साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलमन्त्रीले रक्सी छाड्यो रे…

सँगै बसी तान्ने दलाल बेहोस हुन्छन् ए नछाड भनी देउन फुलमन्त्रीले ह्वीस्की छाड्यो रे फुलमन्त्रीले ब्राण्डी छाड्यो रे फुलमन्त्रीले ठर्रा छाड्यो रे ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

(राई माइलाले गाउँँ छाड्यो रे को भाकामा प्याराेडी)

फुलमन्त्रीले रक्सी छाड्यो रे
फुलमन्त्रीले रक्सी… छाड्यो रे
गिलास हटाइ देउन
कुन ब्राण्डको छाड््यो होला ?
कुन कुर्सी हट्यो होला ?
ब्राण्ड फेरी देउन
कुर्सी फेरी देउन
ए ! नछाड भनी देउन
(फुल मन्त्रीले रक्सी छाड्यो रे)२

त्यस्तो घुम्ने कुर्सी
कालो गाडी होला
पुलिस वरिपरि
के डर भयो होला
उस्को ट्याङ्की भित्र
पैसा बिटो होला
त्यही पैसा संझी
भोलि मन्त्री रोला
ए ! नछाड भनी देउन
(फुलमन्त्रीले रक्सी छाड्यो रे)२

उस्ले छाड्यो भने
अरु कस्ले तान्छ ?
ऊ बिउँझेन भने
घाट कस्ले लान्छ ?
उस्को घरमा पनि परिवार होलान्
उस्को गुन संझी झोले झ्याम्टे रोलान्
ए नछाड भनी देउन
(फुलमन्त्रीले रक्सी छाड्यो रे)२

उस्ले छाड्यो भने
फ्याक्ट्री घाटा जान्छ
वरिपरि घेर्ने
पिएहरू रुन्छन्
सँगै बसी तान्ने
दलाल बेहोस हुन्छन्
ए नछाड भनी देउन
फुलमन्त्रीले ह्वीस्की छाड्यो रे
फुलमन्त्रीले ब्राण्डी छाड्यो रे
फुलमन्त्रीले ठर्रा छाड्यो रे
फुलमन्त्रीले रक्सी… छाड्यो रे ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x