साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मसिने चाेर

तिमी खानका लागि चोराउने इमान्दार चोर तिम्रो दशी तिम्रै पेटमा हुन्थ्यो कटहर फोरे जस्तो भुँडी फोर्न भएन अनि त अहिले तिमी राजनीतिमा छौ म कर्मचारी । अर्थात म मसिने ।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

पोहोर परा—-रै
म फुच्चे र तिमी
जोदाहा हुँदा
माझाघरका काँक्रा
चोर्न लगाउँथ्यौ
र तिमी
खसिले धँगेराका डाँक्ला चपाए झैँ
चपाउँथ्यौ
त्यो बेला म
आफ्नै थुक उग्राउँदै
तिम्रो स्वाद नियाल्थेँ नि
हो त्यै मसिने म ।

यस्तै यस्तै
पालिघरका आल्चा
ठुलाघरेका नास्पाती
माथ्ला घरका ओखर
सबै सबैको चोर
म मसिने

तिमीले मलाइ चोर बनायौ
तिमी चोर देख्ने साक्षि
ओखरका बोक्रा फ्याँक्दा
मेरो हातमा लागेको कालो
त्यस्तै दशी प्रमाणले
म चोर ।

चोर्नको लागि चोर्ने चोर
तिमी खानका लागि चोराउने
इमान्दार चोर
तिम्रो दशी तिम्रै पेटमा हुन्थ्यो
कटहर फोरे जस्तो भुँडी फोर्न भएन
अनि त अहिले
तिमी राजनीतिमा छौ
म कर्मचारी ।
अर्थात म मसिने ।
जदौ !!!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x