सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दमदार दमडी

। देश सेवा गर्नेलाई एकाएक मनमा आयो- दमडीको दम देशको गमभन्दा ठूलो, दमडीको दम देशभक्तिभन्दा कडा । दमडीको दम मानवताभन्दा तगडा, दमडीको दमले समाजलाई जित्छ ।

Nepal Telecom ad

सर्वज्ञ वाग्ले :

दमडी दमदार किन नहोस् ! लु घर किनौ त दमडी बेगर न त खानु, न त खुटनु, न त हिँड्नु, न त डुल्नु, गाँस, बास, कपास, शिक्षादीक्षा, बाटो, कुलो, नहर र सहर सककग दमदार दमडी नभए कहीँ कतै चान्सनै छैन ।

दमदार दमडीको, घडीको दम जस्तै पैसा भन्ने बुझिन्छ ! पैसा भन्ने बित्तिकै मूल्यमानमा रुपियाँका सय खण्डको एक खण्ड मूल्यको तामा, पित्तल आल्मोनियम आदि धातुको सिक्का त्यसैले यो नभए आधुनिक जीवनै बन्छ फिक्का । पैसोको मूल्य बढ्दै गएपछि नगद धनसम्पत्ति बन्छ, धनलाई दाम पनि भन्छ, दामबाट दमडी बन्छ । दमडीको फुर्ती नै अर्को हुन्छ । दमदार दमडीको दमले राज्य सत्ताको गम फुस्काइदिन्छ ।

दमदार दमडीको दमवाला याने कि सम्पत्तिवाल भने पछि त जमानाका जिम्वाल, मुखिया, डिट्ठा, व्यापारी, ठूल्ठूला कर्मचारी, राणा, राजा रजौटा र उनका भाइ भारदार, जिम्दार हिजो र आजका पनि दमडीवाल । दाम धेरै हुनेलाई दमडीवालभन्दा फरक परेन, दमडियाँ दमको कुरै नअरम अमेरिकाँ डोनाल ट्रम दमडीकै दमले राष्ट्रपतिको चर्चा उमेदवारको पर्चा फाल्दैछन् । विनादमडी राजनीतिको चमडी चल्दैन हजुर ! नेपालाँ पनि दमडीकै दमले टिकट पाउने, समानुपातिकाँ धाउने र हुनेखान्याँ नाम आउने कति छन् छन् । बिलग्रेटलाई संसारले चिन्ने र त्यस्तै बन्न दसैँको टीकाँ आशीर्वाद लिने पनि दमडीकै दमको कमालभन्दा बबाल नहोला । दमडियाँ दमको संसाराँ धरम, करम गरमसँग चलेकै छ हलचल भएकै छ, गोल्छा, टाटा, बिराला, दुगड, चौधरी ग्रुप, द्रुत गतियाँ पैसाको कमालले नाम जमाएकै छन् सेठहरू रमाएकै छन् । तिनै सेठलाई दमडीवाल भनिएको हो नि । दमडीको दमले पूरै देशको अर्थतन्त्राँ हलचलको मन्त्र लाग्छ । दमडीका दमको छुमन्तरले सरकारको जन्तर अन्तराँ अड्कन्छ । त्यसै देशाँ बम पड्कन्छ ?

त्यसैले त दमडियाँ दमको सारा दुनियाँ प्रशांसा गरेर थाक्दैन, यो नभए भरैको छाकै पाक्दैन । दमडीका अगाडि मानवता, साथीभाइ, इष्टमित्र, देश प्रेम, मातृप्रेम, पितृप्रेम, राष्ट्रियता, पद पावर, चाडबाड, रीतिरिवाज, धर्म, कर्म, शर्म, लाज, विधा, विवेक, छरछिमेक, मायाप्रेम, कर्तव्य, सदाचार, सहिष्णुता, सद्भाव, परिवार, दाजुभाइ, दिदिबहिनी, नातागोता, पतिभक्त, मातृभक्त र पितृभक्त सबै अशक्त भयो । दमडीको दमले सबै विभक्त भयो, दमडीको दमले गमखायो सिद्धान्त, मान, मर्दन, परिवार, आफन्त, नाता, गोता र कर्तव्य सबै सबै हरायो ।

