साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जाल एकता – जिन्दावाद !!!

उनकै हक हीत रक्षार्थ नाराहरू तय गर्दछु अविरल सञ्जाल - प्रवाह गर !! आँखा दुख्यो - आँखा भत्ता दे !! लाइभ बस्दा - किचकिच हैन !! किताब पढ्ने - फुर्सद छैन !! किताब छाप्न - बन्द गर !! सञ्जाल एकता - जिन्दावाद !!

Nepal Telecom ad

कृष्णदेव रिमाल :

औंला दुखाइदुखाई आँखा सुकाइसुकाई
उल्टो आफैले पैसा तिरितिरी
महान समयको सदुपयोग गरिगरी
एकोहोरो सामाजिक सञ्जाल चलाइरहेका
विश्वका सारा यी तल्लीन मजदुरहरूलाई
मइ दिवसको हार्दिक शुभकामना ।

कारखाना मजदुरलाई शुभकामना भन्नै परेन
सारा कलकारखाना पहिल्यै बेचियो,
पछि कलकारखाना खुलेकै छैनन्।

खेती मजदुरलाई शुभकामना भनौं भने
हिमालदेखि तराइसम्म खेतबारी बाँझै छन्
उपत्यकाको उर्वर जमिनमा घर बनिसके।

स्वदेशी मजदुरलाई शुभकामना भनौं भने
कोहि रेमिटेन्स लिन खाडीमा गएका छन्,
कोहि रेमिटेन्स पुर्‍याउन अष्ट्रेलिया गएका छन् ।

बचेखुचेका प्रतिष्ठानका मजदुरलाई
मे डे को शुभकामना भनौं भने पनि
सेवा करारको नाममा पसिना निचोर्न जाने
बिचौलिया दलाल पुँजिपतिहरू
मजदुरको भेषमा झण्डामुनि छन् ।

त्यसैले यो महान दिनमा तिनै इमान्दार
सञ्जाल मजदुरहरूलाई शुभकामना अर्पन्छु
उनकै हक हीत रक्षार्थ नाराहरू तय गर्दछु
अविरल सञ्जाल – प्रवाह गर !!
आँखा दुख्यो – आँखा भत्ता दे !!
लाइभ बस्दा – किचकिच हैन !!
किताब पढ्ने – फुर्सद छैन !!
किताब छाप्न – बन्द गर !!
सञ्जाल एकता – जिन्दावाद !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x