सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फुलमन्त्रीले रक्सी छाड्यो रे…

सँगै बसी तान्ने दलाल बेहोस हुन्छन् ए नछाड भनी देउन फुलमन्त्रीले ह्वीस्की छाड्यो रे फुलमन्त्रीले ब्राण्डी छाड्यो रे फुलमन्त्रीले ठर्रा छाड्यो रे ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

(राई माइलाले गाउँँ छाड्यो रे को भाकामा प्याराेडी)

फुलमन्त्रीले रक्सी छाड्यो रे
फुलमन्त्रीले रक्सी… छाड्यो रे
गिलास हटाइ देउन
कुन ब्राण्डको छाड््यो होला ?
कुन कुर्सी हट्यो होला ?
ब्राण्ड फेरी देउन
कुर्सी फेरी देउन
ए ! नछाड भनी देउन
(फुल मन्त्रीले रक्सी छाड्यो रे)२

त्यस्तो घुम्ने कुर्सी
कालो गाडी होला
पुलिस वरिपरि
के डर भयो होला
उस्को ट्याङ्की भित्र
पैसा बिटो होला
त्यही पैसा संझी
भोलि मन्त्री रोला
ए ! नछाड भनी देउन
(फुलमन्त्रीले रक्सी छाड्यो रे)२

उस्ले छाड्यो भने
अरु कस्ले तान्छ ?
ऊ बिउँझेन भने
घाट कस्ले लान्छ ?
उस्को घरमा पनि परिवार होलान्
उस्को गुन संझी झोले झ्याम्टे रोलान्
ए नछाड भनी देउन
(फुलमन्त्रीले रक्सी छाड्यो रे)२

उस्ले छाड्यो भने
फ्याक्ट्री घाटा जान्छ
वरिपरि घेर्ने
पिएहरू रुन्छन्
सँगै बसी तान्ने
दलाल बेहोस हुन्छन्
ए नछाड भनी देउन
फुलमन्त्रीले ह्वीस्की छाड्यो रे
फुलमन्त्रीले ब्राण्डी छाड्यो रे
फुलमन्त्रीले ठर्रा छाड्यो रे
फुलमन्त्रीले रक्सी… छाड्यो रे ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
म जान्दछु

म जान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
बादल भुटानी

बादल भुटानी

भवानी बराल
बामदेउ कुरान

बामदेउ कुरान

भवानी बराल
चोली राम्रो

चोली राम्रो

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x