साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यौटा केटाको बिहे

यहाँ पनि कुरो गैरो छ । ती केटाकेटीले अठोट गरिसकेका छन् उनीहरू चाँडै बच्चा जन्माउँछन । बच्चा जन्माउने उद्योग गर्दैमा जन्मने शिशु विदेश जान नमान्ने बनाउने रे । साथै भ्रष्टाचर विरोधी बनाउने रे । प्रधानमन्त्रीनै त्यो बच्चा बनाउने रे ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

मिश्रमामा अचेल कमै आउन थालेका छन् हामीकहाँ । बेसारे मामा नआउँदा पनि नियाश्रो लाग्न थालेको अवस्था छ । त्यसको खास कारण त बताउन नपर्ला । किन भने अचेल समाजमा मान्छेको कमी हुँदै छ । युवाहरू कुनै घरमा पनि छैनन् भने हुन्छ । जुन घरमा हेर्‍यो बुढा र बुढी । सरकारमा बुढा समाजमा बुढा र मेलापातमा पनि बुढा मात्र । यस्तो अवस्थामा रहेका हामी पनि बुढा बुढी मात्र । त्यसैले मिश्रमामाको उपस्थिति हामीलाई मनपर्न थालेको हो भन्दा फरक नपर्ला । हुन त मिश्रमामा पनि बुढै भए । लौरो नटेकी पाइला चाल्न सक्दैनन । तैपनि यदाकदा आउँदै छन् ।

धेरै दिन पछि आज मिश्रमामा आउनुभो । उहाँलाई पनि आफूले पाएको खवर कसैलाई सुनाउँ सुनाउँ भएको रहेछ । आउनासाथ सुरु गर्नुभो ।

आज म हजुरलाई एउटा सुसमाचार सुनाउन आएको छु भाञ्जा ! त्यो के भने हाम्रो गाउँको एउटा केटो जो १६/१७ बर्षको छ उसले बिहे गर्ने निधो गरेछ । केटी पनि भेटे छ बज्याले । थाहा छैन त्यो केटी यहा कसरी जन्मी । हुन सक्छ उतैको पेट लिएर आएकी होली उसकि आमा । जे होस् केटी भेटिइ छ । हुन त केटोको पनि हालत त्यही हो नि । यहाँ बिहे गरेर विदेश भासिएको लोग्ने स्वास्नीको आपसमा छोडपत्र भएछ । अनि केटीले गर्भ बिसाउन यहाँ आएकी रहिछ । यहा आएर छोरी जन्माकि रे । त्यही केटीसँग बिहे छिनेछ केटाले ।

मामाका कुरा त्यति ठूला कुरा नसम्झेर मैले कुरातिर खासै ध्यान दिएको थिइन । मामाले कुरो बुझ्नु भएछ भन्नुभो “यहाँ पनि कुरो गैरो छ । ती केटाकेटीले अठोट गरिसकेका छन् उनीहरू चाँडै बच्चा जन्माउँछन । बच्चा जन्माउने उद्योग गर्दैमा जन्मने शिशु विदेश जान नमान्ने बनाउने रे । साथै भ्रष्टाचर विरोधी बनाउने रे । प्रधानमन्त्रीनै त्यो बच्चा बनाउने रे । उताका अरुलाई पनि यसै गर्न प्रेरित गर्ने रे ।”

यति भनिसकेर मामा मतिर फर्कनुभो र भन्नुभो ल भन्नुहोस त भाञ्जा हाम्रो देशमा पनि युवक फेला पर्ने भए । भ्रष्टाचारी प्रधानमन्त्री बनाउन परेन । रियाले बुढो प्रधानमन्त्री भयो भनेर दिक्दार हुन परेन । जताले पनि बहरजति विदेश पठाएर गाई बाँझी बनाउन परेन । भएन त ठूलो काम मामा अझै के बक्दै हुनुहुन्थ्यो मेरी बुढी खित्कौली हाँसो हाँस्न थालिन । म हेरेको हेर्‍यै भएँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
मिश्र मामा र ढाल

मिश्र मामा र ढाल

मुक्तिनाथ शर्मा
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x