साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु, रोगी हुनेछु र असक्त भई बिछौनामै रहनेछु के तिमीहरूले मलाई घिन नमानिकन स्याहारसुसार गर्न सक्नेछौ ?

Nepal Telecom ad

भावना न्याैपाने :

जब म बुढो हुनेछु मेरो शरीर जीर्ण हुनेछ
मलाई तिमीहरूको साथ चाहिन्छ
त्यतिबेला के तिमीहरूले मलाई साथ दिनेछौ ?

जब म बुढो हुनेछु कान सुन्न र कुरा बुझ्न नसकुँला
के तिमीहरूले एउटै कुरा
दोहोराएर सुनाउन बुझाउन सक्नेछौ ?

जब म बुढो हुनेछु दाँत नहुन सक्छ
खाँदा गला लाग्न सक्छ
के तिमीहरूले सधैं गिलो खाना बनाएर
खुवाउन सक्नेछौ ?

जब म बुढो हुनेछु तागत पनि कमजोर हुनेछ
अचानक मेरो
हातबाट तिमीहरुले किनेका
महँगो शिसाको गिलास फुट्न सक्छ
के तिमीहरूले गाली नगरी माफ गर्न सक्नेछौ ?

जब म बुढो हुनेछु आँखा देख्न नसकुँला,
हात गोडा चल्न नसक्ला
के तिमीहरूको हातले खुवाएर
मेरो भोक प्यास मेटाउनेछौ ?

जब म बुढो हुनेछु हाडजोर्नी दुखेर पीडा सहन नसकी
रन्थनिदै कराउनेछु, रुनेछु
के तिमीहरुले त्यतिबेला मेरो पीडा कम गर्न
हात गोडामा मालिस लगाउनेछौ ?

जब म बुढो हुनेछु, रोगी हुनेछु
र असक्त भई बिछौनामै रहनेछु
के तिमीहरूले मलाई घिन नमानिकन
स्याहारसुसार गर्न सक्नेछौ ?

जब म बुढो हुनेछु मेरो अन्तिम समय आउनेछ
मेरो स्वास जान गाह्राे हुनेछ
के त्यतिबेला तिमीहरूले मलाई रामको नाम
सुनाएर पार लगाउन सक्नेछौ ?

जब म बुढो हुनेछु अन्तिम स्वास लिई
यस धर्तीबाट बिलिन भई
आकाशबाट सधै नियालिरहनेछु
के तिमीहरूले पनि
मलाई सधै सम्झनामा राख्नेछौ ?
के तिमीहरूले पनि मलाई
सधै सम्झनामा राख्नेछौ ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x