अरू त अरू हाम्रा धर्मशास्त्राँ किताबाँ पनि दमडीका दमको कति हो कति प्रशंसै प्रशंसा छ । यहाँ गीताको भगवती स्तोत्राँ लेखिएको सानो दमडीको दम हेर्नोस् त ।
या देवी सर्वभुतेषु लक्ष्मी रूपेण सन्स्थिता ।
नमस्तस्यै नमस्तस्यै, नमस्तस्यै नमोनम: ॥

माता भगवतीसँग लक्ष्मीको रूपमा भक्तले हेर्न चाहेका छन् । दमडीको दममा भक्तले मातासँग भक्ति गर्दै छन् । जहाँ हेर्‍यो त्यहाँ दमडीको दम छ ! म कहाँको कुरा गरुँ । त्यसैले दमडीको दमको आविस्कार जबदेखि भयो, मानवताको विनाश सुरु भयो । दमडीको दमले अहिले देशले गम खायो ? देशले मात्रै हो र, देशका ठूलाठूला महारथीहरू, डेमोक्र्याटका ब्युरो कन्ट्रयाक्टहरू, मन्त्रालयका सचिवदेखि गाबिसका सचिवसम्म पुलिस प्रशासनका चिफदेखि नेतृत्वका लीडसम्म, प्रशासनका प्रशासकदेखि ठूल्ठूला अफिसरसम्म, पार्टीका नेतादेखि बलियाबाङ्गा कार्यकर्तासम्मले दमडियाँ दम्माँ गम खाँदै छन् ।

गाउँघरका त के कुरा गर्ने र ! घरपरिवार, सानासाना छोराछोरी, बूढा भएका बाबाआमा, श्रीमती, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, गाउँघर सबै छोडेर, अरबदेखि कतारसम्म, मलेसियादेखि जापान हुँदै क्यानाडादेखि अमेरिकासम्म दमडियाँ दमले गम ख्वाइदियो । गाउँघराँ अवर पर्‍यो भने पनि दह्रो हात दिने देशका योध्दा सोध्दा पाइन्न । कसैले भन्दैन दमडी चाहिन्न ।

अरू त अरू सरुले मलाई भनिन तिमी राम्रा छौ । तिम्रो परिवार राम्रो छ । तिम्रो र मेरो उमेर पनि पुग्छ तर तिम्रो बाउको सम्पत्ति छैन “त्यसैले मेरा बाबाआमाले तिमीलाई दिन्नन् । हेर्नोस् त विवाहको भाउ दमडियाँ छ । प्रेमको भाउ दमडियाँ छ । पिठोको भाउ दमडियाँ छ । चामलको भाउ दमडियाँ छ । दालको भाउ दमडियाँ छ । नुनको भाउ दमडियाँ छ । सुनको भाउ दमडियाँ छ । गुनको भाउ दमडियाँ छ । भगवानको भाउ दमडियाँ छ । किन भन्नु होला जुन मन्दिर ठूलो तिनै भगवान् ठूला । पुरेतको भाउ दमडियाँ छ । भाउ ठूलो भएपछि पुरेत ठूला भएनन त ? जसको तलब धेरै त्यही कर्मचारी ठूलो । जुन व्यापारीले धेरै घोटाल गर्छ, कालो बजारी गर्छ, त्यही व्यापारिको दमडियाँ दम बढछ । जुन नेताको विदेशाँ धन छ स्वदेशाँ मन छ, त्यही नेता ठूलो, जुन अभिनेताको विदेशाँ घर छ स्वास्नी, छोराछोरी छन्, व्यापार बिजनेस छ स्वदेशाँ देखाउन फर्कन्छ उसको दमडीको दम ठूलो भएरै पो ठूलो अभिनेता कहलाउँछ ।

