर्नलाई
उद्योग धन्दा थालेका छौँ
भन भन भाइ हो भैलिनी राम
रामरी भन भैलिनी राम ।

विकासका नारा लगाई
नाकमा घिउ सुँघाई
इज्जतको लँगौटी टालेका छौँ
ढाडे बिरालो पालेका छौँ
भन भन भाइ हो भैलिनी राम
रामरी भन भैलिनी राम ।

झोलेको हुद्दा उतारेर
सहकारी झ्वाम्म पारेर
इज्जतको बर्को टालेका छौँ
साँढे र अर्ना पालेका छौँ
भन भन भाइ हो भैलिनी राम
रामरी भन भैलिनी राम ।

भरिया देशमा खोजेर
झुन्डका झुन्ड रोजेर
तिहारको बेला नआई
मुर्दावाद उरालेका छौँ
गनतन्त्रे दियो बालेका छौँ
भन भन भाइ हो भैलिनी राम
रामरी भन भैलिनी राम ।

आसिक
ए यसै घरका- भैलिनीराम
ए केटा जति- भैलिनीराम
ए कतार जाऊन्- भैलिनीराम
ए यसै घरका- भैलिनीराम
ए भोका नाङ्गा- भैलिनीराम
ए गणतन्त्र खाऊन्- भैलिनीराम
ए यसै घरका- भैलिनीराम
ए बुढा बुढी- भैलिनीराम
ए बालुवाटार धाऊन्- भैलिनीराम
ए यसै घरका- भैलिनीराम
ए केटाकेटी- भैलिनीराम
ए बेलैदेखि- भैलिनीराम
ए विदेश जाऊन्- भैलिनीराम
ए यसै घरका- भैलिनीराम
ए गाई वस्तु- भैलिनीराम
ए चर्न जाऊन्- भैलिनीराम
ए यसै घरका- भैलिनीराम
ए परेवा पङ्खी- भैलिनीराम
ए उड्न जाऊन्- भैलिनीराम
ए यसै देशका- भैलिनीराम
ए उद्योगधन्दा- भैलिनीराम
ए बेची खाऊन्- भैलिनीराम
ए यसै देशका- भैलिनीराम
ए भ्रष्टाचारी- भैलिनीराम
ए लुकी छिपी- भैलिनीराम
ए अमेरिका जाऊन्- भैलिनीराम
ए यसै देशका- भैलिनीराम
ए बुढाखाडा- भैलिनीराम
ए झोला भिरी- भैलिनीराम
ए माइती घरमा- भैलिनीराम
ए नारा लाऊन्- भैलिनीराम
ए यसै देशको- भैलिनीराम
ए सबै कुरा- भैलिनीराम
ए यसै देशको- भैलिनीराम
ए स्रोत जति- भैलिनीराम
उद्योगधन्दा- भैलिनीराम
ए बेची बेची- भैलिनीराम
ए नेताले खाऊन्- भैलिनीराम
ए जनताहरू- भैलिनीराम
ए हेरिरहून्- भैलिनीराम
ए भएको जेथा- भैलिनीराम
ए अर्काले खाऊन्- भैलिनीराम
ए नपुग जति- भैलिनीराम
ए आसिक पनि- भैलिनीराम
ए आफैँले पाऊन्- भैलिनीराम
ए आसिक दिने- भैलिनीराम
ए यत्तिकै जाने- भैलिनीराम
ए भन भन भाइ हो- भैलिनीराम
रामरी भन- भैलिनीराम ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x