सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु, रोगी हुनेछु र असक्त भई बिछौनामै रहनेछु के तिमीहरूले मलाई घिन नमानिकन स्याहारसुसार गर्न सक्नेछौ ?

Nepal Telecom ad

भावना न्याैपाने :

जब म बुढो हुनेछु मेरो शरीर जीर्ण हुनेछ
मलाई तिमीहरूको साथ चाहिन्छ
त्यतिबेला के तिमीहरूले मलाई साथ दिनेछौ ?

जब म बुढो हुनेछु कान सुन्न र कुरा बुझ्न नसकुँला
के तिमीहरूले एउटै कुरा
दोहोराएर सुनाउन बुझाउन सक्नेछौ ?

जब म बुढो हुनेछु दाँत नहुन सक्छ
खाँदा गला लाग्न सक्छ
के तिमीहरूले सधैं गिलो खाना बनाएर
खुवाउन सक्नेछौ ?

जब म बुढो हुनेछु तागत पनि कमजोर हुनेछ
अचानक मेरो
हातबाट तिमीहरुले किनेका
महँगो शिसाको गिलास फुट्न सक्छ
के तिमीहरूले गाली नगरी माफ गर्न सक्नेछौ ?

जब म बुढो हुनेछु आँखा देख्न नसकुँला,
हात गोडा चल्न नसक्ला
के तिमीहरूको हातले खुवाएर
मेरो भोक प्यास मेटाउनेछौ ?

जब म बुढो हुनेछु हाडजोर्नी दुखेर पीडा सहन नसकी
रन्थनिदै कराउनेछु, रुनेछु
के तिमीहरुले त्यतिबेला मेरो पीडा कम गर्न
हात गोडामा मालिस लगाउनेछौ ?

जब म बुढो हुनेछु, रोगी हुनेछु
र असक्त भई बिछौनामै रहनेछु
के तिमीहरूले मलाई घिन नमानिकन
स्याहारसुसार गर्न सक्नेछौ ?

जब म बुढो हुनेछु मेरो अन्तिम समय आउनेछ
मेरो स्वास जान गाह्राे हुनेछ
के त्यतिबेला तिमीहरूले मलाई रामको नाम
सुनाएर पार लगाउन सक्नेछौ ?

जब म बुढो हुनेछु अन्तिम स्वास लिई
यस धर्तीबाट बिलिन भई
आकाशबाट सधै नियालिरहनेछु
के तिमीहरूले पनि
मलाई सधै सम्झनामा राख्नेछौ ?
के तिमीहरूले पनि मलाई
सधै सम्झनामा राख्नेछौ ?

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध अवस्थाको भोगाइ

वृद्ध अवस्थाको भोगाइ

भावना न्याैपाने
वृद्ध अवस्था

वृद्ध अवस्था

भावना न्याैपाने
बृद्ध, अशक्त भएपछि

बृद्ध, अशक्त भएपछि

भावना न्याैपाने
घर, समाज र राष्ट्रले बृद्धबृद्धाको संरक्षण गर्नुपर्दछ

घर, समाज र राष्ट्रले...

भावना न्याैपाने
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल