मुक्तिनाथ शर्मायौटा केटाको बिहे
यहाँ पनि कुरो गैरो छ । ती केटाकेटीले अठोट गरिसकेका छन् उनीहरू चाँडै बच्चा जन्माउँछन । बच्चा जन्माउने उद्योग गर्दैमा जन्मने शिशु विदेश जान नमान्ने बनाउने रे । साथै भ्रष्टाचर विरोधी बनाउने रे । प्रधानमन्त्रीनै त्यो बच्चा बनाउने रे ।

मुक्तिनाथ शर्मा :
मिश्रमामा अचेल कमै आउन थालेका छन् हामीकहाँ । बेसारे मामा नआउँदा पनि नियाश्रो लाग्न थालेको अवस्था छ । त्यसको खास कारण त बताउन नपर्ला । किन भने अचेल समाजमा मान्छेको कमी हुँदै छ । युवाहरू कुनै घरमा पनि छैनन् भने हुन्छ । जुन घरमा हेर्यो बुढा र बुढी । सरकारमा बुढा समाजमा बुढा र मेलापातमा पनि बुढा मात्र । यस्तो अवस्थामा रहेका हामी पनि बुढा बुढी मात्र । त्यसैले मिश्रमामाको उपस्थिति हामीलाई मनपर्न थालेको हो भन्दा फरक नपर्ला । हुन त मिश्रमामा पनि बुढै भए । लौरो नटेकी पाइला चाल्न सक्दैनन । तैपनि यदाकदा आउँदै छन् ।
धेरै दिन पछि आज मिश्रमामा आउनुभो । उहाँलाई पनि आफूले पाएको खवर कसैलाई सुनाउँ सुनाउँ भएको रहेछ । आउनासाथ सुरु गर्नुभो ।
आज म हजुरलाई एउटा सुसमाचार सुनाउन आएको छु भाञ्जा ! त्यो के भने हाम्रो गाउँको एउटा केटो जो १६/१७ बर्षको छ उसले बिहे गर्ने निधो गरेछ । केटी पनि भेटे छ बज्याले । थाहा छैन त्यो केटी यहा कसरी जन्मी । हुन सक्छ उतैको पेट लिएर आएकी होली उसकि आमा । जे होस् केटी भेटिइ छ । हुन त केटोको पनि हालत त्यही हो नि । यहाँ बिहे गरेर विदेश भासिएको लोग्ने स्वास्नीको आपसमा छोडपत्र भएछ । अनि केटीले गर्भ बिसाउन यहाँ आएकी रहिछ । यहा आएर छोरी जन्माकि रे । त्यही केटीसँग बिहे छिनेछ केटाले ।
मामाका कुरा त्यति ठूला कुरा नसम्झेर मैले कुरातिर खासै ध्यान दिएको थिइन । मामाले कुरो बुझ्नु भएछ भन्नुभो “यहाँ पनि कुरो गैरो छ । ती केटाकेटीले अठोट गरिसकेका छन् उनीहरू चाँडै बच्चा जन्माउँछन । बच्चा जन्माउने उद्योग गर्दैमा जन्मने शिशु विदेश जान नमान्ने बनाउने रे । साथै भ्रष्टाचर विरोधी बनाउने रे । प्रधानमन्त्रीनै त्यो बच्चा बनाउने रे । उताका अरुलाई पनि यसै गर्न प्रेरित गर्ने रे ।”
यति भनिसकेर मामा मतिर फर्कनुभो र भन्नुभो ल भन्नुहोस त भाञ्जा हाम्रो देशमा पनि युवक फेला पर्ने भए । भ्रष्टाचारी प्रधानमन्त्री बनाउन परेन । रियाले बुढो प्रधानमन्त्री भयो भनेर दिक्दार हुन परेन । जताले पनि बहरजति विदेश पठाएर गाई बाँझी बनाउन परेन । भएन त ठूलो काम मामा अझै के बक्दै हुनुहुन्थ्यो मेरी बुढी खित्कौली हाँसो हाँस्न थालिन । म हेरेको हेर्यै भएँ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































