साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शोकतन्त्र

Nepal Telecom ad

शोकपुर राज्यका जनता अचम्मका थिए । शोकमा रमाएर बस्न सक्नु तिनीहरूको विशेषता थियो ।{{read_more}} हुन त त्यस राज्यको इतिहास शोकबाट गुज्रेको थियो । त्यहाँ भएका  height=ठूल्ठूला परिवर्तनमा शोकको ठूलो हात थियो । शोक त्यस राज्यको अभिन्न संस्कृति बनिसकेको थियो ।

त्यहाँ शोकतान्त्रिक व्यवस्था संचालनमा थियो । ‘नयाँ बोतलमा पुरानो रक्सी’ भने जस्तै नाम अरु नै दिए पनि उही शोकतन्त्र चालू थियो । के के न होला भनेर सबै मिलेर प्रजातन्त्र ल्याए । आखिरमा त्यो शोकतन्त्र रहेको कुरा पछि थाहा लाग्यो । केही दशकपछि आन्दोलन गरेर लोकतन्त्र ल्याए । त्यो पनि शोकतन्त्र नै थियो । पछिल्लो पटक गणतन्त्र भनेर ल्याएको त्यो झन् खाँट्टि शोकतन्त्र थियो । सायद शोकतन्त्र त्यस देशको माटो सुहाउँदो व्यवस्था थियो होला र त पार्टीहरू घुमाई फिराई शोकतन्त्रलाई स्थापित गराउँदथे । 

अन्य व्यवस्थामा जस्तै शोकतन्त्रमा पनि जनता सर्वशक्तिमान हुन्छन् भनिन्थ्यो । देखाउनका लागि जनताको भोटबाट सांसद चुनिन्थे । संसद नामको मुर्दाघर पनि अस्तित्वमा थियो । सांसदहरू थिए मलामी जस्ता । तिनीहरू संसद भवन भित्र नून खाएको कुखुरा जस्तै झोक्राएर बस्दथे । जनता ठान्दथेस हाम्रो शोकमा उनीहरू दुःखी भएका हुन् । तिनीहरू जनताका हितमा कुनै कुरा उठाउँदैनन् थिए । जब राज्यकोष लुट्ने बेला हुन्थ्योस तिनका त्रिनेत्र बल्दथे । सबका सब फूर्ति भएर जाग्दथे । राज्यको ढुकुटी तिनका लागि अपूतालीमा पाएको सम्पत्ति सरह थियो ।

त्यस राज्यका नेता, सांसद र मन्त्रीहरू कलाकार भन्दा कम थिएनन् । तिनीहरू भाका फेरी फेरी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको शोकधुन बजाउन सिपालु थिए । शोकधुन बज्नासाथ थपडी बजाउँदै नाँच्ने कार्यकर्ताहरूले देशभर शोकको वातावारण तयार पारिदिन्थे । त्यसपछि भावविभोर हुँदै जनता शोकाकुल हुन्थे । कथंकदाचित जनता खुशीमा रमाउन आँटे नेताहरूले कुनै बितण्डा मच्चाएर शोकको साम्राज्य स्थापित गराई छाड्दथे । 

संसारको एक मात्र त्यस राज्यको मौलिक शासन व्यवस्था शोकतन्त्रमा पिएच्डी गर्दै गरेका एक जना विदेशी विद्यार्थीले आफ्नो शोधको पुछारमा लेखे–‘जनतालाई शोकमा पारेपछि नेताहरूलाई राज्यको ढुकुटी लुट्न सजिलो हुँदोरहेछ ।’ 

बेलायत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विमोचन

विमोचन

कृष्ण बजगाईं
सम्बन्ध

सम्बन्ध

कृष्ण बजगाईं
पुतलातन्त्र

पुतलातन्त्र

कृष्ण बजगाईं
पाँच हाइकु

पाँच हाइकु

कृष्ण बजगाईं
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x