साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा दैत्य

खेलिरहिस् चैतन्य षड्यन्त्रका धारमा मिल्छ भनि अमरत्व फूटहरूका संघारमा मिल्छ भनि ! खेलिस् सपथ पचाएर खेलिस् बुलन्दहरू धपाएर खेलि नै रहिस् पतनका दरवार उघारेर !

Nepal Telecom ad

प्रदीपरत्न शाक्य :

खेल्दै गरेका
खेलौँना हौ भन्दै खेलिस् !

घाम, पानी, हावाका
अहँकार भएर खेलिस्
मौसमका ललकार भएर खेलिस् !

खरायोका सार्वभौम हौ भन्दै
मृगका स्वछन्दता हौ भन्दै
सारा गौरवताका
अधिकारी हुँ भन्दै खेलिस् !

फूलका कोमल हौ भन्दै
बिहानीका निर्मल हौ भन्दै
मनोरम् प्राकृतिक बयानहरूका
संवेदनशीलता बनेर खेलिस् !

अभिशापित मस्तिष्कहरू भनेर खेलिस्
निरुत्साहित रगत, पसिनाहरू भनेर खेलिस्
खेलिरहिस् धामि भएर त, कहिले बोक्सी भएर !

परेवाका चेतना भनेर
माहुरीका कल्पना भनेर
देव आकृतिका
मनमोहक भनेर खेलिस् !

खेलि नै रहिस् प्रतिकार रहित
ढुङ्गा, डुङ्गा जस्तै भन्दै
बढी नै रहिस् अचानोका कोलाहल भन्दै ।

हो घोडा सम्झेर, गोरु सम्झेर
जनता भन्नु
जन्तुका एक स्वरुप भनेर खेलिस्
जङ्गबहादुरहरूका पुर्खा भएर खेलिस् !

सिंहासनका
सारगर्भित सार मिचेर खेलिस्
गौरवान्वित धरोहर कुल्चेर खेलिस् !

खेलिरहिस्
चैतन्य षड्यन्त्रका धारमा मिल्छ भनि
अमरत्व फूटहरूका संघारमा मिल्छ भनि !

खेलिस् सपथ पचाएर
खेलिस् बुलन्दहरू धपाएर
खेलि नै रहिस् पतनका दरवार उघारेर !

स्वर्गमा दैत्य भन्ने दृश्य
सायद यही हो कि ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
परशुराम पराशर
परशुराम पराशर
1 year ago

व्यङ्ग्यात्मक कविता !

Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x