साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्ति

त्यसैले बुद्धभूमि क्रान्तिपीडित पृष्ठभूमि भएछ जसले पढाइरहनेछ मेरो बिहानी देश जलाउने मसान भनी तिम्रो शान्ति देश पुरिने चिहान भनी ।

Nepal Telecom ad

प्रदीपरत्न शाक्य :

विद्रोही पानामा
म थिएँ
अक्षर इन्कलाबको
तिमी थियौ
आवाज जिन्दावादको ।

देश देख्न लालायित
घडी हामी
थियौँ एउटै राँको
एउटै खोला ।

तातिन्थ्यो त्यो भूमिगत ओछ्यान
भ्रातृस्नेहको मीठो तापले
चट्टान पनि रुवा हुन्थ्यो
परस्परताको नरमी भावले ।

भेट्दा लास
रुन्थ्यौँ एउटै रोदन
ढाल-तरबार थिएनौँ पटक्कै
एक अरुमा हामी
थियौँ दुरुस्त इन्द्रेणी
देख्नेले भन्थे यिनीहरू
बिहानी कोरस ।

कोल्टे फेरेपछि
घामले रङ फेर्दो रहेछ
सायद यही सत्य
तिम्रो र मेरो नियति भएछ ।

सम्झँदै छु इन्कलाब
दुई किनारा भएको साँझ
जिन्दावाद !
ललकार भएको रात
मुर्दावाद !
आ-आफैमा तीर भएको घडी !

त्यसैले बुद्धभूमि
क्रान्तिपीडित पृष्ठभूमि भएछ
जसले पढाइरहनेछ
मेरो बिहानी
देश जलाउने मसान भनी
तिम्रो शान्ति
देश पुरिने चिहान भनी ।

विद्रोही पानामा
म थिएँ अक्षर इन्कलाबको
तिमी थियौ आवाज
जिन्दावादको ।

०००
म सडकको प्रतिविम्ब (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x