साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दुकहरू

बन्दुकहरू सपनीमा अझै आउँछन् कहिले बाढीझैँ हाँस्छन् कहिले पहिरोझैँ नाच्छन् । म मेरो अपाङ्गतालाई वितण्डाका झण्डा भन्दै सरापिरहन्छु सुकुमबासी वर्तमान झेल्दै भँगालोमा डुब्दै गएको देश देखिरहन्छु ।

Nepal Telecom ad

प्रदीपरत्न शाक्य :

बन्दुकहरू
सपनीमा अझैँ आउँछन् ।

कोही के
कोही के भेषमा कराउँछन्
स्वतन्त्रताको सूत्र बन्दै
के-के कुन्नि पढाउँछन् ।

कहिले के जाति
कहिले के जाति
प्रकृतिका भाषा-संस्कृति भन्दै
राष्ट्रियता सिकाउँछन्
चेतना भई बग्नुपर्ने कर्तव्य पढाउँछन् ।

म बारुदले छेदन गरेको
धरतीजस्तै रुन्छु
हितैषीले
धुजाधुजा पारेको
गाउँ-शहरजस्तै बौलाउँछु,
चिच्याउँछु ।

आमाका हँसिया
बन्दै आएका ती पलहरू
बाउका कोदाला
भन्दै हाँसेका ती क्षणहरू
मस्तिष्कमा काँडा भई
अझै खेलिरहेका छन् ।

बन्दुकहरू
सपनीमा अझै आउँछन्
कहिले बाढीझैँ हाँस्छन्
कहिले पहिरोझैँ नाच्छन् ।

म मेरो अपाङ्गतालाई
वितण्डाका झण्डा भन्दै सरापिरहन्छु
सुकुमबासी वर्तमान झेल्दै
भँगालोमा डुब्दै गएको देश देखिरहन्छु ।

०००
काठमाडौं
‘म सडकको प्रतिविम्ब’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x