साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खानका काल

ढुङ्गा भस्कट बालुवा बगर या खोला र नालाहरू खान्छन् जङ्गल सन्धिसर्पन तथा डाँडा र पाखाहरू चल्ला चोर्छ जसो गरेर चतुरे सैतान त्यो स्यालले चोर्छन् स्रोत र सम्पदा मुलुकका यी खानका कालले ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

पाए खान डकार्न लुट्न ढुकुटी हुन्छन् सबै तत्पर
आगो ताप्न छ हानथाप यिनको पोलेर आफ्नै घर
यस्तो धूर्त परम्परा त कसरी थेग्ला र नेपालले
खान्छन् देश कि यो मिलीभगतमा यी खानका कालले ।

निर्धो देश छ शक्तिवान् र बलिया डाँका लुटेराहरू
चारैतर्फ छ भद्रगोल लफडा छन् यी तगाराहरू
यस्तै नै गणतन्त्र हो यदि भने के काम यो चालले
निल्छन् क्यार मिलेर देश सजिलै यी खानका कालले ।

पाए खान भने मिलेर रुखका खोसेर खान्छन् जरा
पाए खान तयार छन् छल गरी बेचेर आफ्नै धरा
होला देशविकास कुन्नि कसरी यो काइते तालले
तुर्छन् क्यार चपाउँदै मुलुक नै यी खानका कालले ।

ढुङ्गा भस्कट बालुवा बगर या खोला र नालाहरू
खान्छन् जङ्गल सन्धिसर्पन तथा डाँडा र पाखाहरू
चल्ला चोर्छ जसो गरेर चतुरे सैतान त्यो स्यालले
चोर्छन् स्रोत र सम्पदा मुलुकका यी खानका कालले ।

निर्धा मानिस पृष्ठमा र अगुवा छन् धूर्त जालीहरू
देशै तुर्न तयार हर्दम सधै छन् हन्तकालीहरू
भन्छन् देश बनाउछौं तर कहाँ बन्ला र यो चालले
जाक्छन् देश कतै कि खाडलतिरै यी खानका कालले ।

०००
भैरहवा
सीमान्त स्वर (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x