साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुतलातन्त्र

तर, पुतलालाई भोट हाल्नेहरू चाहिँ आफूलाई जनता ठान्दथे। ठानेर के गर्नु ? सरकारमा पुगेका पुतलाहरूले जे भन्यो लुरुलुरु मान्दथे। आखिरमा उनीहरू पनि त पुतला नै थिए ।

Nepal Telecom ad

कृष्ण बजगाईं :

पुतलातन्त्र अपभ्रंश भएर प्रजातन्त्र भएको हो भनेर पुतलापुरका बासिन्दाहरू दाबी गर्दथे । त्यसको खास कारण थियो। प्रजातन्त्र भनेर जुन शासन व्यवस्था लागू गरिएको थियो, त्यसमा र पुतलातन्त्रमा उनीहरूले कुनै तात्विक फरक देखेनन् ।

त्यस राज्यलाइ दाताले दिएको पैसाले बाटो, अस्पताल, स्कुल आदि निर्माण गर्दैनथे । तिनका नाममा पुतला बनाउँथे र विदेशबाट प्राप्त धेरैजसो रकम सरकारका मन्त्री र उच्च कर्मचारीहरूले मिलाएर खान्थे ।

सरकारका नाममा शान्ति सुरक्षा कायम गर्न, चोरी, तस्करी, गुण्डागर्दी रोक्न प्रहरीको नाममा पुतला पठाउँथे । सबै मिलेर तस्कर र गुण्डाहरूलाई संरक्षण गर्दथे । अनि समानान्तर सरकार र अर्थ व्यवस्था चलाउँदथे ।

पुतलापुरका प्रधानमन्त्री, मन्त्री र नेताहरू आफू मान्छे हौं भनेर प्रमाणित गर्न भरमग्दुर प्रयास गर्दथे । त्यसका लागि बेला बेलामा देश दौडाहमा जान्थे । गाउँ गाउँमा आमसभा गर्दथे । सहरका टेलिभिजनका पर्दामा नियमित देखा पर्दथे । अखबारका रङ्गीन पृष्ठमा छापिन्थे ।

त्यसका बाबजुद पनि तिनीहरू देशी-विदेशी तत्त्वद्वारा सञ्चालित पुतला नै हुन् भनेर विपक्षीले आरोप लगाइरहन्थे । सोही बेहोराका कुराहरू अखबारमा पनि छापिन्थे । कथंकदाचित ती विपक्षी सरकारमा पुगे भने तिनलाई पनि उसै गरी पुतलाको आरोप लगाउँदथे ।

विपक्षीहरूले बेला बेलामा सरकारमा बसेकाहरूका पुतला बनाएर सहरमा घुमाएर अन्तमा दहन गर्दथे । एकले अर्काको पुत्ला दहन गर्ने र यो फलानाको पुतला हो भनेर ठप्पा लगाउने क्रम चलिरहन्थ्यो। मानौं पुतला निर्माण र दहन तिनीहरूको सांस्कृतिक पर्व हो ।

पुतलाहरू चुनावमा भोट जितेरै सरकारमा पुग्दथे । तर, पुतलालाई भोट हाल्नेहरू चाहिँ आफूलाई जनता ठान्दथे। ठानेर के गर्नु ? सरकारमा पुगेका पुतलाहरूले जे भन्यो लुरुलुरु मान्दथे। आखिरमा उनीहरू पनि त पुतला नै थिए ।

०००
समकालीन साहित्य- ७८ (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विमोचन

विमोचन

कृष्ण बजगाईं
सम्बन्ध

सम्बन्ध

कृष्ण बजगाईं
पाँच हाइकु

पाँच हाइकु

कृष्ण बजगाईं
शोकतन्त्र

शोकतन्त्र

कृष्ण बजगाईं
0
Would love your thoughts, please comment.x
()
x