साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना !

शुर, ताल र गीत बिनानै चौबिसै घण्टा नाचेकै छौँ । देशकै विपत्तिको बेला, टिकटिकमा भाइरल भएर एक बित्ता मुख खोलेर हाँसेकै छौँ । यी र यस्ता हामी सबैको सदाबहार बानीले निरन्तरता पाओस् ।

Nepal Telecom ad

गायत्री लम्साल :

सबै चाडपर्वहरूको उपलक्ष्यमा
धमिलो, सफा अनि छर्लङ्गको शुभकामना ।
कर्मचारीहरूलाई हाजिर गरेपछि तलब
अनि काम गर्न पर्‍यो भने भत्ता मिलोस् ।
राजनीतिमा गर्न नमिल्ने र नसक्ने काम
गर्छु भन्नेलाई मन्त्री,
अनि फौजदारी अभियोगका टपरहरूलाई,
शक्ता र शक्ति मिलोस् ।

जहाँ, जे, जहिले, जसरी, जसको हुन्छ
मिलेको कुरा राम्रो हो, मिलेको कुरा हाम्रो हो ।
स्वीस बैंकमा पैसा थन्काउने झन्जट गरि- गरि
चौबिसै घण्टा सहकारी खेती गर्नेलाई
अ.दु.अ.आ र यसका दरसन्तान
कसैको पनि आँखा नलागोस् ॥
कुरा काट्ने र खुट्टा तान्ने पेशाका
स्थायी जागिरेहरूलाई,
दुई नम्बरी कामको पेन्सन आइरहोस् ।
चान्समा डान्स गर्न नजानेका
मेहनती, सोझा र इमान्दारहरूले,
बिना कामका झन्झट र टेन्सन पाइरहोस् ।

आयात गर्ने मेन कुरो भनेको रेमिट्यान्स नै हो
त्यसैले, १८ वर्ष होइन अब
संविधानमा नयाँ धारा हालौँ ।
१४ वर्षमा नै हाम्रा बालबालिकाहरूलाई ,
ठूलो प्लेन चढाएर विदेशतिर फालौँ ।
कसैसँग अलिकति काम गर्ने जाँगर छ भने
वर्षादको बाढीपहिरोसँगै बगाइदिनु ।
देखाउनलाई मात्र अलिकति,
बाँकी रहेको नैतिकताको भुस
जलाएर खरानी बनाइदिनु ॥

हामी सबै सज्जन छौँ, हामी सबै इमान्दार छौँ ।
हामी माने सरकार, नागरिक, कर्मचारी, व्यापारी
अलिकति जम्मा तीन करोड नै पुरै ॥
हामीलाई नराम्रो भन्न कहिल्यै आएन ।
सबै तन्त्र फेरिए, सबै वाद फेरिए
तर, हामी कहिल्यै फेरिएनौँ ।
बाह्र वर्ष नपुग्दै खोलो फक्र्यो, भूकम्प फर्क्याे,
बाढीपहिरो फर्क्याे अनि,
कोरोना जस्ता नयाँ- नयाँ जिनीस थपिए ।
अँ- हँ यस्ता कुराले हामीलाई,
केही लछारपाटो लाउँदैन ।

हामी पनि केही मानेमा केही कम छैनौँ ।
क्वीन्टल भन्दा गह्रौ घमण्ड बोकेकै छौँ ।
सज्जन चोर, डाँका र फटाहाहरूलाई
सलाम ठोकेकै छौँ ।
आफैले थुकेको थुक चाटेर बाँचेका छौँ ।
भागबिलो लगाएर लुटेको सम्पत्ति
आठ/दश पुस्तालाई साँचेकै छौँ ।
शुर, ताल र गीत बिनानै
चौबिसै घण्टा नाचेकै छौँ ।
देशकै विपत्तिको बेला,
टिकटिकमा भाइरल भएर
एक बित्ता मुख खोलेर हाँसेकै छौँ ।
यी र यस्ता हामी सबैको
सदाबहार बानीले निरन्तरता पाओस् ।
हाड, मासु र छालाले धानुञ्जेल,
सुनौलो यो शुभकामना,
हामी सबैलाई छताछुल्ल लाओस् ॥

०००
स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Devilal gaihre
Devilal gaihre
1 year ago

Good poem

Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x