साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’को सूचीमा ‘खाइराइड’

शीर्ष व्यङ्ग्यसहित ३१ शीर्षकका निबन्धहरू सङ्ग्रहित ‘खाइराइड’ व्यङ्ग्य निबन्ध सङ्ग्रहमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेकाे भूमिका र फित्काैली अनलाइन मिडियाका तर्फबाट नरनाथ लुइँटेलकाे प्रकाशकक्याैली मन्तव्य समावेश छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ वैशाख २० । डेब्यु गैरआख्यान विधाको कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ २०८० का लागि उत्कृष्ट ८ गैरआख्यान कृतिहरूको सूचीमा राजेन्द्र कार्कीको ‘खाइराइड’ पर्न सफल भएको छ ।

निबन्धकार राजेन्द्र कार्कीको पहिलो कृति हो व्यङ्ग्य–सङ्ग्रह ‘खाइराइड’ । विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले ‘खाइराइड’ मा संकलित कार्कीका निबन्धहरू रसिला बनेका छन् । उनका यी व्यङ्ग्य रचनाहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ ।

कविता लेखनमा समेत सक्रिय कार्की हाल क्यानाडालाई कर्मथलो बनाई लेखन कर्ममा समेत सक्रिय छन् ।

शीर्ष व्यङ्ग्यसहित ३१ शीर्षकका निबन्धहरू सङ्ग्रहित ‘खाइराइड’लाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो । २०८० भदाै ९ गते फित्काैली अनलाइन मिडियाद्वारा अायाेजित लाेकार्पण समाराेहमा अरू चारवटा हास्यव्यङ्ग्य कृतिसँगै कार्कीकाे ‘खाइराइड’ कृति लाेकार्पण भएकाे थियाे ।

‘खाइराइड’ व्यङ्ग्य निबन्ध सङ्ग्रहमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेकाे भूमिका र फित्काैली अनलाइन मिडियाका तर्फबाट नरनाथ लुइँटेलकाे प्रकाशकक्याैली मन्तव्य समावेश छ ।

छानिएका डेब्यु गैरआख्यान कृतिहरूमा जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’, डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ तथा कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त १९ गैरआख्यानका कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल गैरआख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।

०००
श्राेत : साहित्य पाेष्ट डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x