सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शुभकामना !

शुर, ताल र गीत बिनानै चौबिसै घण्टा नाचेकै छौँ । देशकै विपत्तिको बेला, टिकटिकमा भाइरल भएर एक बित्ता मुख खोलेर हाँसेकै छौँ । यी र यस्ता हामी सबैको सदाबहार बानीले निरन्तरता पाओस् ।

Nepal Telecom ad

गायत्री लम्साल :

सबै चाडपर्वहरूको उपलक्ष्यमा
धमिलो, सफा अनि छर्लङ्गको शुभकामना ।
कर्मचारीहरूलाई हाजिर गरेपछि तलब
अनि काम गर्न पर्‍यो भने भत्ता मिलोस् ।
राजनीतिमा गर्न नमिल्ने र नसक्ने काम
गर्छु भन्नेलाई मन्त्री,
अनि फौजदारी अभियोगका टपरहरूलाई,
शक्ता र शक्ति मिलोस् ।

जहाँ, जे, जहिले, जसरी, जसको हुन्छ
मिलेको कुरा राम्रो हो, मिलेको कुरा हाम्रो हो ।
स्वीस बैंकमा पैसा थन्काउने झन्जट गरि- गरि
चौबिसै घण्टा सहकारी खेती गर्नेलाई
अ.दु.अ.आ र यसका दरसन्तान
कसैको पनि आँखा नलागोस् ॥
कुरा काट्ने र खुट्टा तान्ने पेशाका
स्थायी जागिरेहरूलाई,
दुई नम्बरी कामको पेन्सन आइरहोस् ।
चान्समा डान्स गर्न नजानेका
मेहनती, सोझा र इमान्दारहरूले,
बिना कामका झन्झट र टेन्सन पाइरहोस् ।

आयात गर्ने मेन कुरो भनेको रेमिट्यान्स नै हो
त्यसैले, १८ वर्ष होइन अब
संविधानमा नयाँ धारा हालौँ ।
१४ वर्षमा नै हाम्रा बालबालिकाहरूलाई ,
ठूलो प्लेन चढाएर विदेशतिर फालौँ ।
कसैसँग अलिकति काम गर्ने जाँगर छ भने
वर्षादको बाढीपहिरोसँगै बगाइदिनु ।
देखाउनलाई मात्र अलिकति,
बाँकी रहेको नैतिकताको भुस
जलाएर खरानी बनाइदिनु ॥

हामी सबै सज्जन छौँ, हामी सबै इमान्दार छौँ ।
हामी माने सरकार, नागरिक, कर्मचारी, व्यापारी
अलिकति जम्मा तीन करोड नै पुरै ॥
हामीलाई नराम्रो भन्न कहिल्यै आएन ।
सबै तन्त्र फेरिए, सबै वाद फेरिए
तर, हामी कहिल्यै फेरिएनौँ ।
बाह्र वर्ष नपुग्दै खोलो फक्र्यो, भूकम्प फर्क्याे,
बाढीपहिरो फर्क्याे अनि,
कोरोना जस्ता नयाँ- नयाँ जिनीस थपिए ।
अँ- हँ यस्ता कुराले हामीलाई,
केही लछारपाटो लाउँदैन ।

हामी पनि केही मानेमा केही कम छैनौँ ।
क्वीन्टल भन्दा गह्रौ घमण्ड बोकेकै छौँ ।
सज्जन चोर, डाँका र फटाहाहरूलाई
सलाम ठोकेकै छौँ ।
आफैले थुकेको थुक चाटेर बाँचेका छौँ ।
भागबिलो लगाएर लुटेको सम्पत्ति
आठ/दश पुस्तालाई साँचेकै छौँ ।
शुर, ताल र गीत बिनानै
चौबिसै घण्टा नाचेकै छौँ ।
देशकै विपत्तिको बेला,
टिकटिकमा भाइरल भएर
एक बित्ता मुख खोलेर हाँसेकै छौँ ।
यी र यस्ता हामी सबैको
सदाबहार बानीले निरन्तरता पाओस् ।
हाड, मासु र छालाले धानुञ्जेल,
सुनौलो यो शुभकामना,
हामी सबैलाई छताछुल्ल लाओस् ॥

०००
स्याङ्जा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devilal gaihre
Devilal gaihre
3 months ago

Good poem

Nepal Telecom ad
कुरोको जुरो !

कुरोको जुरो !

गायत्री परिरोशनी
गन्नेमान्ने !

गन्नेमान्ने !

गायत्री परिरोशनी
परजीवी !

परजीवी !

गायत्री परिरोशनी
मुखभित्रको प्वाल !

मुखभित्रको प्वाल !

गायत्री परिरोशनी
भो असल बन्दिनँ !

भो असल बन्दिनँ !

गायत्री परिरोशनी
यसरी बाँचौँ !

यसरी बाँचौँ !

गायत्री परिरोशनी
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
छाडा कविता

छाडा कविता

खगेन्द्र नेउपाने
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
1
0
Would love your thoughts, please comment.x
()
x