प्रोफेसरको दिमागाँ ज्ञान छैन चलेकै छ । कर्मचारीको दिमागाँ लगनशीलता छैन, चलेकै छ । नेताको दिमागाँ नीति छैन, चलेकै छ । प्रशासकको दिमागमा इमानदारिता छैन, चलेकै छ । सचिवको दिमागाँ मन्त्रालय छैन, चलेकै छ । सबै यसरी नै चल्छ, किन नचलनु ! दमडीको दमले चलाइदिन्छ । अभर परे दमडीले गम ख्वाइदिन्छ ।

पहिला नेताहरू देश सेवा गर्न राजनीतिमाँ लागे । धर्मभक्त, देशभक्त, शुक्रराज शास्त्री शहीद भए । कति नेताहरू वर्षौं वर्ष जेल गए । देश सेवा गर्न, निःस्वार्थ आफैलाई देशका खातिर उत्सर्ग गर्न गए । आजकल समयसँगै माहौल बदलिएको छ । पहिला खुद आफ्नो दमडीको जोहो गरौँ अनि देश त चलिरहन्छ । चलेकै छ, आँ… बित्थाँ जोगी हुन कसले राजनीति गर्छ र ? अब देश सेवा… भाँडमा गए दमडियाँ दम भए सारा दुनियाँ रहे । देश सेवा गर्नेलाई एकाएक मनमा आयो- दमडीको दम देशको गमभन्दा ठूलो, दमडीको दम देशभक्तिभन्दा कडा । दमडीको दम मानवताभन्दा तगडा, दमडीको दमले समाजलाई जित्छ । साहित्य दमडीको दमले नै चल्छ पैसा ज्ञान, पद पावर, विवेक, इष्ट्रमित्र, संसारलाई दमडीको दमले गम ख्वाइदिन्छ भन्ने ठूलाबडा दिमागाँ पर्‍यो जे गर्‍यो, त्यसैले गर्‍यो ।

२००७ सालभन्दा अगाडि जब देशभक्त, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्दले के आफ्नो जीवनको आहुति दमडियाँ दमको मोलाँ लगाएका हुन् र ! के यिनले आफ्नो देशको नुन नमक हरामको भाउमा दमडीको दाउमा गरेको भए आज उनीहरू कहाँ हुन्थे ? कृष्णप्रसाद कोइराला, उनका पुत्र बीपी कोइराला, पुष्पलाल अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, भीमदत्त पन्त, गोवर्धन पोख्रेलजस्ताले दमडीको दमलाई लात मारेर देश र जनतालाई साथ दिएरै पो देशाँ, लोकतन्त्र आयो । थोडी त्यसताका उनीहरू दमडियाँ लाए, त्यसैले त जनताले आज बोल्न पाए अनि लोकतन्त्र ल्याए र पो गणतन्त्रसम्म भ्याए । पछिपछि पो दमडीको भाउ आयो पहिला त इमानदारीले नै ब्रिटिसलाई भगायो ।

दमडी कहाँ चाहिन्न ?
आज दमडीको चमडी छामेर हेर्नुस् राजनीतियॉ राज्यको रौनकै फनक्कै घुमाउँदै छ । दमडीको दाम विभिन्न ठाम नापेर हेरम राजनीति नीतिविहीन, शिक्षालाई विवेकविहीन, संस्कृतिलाई विभक्त, रीतिथिति बेथिति चालचलनलाई लथालिङ्ग, दमडीकै दमले बुद्धत्वको घाँटियॉ करौँतीले रेटेर सिधासाधा नेपालीलाई घाँटी एकापट्टि र शरीर अर्कोपट्टि पट्यायो । त्यसैले आज प्रत्येक नेपाली विभाजित छन्, विभक्त छन् र सम्पूणर् नेपाली पूणर् भएर पनि कसैलाई यसले पूणर् हुन दिएन । दमडीको दमले गम ख्वायो… घरपरिवार छुट्यायो… नेपाली नेपाली फुट्टायो … राष्ट्रियता सबै लुट्टायो… सोझा जनता कुट्टायो… नेतालाई पट्टायो … पजेराँ पट्ठायो… पूरै देश समस्यै समस्याँ लठ्यायो !

०००
हाल अमेरिका
सुलेख’ पूर्णाङ्क, १३५ (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले